कृषिजन्य उत्पादन आपूर्ति तथा ढुवानी सहज बनाउन अनुरोध
काठमाडौँ : कृषि विभागले कृषिजन्य उत्पादन सहज रूपमा आपूर्ति तथा ढुवानीको व्यवस्था मिलाउन सम्बन्धित पक्षसँग अनुरोध गरेको छ। मुलुक विषम परिस्थितिबाट गुज्रिरहेका वेला मागअनुसार खाद्यान्नलगायत कृषि उपजको आपूर्तिलाई शृङ्खलालाई खल्बलिन नदिनेतर्फ सचेत रहन अनुरोध गर्दै विभागले आज एक विज्ञप्ति निकालेर...