ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

एमालेका दुई केन्द्रीय सदस्यले भने- केपी ओलीलाई आजीवन अध्यक्ष बनाएर जाऔं

५ मिनेट अघि   सेतोपाटी

नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक आज बिहीबार पनि जारी छ। बिहान ८ बजेदेखि सुरू केन्द्रीय कमिटीमा सदस्यहरूले धारणा राखिरहेका छन्। आज बोलेका दुई जना केन्द्रीय सदस्यहरूले अध्यक्ष केपी शर्मा ओलीलाई एमालेको आजीवन अध्यक्ष बनाएर जानुपर्ने कुरा राखेका छन्। केन्द्रीय...

जनधनको ठूलो क्षति भयो तर ओलीले आजसम्म पश्चाताप गरेनन्: प्रचण्ड

९ मिनेट अघि   सेतोपाटी

नेकपा (माओवादी केन्द्र) महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले जेनजी आन्दोलन क्रममा यतिका जनधनको क्षति भए पनि त्यसबेला प्रधानमन्त्री रहेका केपी शर्मा ओलीले आजसम्म पश्चाताप नगरेको बताएका छन्।  बिहीबार चितवनमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै संयोजक प्रचण्डले भदौ २३...

प्रधानमन्त्रीको नक्कली आइडी खोल्नेमाथि अनुसन्धान गर्दै साइबर ब्युरो

१९ मिनेट अघि   सेतोपाटी

नेपाल प्रहरीको साइबर ब्युरोले प्रधानमन्त्री सुशीला कार्की नाममा नक्कली फेसबुक लगायत सामाजिक सञ्जाल खोल्नेमाथि अनुसन्धान थालेको छ। ब्युरोलाई नक्कली आइडीहरू बनाइएको सूचना पाएपछि अनुसन्धान थालेको हो। ब्युरोका प्रवक्ता तथा एसपी दीपकराज अवस्थीका अनुसार अहिलेसम्म २६ वटा भन्दा बढी नक्कली आइडी...

आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित

२० मिनेट अघि   थाहाखबर

काठमाडौं : नेपाल वातावरण पत्रकार समूह नेफेज का पूर्वअध्यक्ष रोशनी अधिकारी पाठक अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ आइयुसिएन को क्षेत्रीय परिषद् सदस्यमा निर्वाचित भएकी छन्।  अधिकारी सन् २०२६–२०२९ का लागि आयुसिएनको पूर्व र दक्षिण एसिया क्षेत्रीय परिषद् सदस्यका रूपमा निर्वाचित भएको  संयुक्त अरब...

दुई लाख ५० हजार कट्यो सुनको मूल्य, चाँदीको पनि बढ्यो

२० मिनेट अघि   सेतोपाटी

स्थानीय बजारमा बिहीबार सुनको मूल्य तोलामा दुई लाख ५० हजार रूपैयाँ नाघेको छ।  बुधबारको तुलनामा बिहीबार सुन प्रतितोला दुई हजार रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।   बुधबार दुई लाख ४८ हजार ९ सय रूपैयाँमा कारोबार भएको सुन बिहीबार...

सुन तोलाको साढे २ लाख कट्यो

४१ मिनेट अघि   थाहाखबर

काठमाडौं : नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला सुनको मूल्य २ लाख ५० हजार ९०० पुगेको हो बुधबार एक तोला सुन २ लाख ४८ हजार ९०० रुपैयाँमा खरिदबिक्री भएको थियो।सुनको मूल्य...

विश्वमै दुर्लभमध्ये ६ प्रजातिका चरा गुल्मीमा

४१ मिनेट अघि   थाहाखबर

गुल्मी : गुल्मीको रेसुङ्गा र मदाने वन संरक्षीत क्षेत्र दुर्लभ चराहरुको मुख्य आश्रयस्थल बन्दै गएको छ। विश्वमा पाइने दुर्लभ चराहरुमध्ये गुल्मीमा ६ प्रजातिका फेला परेका छन्।  गुल्मीको रेसुङ्गा र मदाने वन संरक्षण क्षेत्र दुर्लभ चराहरुको मुख्य वासस्थान रहेको नेपाल पंक्षी संरक्षण...

नेपालको राजनीतिक अवस्थाबारे एडिबी अध्यक्ष मासोटोको चासो

५४ मिनेट अघि   सेतोपाटी

एसियाली विकास बैंक (एडिबी) का अध्यक्ष कान्दाले नेपालमा भएको राजनीतिक परिवर्तनका सवालमा चासो राखेका छन्। अमेरिकामा रहेका अर्थमन्त्री रामेश्वर खनालसँग बिहीबार भएको भेटमा राजनीतिक परिवर्तन र सुशासनको विषयमा चासो राखेका थिए। अर्थमन्त्री खनालले वर्तमान सरकार निजी क्षेत्रको विकासका लागि लगानीयोग्य...

'देउवाले चुनावमा जोड दिएका छन्, एमालेले पनि त्यही बाटो रोज्नुपर्छ'

१ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले)को केन्द्रीय समिति बैठकमा पार्टीको आगामी बाटो चुनाव नै हुनुपर्ने विषय उठेको छ। बुधबारदेखि जारी केन्द्रीय समिति बैठकमा केही केन्द्रीय सदस्यहरूले फागुनमा हुने तय भएको निर्वाचनमा भाग लिनू नै उत्तम बाटो रहेको भनेर धारणा राखिरहेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले...

कम्युनिष्टमा सत्ता लिप्सा बढेको भन्दै माओवादीका तत्कालीन सचिव गणेश साहले छाडे पार्टी

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेकपा माओवादी केन्द्रका तत्कालीन सचिव गणेश साहले माओवादी पार्टी छाडेको घोषणा गरेका छन्।  हिमालय टेलिभिनजनको एक कार्यक्रममा बोल्दै उनले आफूले पार्टी छाडेको घोषणा गरेका हुन्। उनले माओवादी पार्टीले जनअपेक्षा अनुसार काम नगरेको भन्दै पार्टी छाडेको घोषणा गरेका हुन्। ...

देउवा निवासबाट शंखसहित विभिन्न सामान चोर्ने पक्राउ

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : आन्दोलनका क्रममा नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निजी निवासबाट विभिन्न मालसामान चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।  पक्राउ पर्नेमा चितवनको कालिका नगरपालिका(६ टाँडी घर भएका २९ वर्षीय विजय लामा रहेका छन्। महानगरीय प्रहरी...

केन्द्रीय सदस्यहरूले धारणा राखिरहेका छन् एमाले बैठकमा

१ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले) केन्द्रीय कमिटीको बिहीबारको बैठक जारी छ।  ललितपुरको धोबीघाटस्थित रामबाघ महल पार्टी प्यालेसमा दोस्रो दिनको बैठक बिहान ८ बजेपछि सुरू भएको हो। बैठकमा आज पनि केन्द्रीय सदस्यहरूले धारणा राख्ने कार्यसूची छ। सोअनुसार बैठक सुरू भएलगत्तै केन्द्रीय सदस्यहरूले धारणा राखिरहेका...

झापामा बाढीले पाँच करोडको धान नष्ट

१ घण्टा अघि   थाहाखबर

झापा : यही असोज १८ देखि २० गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीले झापामा ४६३.४२ हेक्टर जमिनको धानबाली नष्ट गरेको छ।  कृषि ज्ञान कार्यालयका प्रमुख सागर विष्टले ७०३ कृषकको पाँच करोड ७५ लाख २३ हजार बराबरको एक हजार ६४४.३३ मेट्रिक टन...

‍भारतले अबदेखि रूसबाट तेल नकिन्ने ट्रम्पको दाबी

१ घण्टा अघि   सेतोपाटी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले अब रूसबाट तेल नकिन्ने दाबी गरेका छन्। बुधबार ह्वाइट हाउसमा पत्रकारहरूसँगको कुराकानीमा ट्रम्पले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रूसबाट तेल नकिन्ने आश्वासन दिएको बताएका हुन्। 'अबदेखि भारतले रूसबाट तेल किन्दैन। मेरा साथी मोदीले रूसी तेल अब...

वर्षौँदेखि अलपत्र पारिएका सिँचाइतर्फका ठेक्का तोडिँदै

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौँदेखि अलपत्र पारी रुग्ण बनाइएका सिँचाइतर्फका ठेक्का तोड्न थालिएको छ।  बबई सिँचाइ आयोजनाले करिब ६ वर्षअघि अमन कन्स्ट्रक्सन कम्पनी गुलरिया-५ सँग गरिएको ठेक्का सम्झौता तोड्ने सार्वजनिक सूचना जारी गरेको छ। आयोजनाले कम्पनीसँग नहर...

अर्घाखाँचीमा दुईवटा मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु, २ गम्भीर

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : अर्घाखाँचीमा दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन्।  बुधबार राति अर्घाखाँचीको छत्रदेव गाउँपालिका–१ मा टिविकामा दुईवटा  मोटरसाइकल आपसमा ठक्कर खाँदा दुईजना चालकको मृत्यु भएको हो भने पछाडि सवार दुई जना...

पाकिस्तान र अफगान सरकारबीच ४८ घण्टे युद्धविराम

२ घण्टा अघि   थाहाखबर

पाकिस्तान र तालिबान नेतृत्वको अफगान सरकार ४८ घण्टाको युद्धविराममा सहमत भएका छन्। सीमा क्षेत्रमा ‘घातक’ झडप भएपछि, स्थानीय समयअनुसार बुधबार साँझ ६ बजेदेखि शुरु हुने गरी ४८ घण्टाको युद्धविराममा सहमति भएको घोषणा इस्लामाबादले ​गरेको छ।  पाकिस्तानको विदेश मन्त्रालयले एक विज्ञप्ति...

नवलपुरमा मोटरसाइकल दुर्घटना, तीनजना घाइते

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ  : पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको देवचुली नगरपालिका- १ केउरेनीमा मोटरसाइकलले ठक्कर दिँदा तीनजना घाइते भएका छन्।  गएराति ९ बजे देवचुलीको दलदलेबाट रजहरतर्फ जाँदै गरेको लु ३७ प ६९२० नम्बरको मोटरसाइकलले ठक्कर दिँदा चालक र  पैदल यात्रीसहित तीनजना घाइते भएका नवलपुर प्रहरीले...

दसैंमा धेरैले फाइदा उठाए, तिहारमा खबरदार!

२ घण्टा अघि   सेतोपाटी

२७ वर्षीय शिरी (नाम परिवर्तन) दसैं मनाएर काठमाडौं फर्किनेबित्तिकै सोमबार साथीहरूसँग बुढानिलकण्ठ घुम्न गए। पहिले यसरी बाइकमा घुम्न जाँदा उनीहरू मदिरा सेवन गर्दैन थिए। बाटोमा 'मापसे' (मादकपदार्थ सेवन) परीक्षणमा परिन्छ भन्ने डर हुन्थ्यो। यसपालि भने शिरी र उनका साथीहरूले बुढानिलकण्ठको एउटा रेस्टुरेन्टमा बसेर साँझ...

मधेशका नवनियुक्त मुख्यमन्त्री सोनलको शपथग्रहण आज

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलले आज पद तथा गोपनियताको शपथग्रहण गर्दैछन्।  विहान साढे ११ बजे प्रदेश प्रमुखकको कार्यालयमा सोनलको शपथग्रहण समारोह हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।  जसपा नेपाल, जनमत, माओवादी, लोसपा र एकीकृत समाजवादीको समर्थनमा लोसपाका सोनल...

२१ निर्माण कम्पनी तथा आपूर्तिकर्ता परे सरकारको कालोसूचीमा

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ :सरकारले विभिन्न  २१ निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको  सार्वजनिक खरिद अनुगमन कार्यालयले आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राखेको हो ।  कार्यालयले बिहीबार सूचना जारी गरी असोज २९ गतेको निर्णय अनुसार सूचना प्रकाशित भएको मितिदेखि लागू हुने...

सिँचाइका रुग्ण ठेक्का तोड्न सुरु, बबई सिँचाइ आयोजनाका ६ वटा ठेक्का तोडिंदै

२ घण्टा अघि   सेतोपाटी

ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि अलपत्र पारी रुग्ण बनाइएका सिँचाइ तर्फका ठेक्का तोड्न सुरु गरिएको छ। बबई सिँचाइ आयोजनाले करिब ६ वर्ष अघि अमन कन्स्ट्रक्सन कम्पनी गुलरिया–५ सँग गरिएको ठेक्का सम्झौता तोड्ने बिहीबार सार्वजनिक सूचना जारी गरेको छ।...

इसराइलले फेरि गजामा आक्रमण गर्न सक्छ: ट्रम्प

३ घण्टा अघि   सेतोपाटी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इसराइलले फेरि गजामा आक्रमण गर्न सक्ने बताएका छन्। अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनसँगको टेलिफोन कुराकानीमा ट्रम्पले आफूले अनुमति दिएको खण्डमा इसराइलले पुनः गजामा हमासलक्षित सैन्य कारबाही चलाउन सक्ने चेतावनी दिएका हुन्। इसराइलले हमासमाथि युद्धविराम उल्लंघन गरेको आरोप...

नेपाल बैंक र लिफ प्लस प्रालिबीच सम्झौता, २० प्रतिशतसम्म छुट

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारी र ग्राहकले शंखमूलस्थित लिफ प्लस प्रालिबाट उत्पादित घरायसी सामग्रीमा विशेष छुट पाउनेसम्बन्धी सम्झौता भएको छ।   सम्झौताअनुसार लिफ प्लसले उत्पादन र बिक्री गर्ने पर्यावरणमैत्री प्राकृतिक सुपारीको पातबाट निर्मित घरायसी सामानका वस्तु...