सबै जीवित बन्धकहरू छाड्यो हमासले
हमासले गजामा जीवित रहेका सबै जीवित बन्धकहरू छाडेको छ। केहीबेर अघिसम्म हमासले सबै बन्धकहरू छाडेको भनेर अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले जनाएको छ। तीमध्ये १३ जना बन्धकहरूलाई रेड क्रसले इसराइलको जिम्मा लगाइसकेको छ। बाँकी बन्धकहरूलाई रेडक्रसले गजाबाट इसराइलतर्फ लगिरहेको भनिएको छ। ...