अत्यधिक रक्तस्राव भएकी सुत्केरीलाई हेलिकप्टरबाट उद्धार गरेर ल्याइयो काठमाडौं
संखुवासभाबाट अत्यधिक रक्तस्राव भएकी सुत्केरीको हेलिकप्टरबाट उद्धार गरेर काठमाडौं ल्याइएको छ। जिल्ला अस्पातलमा मंगलबार शिशु जन्माएकी सुत्केरीको बुधबार पनि अत्यधिक रक्तस्राव भएपछि सेनाको हेलिकप्टरबाट उद्धार गरेर आज काठमाडौं ल्याइएको हो। मकालु गाउँपालिका- १ की २८ वर्षीया महिलालाई उद्धार गरिएको प्रमुख...
