जेनजी आन्दोलनको नाममा देशी तथा विदेशी शक्तिहरूले षड्यन्त्र गरेर हिंसा भड्काएः रघुवीर महासेठ
नेकपा एमालेका सचिव रघुवीर महासेठले जेनजी आन्दोलनको नाममा देशी तथा विदेशी शक्तिहरूले षड्यन्त्र गरेर हिंसा भड्काएको आरोप लगाएका छन्। गृहनगर जनकपुरधाममा सञ्चारकर्मीहरूसँग शुक्रबार कुरा गर्दै सचिव महासेठले आन्दोलनका क्रममा भएको आगजनी, तोडफोड र लुटपाटमा जेनजी युवाहरूको संलग्नता नरहेको बताए। उनले...