अनेरास्ववियु अध्यक्षबाट राजीनामा दिएका डा. कडरिया कार्यालय फर्कन खोजेपछि कार्यकर्ताले जलाए नेमप्लेट
संगठन अप्ठ्यारोमा पर्दा राजीनामा दिएर भागेको र अहिले पदमा फर्कन खोजेको भन्दै अनेरास्ववियुका नेता–कार्यकर्ताले अध्यक्ष डा. सुजन कडरियाको नेमप्लेट झिकेर जलाएका छन्। अनेरास्ववियुका नेता–कार्यकर्ताले शनिबार उनको फोटोसमेत तोडफोड गरेका छन्। जेन–जीको प्रदर्शनका चर्कंदै गएपछि असुरक्षा भएको भन्दै उनले भदौ २४...