ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

‘सगरमाथा संवाद’को तयारी पूरा, शुक्रवार भव्य समारोहका बीच उद्घाटन

६ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाल सरकारले पहिलोपटक आयोजना गर्न लागेको ‘सगरमाथा संवाद’को तयारी पूरा भएको छ। ‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य’ विषयमा पहिलो पटक सगरमाथा संवाद शुक्रवारदेखि यही जेठ ४ गतेसम्म काठमाडौँमा हुँदैछ। संवादको उद्घाटन समारोह शुक्रवार बिहान ‘द सोल्टी होटल’मा...

गोदावरी मेयर कप : उपाधिका लागि गोदावरी र काठमाडौँ भिड्दै

६ घण्टा अघि   थाहाखबर

काठमाडौँ : दोस्रो संस्करणको उपत्यकाव्यापी अन्तरपालिका खुला गोदावरी मेयर कप फुटबलको उपाधिका लागि आयोजक गोदावरी नगरपालिका र साविक विजेता काठमाडौँ महानगरपालिकाबीच प्रतिस्पर्धा हुँदैछ।  फाइनल खेल शुक्रवार दिउँसो साढे ३ बजे गोदावरी–१० टाहाखेलस्थित निर्माणाधीन गोदावरी बहुउद्देश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा हुनेछ।  फाइनल...

अबका दिनहरू माओवादी र जनताका दिन हुनेछन् : प्रचण्ड

७ घण्टा अघि   थाहाखबर

कैलाली : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रप्रति जनताको आकर्षण बढेको बताए। कैलालीको चुरे गाउँपालिका–३ सहजपुरमा स्थानीयसँगको भेटघाटमा अध्यक्ष दाहालले भने, “भर्खरै सम्पन्न तराई–मधेस जागरण अभियानले माओवादीप्रति जनतामा एउटा नयाँ उभार आएको...

झ्याप्प-झ्याप्प विद्युत गएपछि कार्यकारी निर्देशक हितेन्द्रदेव निस्किए आकस्मिक निरीक्षणमा

७ घण्टा अघि   थाहाखबर

काठमाडौँ : आज साँझ झ्याप्प झ्याप्प विद्युत गएपछि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले भारप्रेषण केन्द्रमा आकस्मिक निरीक्षण गरेका छन्।  भारतबाट नेपालमा विद्युत ल्याइएको ढल्केबर मुजफरपुर लाइनमा भारततर्फ आएको समस्याले गर्दा विद्युत अवरुद्ध भएको प्राधिकरणले स्पष्ट पारेको छ। शाक्यले...

न्यायको खोजीमा डा. नीता यादव, सम्पत्ति प्रयोगमा अवरोधको आरोप

७ घण्टा अघि   थाहाखबर

विराटनगर : विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकी सहायक प्राध्यापक डा. नीता यादवले बिहीवार पत्रकार सम्मेलनमार्फत न्यायको माग गरेकी छन्। उनले कानुनी रूपमा श्रीमान्‌बाट प्राप्त जग्गा भोगचलनमा श्रीमान्‌को परिवारले अवरोध गरेको आरोप लगाउँदै समस्या समाधानका लागि सम्बद्ध निकायको ध्यानाकर्षण गराएकी हुन्।...

पूर्वमन्त्री भगतद्वारा सरकारी लेटरप्याडको दुरुपयोग

८ घण्टा अघि   थाहाखबर

गौर : पूर्व ऊर्जा राज्यमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का नेता सत्यनारायण भगत बीनले करिब आठ वर्षअघि मन्त्री पदबाट हटिसकेपछि पनि ‘ऊर्जा राज्यमन्त्री’को हैसियतमा सरकारी लेटरप्याड प्रयोग गरेको खुलासा भएपछि तीव्र आलोचना भइरहेको छ। २०७३ साल साउन ३० गते ऊर्जा राज्यमन्त्रीमा...

काठमाडौँसहित देशका धेरै ठाउँ अन्धकार : बिजुली आए पनि झ्याप्प-झ्याप्प हुँदा सर्ट हुने डर

८ घण्टा अघि   थाहाखबर

काठमाडौँ : बिहीवार साँझ काठमाडौँसहित देशका पूर्वी र मध्यभागका अधिकांश स्थानमा बिजुली गयो। आए पनि झ्याप्प झ्याप्प भइरहेको छ। जसका कारण विद्युत सर्ट हुने डर बढेको छ। ढल्केबर सबस्टेसनमा प्राविधिक समस्या आउँदा बत्ती गएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। तर...

पेट्रोल र डिजेलको भाउ घट्यो

८ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाल आयल निगम लिमिटेडले बिहीबार रातिबाट लागू हुने गरी पेट्रोलमा १ रुपैयाँ र डिजेल तथा मट्टितेलमा ३ रुपैयाँ प्रतिलिटरका दरले घटाएको छ। मूल्य घटाएपछि काठमाडौँमा पेट्रोल १५७ रुपैयाँ र डिजेल तथा मट्टितेल १४२ रुपैयाँ कायम भएको छ। इण्डियन...

घट्यो पेट्रोल–डिजेलको भाउ

८ घण्टा अघि   सेतोपाटी

शुक्रबार बिहान एक बजेबाट लागू हुने गरी पेट्रोल–डिजेलको भाउ घटेको छ। नेपाल आयल निगमले बिहीबार एक विज्ञप्ति जारी गर्दै पेट्रोलको भाउ लिटरमा एक रूपैयाँ घटाएको जनाएको हो। त्यस्तै डिजेल/मट्टीतेल लिटरमा तीन रूपैयाँ घटाएको जानकारी दिएको छ। भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ...

शुक्रवारदेखि सगरमाथा संवाद : प्रधानमन्त्री ओलीले भने- थामेको आवाज सम्बोधन हुन्छ

८ घण्टा अघि   थाहाखबर

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले सोलुखुम्बुको थामेलगायत क्षेत्रमा जलवायु परिवर्तनले ल्याएको समस्या ‘सगरमाथा संवाद’मार्फत सम्बोधन गरिने बताए। थामेमा भएको आरोही सम्मेलन र जलवायु संवादको घोषणापत्रसहितको प्रतिवेदन बुझ्दै प्रधानमन्त्री ओलीले हिमालको फेदीमै पुगेर कार्यक्रम हुनु र समस्या केलाउनु प्रभावकारी काम...

ढल्केबरमा समस्या आउँदा काठमाडौं अन्धकार (तस्बिरहरू)

८ घण्टा अघि   सेतोपाटी

बिहीबार साँझ काठमाडौंसहित देशका पूर्वी र मध्यभागका अधिकांश स्थानमा बिजुली गएको छ। काठमाडौं उपत्यका तथा देशका विभिन्न स्थानमा विद्युत अवरूद्ध भएको हो। कतिपय स्थानमा झ्याप्प-झ्याप्प लाइन आउने जाने क्रम जारी छ। योसँगै कतिपयले लोडसेडिङ सुरू भएको हो कि भन्दै गुनासो...

देशका धेरै ठाउँमा किन गइरहेको छ बिजुली?

८ घण्टा अघि   सेतोपाटी

काठमाडौं उपत्यका तथा देशका विभिन्न स्थानमा विद्युत अवरूद्ध भएको छ। कतिपय स्थानमा झ्याप्प-झ्याप्प लाइन आउने जाने क्रम जारी छ। योसँगै कतिपयले लोडसेडिङ सुरू भएको हो कि भन्दै गुनासो पोखिरहेका छन्।  के कारण बिजुली गयो भनेर हामीले नेपाल विद्युत प्राधिकरणका प्रवक्ता राजाभाइ...

काशी सुमेरु पीठाधीश्वर शंकराचार्यद्वारा पाल्पाको कामाख्या देवी मन्दिर दर्शन

९ घण्टा अघि   थाहाखबर

काठमाडौँ : भारतको उर्ध्वाम्नाय काशी सुमेरु पीठाधीश्वर जगत्‌गुरु शंकराचार्य अनन्तश्री विभूषित स्वामी नरेन्द्रानन्द सरस्वतीजी महाराजले पाल्पाको वसन्तपुरस्थित कामाख्यादेवी मन्दिर दर्शन र पूजा आराधना गरेका छन्। नेपालका धार्मिक स्थलहरूको भ्रमणको क्रममा शंकराचार्यले बिहीबार कामाख्या मन्दिर दर्शन गरेका हुन्। मन्दिर दर्शनपछि शंकराचार्यले कामाख्या...

काठमाडौंबाट माइक्रो बस चोरी गरेको आरोपमा एक जना पक्राउ

९ घण्टा अघि   सेतोपाटी

प्रहरीले माइक्रो बस चोरी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। स्याङ्जा बिरूवा गाउँपालिका-१ घर भइ बनस्थली बस्दै आएका १९ वर्षीय सुदिप थापालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरिक्षक अपिलराज बोहोराले जानकारी दिए।  उनका अनुसार बनस्थलीस्थित विश्वकर्मा बाबा वर्कशप तथा चार्जिङ सेन्टरको...

पत्रकार खेम भण्डारीलाई एक महिना कैद र एक लाख क्षतिपूर्तिको सजाय

९ घण्टा अघि   थाहाखबर

काठमाडौँ : कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणका विषयमा गाली बेइज्जतीको मुद्दा लागेका कञ्चनपुरका पत्रकार खेम भण्डारीलाई एक महिना कैद र एक लाख क्षतिपूर्तिको सजाय सुनाइएको छ।  जिल्ला अदालत कञ्चनपुरले पत्रकार भण्डारीलाई एक महिना कैद, एक लाख क्षतिपूर्तिका साथै...

हामी एनआरएनए एकताको पक्षमा छौं, बद्री केसी र पूर्वअध्यक्षहरूसँग कुरा भइरहेको छ: अध्यक्ष महेश श्रेष्ठ

९ घण्टा अघि   सेतोपाटी

गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता अधिवेशनबाट निर्वाचित अध्यक्ष महेश श्रेष्ठले अहिलेको नवनिर्वाचित पदाधिकारीको वैधानिकतामाथि प्रश्न उठाउने ठाउँ नै नरहेको बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू निर्वाचित भएपछि एनआरएनएको पूर्ण एकताको प्रयास गरिरहेको बताएका हुन्।...

मेयर बालेनले हेरफेर गरे चार समितिका संयोजक

९ घण्टा अघि   सेतोपाटी

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले कार्यपालिका अन्तर्गत ४ वटा समितिका संयोजकहरूको जिम्मेवारी हेरफेर गरेका छन्। मेयर बालेनले सूचना प्रविधि समिति, सुशासन समिति, सम्पदा तथा पर्यटन समिति र विधायन समितिका संयोजकहरूको जिम्मेवारी हेरफेर गरेका हुन्। वडा नम्बर १७ का अध्यक्ष नविन मानन्धरलाई सूचना...

काठमाडौँबाट माइक्रो बस नै चोरी, धादिङ पुगेपछि माइक्रोसहित समातिए थापा

९ घण्टा अघि   थाहाखबर

काठमाडौँ : काठमाडौँ महानगरपालिका १६ बनस्थलीस्थित विश्वकर्मा बाबा वर्कशप तथा चार्जिङ सेन्टरभित्रको पार्किङ स्थलबाट माइक्रोबस चोरी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।  बागमती प्रदेश ०१–००२ ज ६७६६ नम्बरको इलेक्ट्रिक माइक्रो बस स्याङ्जाको बिरुवा गाउँपालिका १ घर भइ बनस्थली बस्ने १९...

नयाँ साढे चार हजार योजना तयार, पुरानालाई के गरिँदैछ?

९ घण्टा अघि   सेतोपाटी

आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणको तयारीमा मन्त्रालयहरूले नयाँ आयोजना छनोटको गति बढाएका छन्। राष्ट्रिय योजना आयोगका अनुसार विगतमा सञ्चालित (क्रमागत), आगामी बजेटबाट सुरू हुने (नयाँ) र विस्तृत अध्ययन गर्नुपर्ने गरी साढे आठ हजारभन्दा बढी आयोजना आयोजना बैंकमा सिफारिस...

'यो पेसामा थोरै व्यक्ति चर्चित छन्, टिप्स पनि राम्रो हुन्छ'

९ घण्टा अघि   सेतोपाटी

सबैले भन्छन् — रक्सी खान हुँदैन, स्वास्थ्यलाई हानि गर्छ। त्यही सबैले खान हुन्न भन्ने रक्सीलाई विभिन्न मिश्रणसहित फरक रूप दिन्छन्, र पूर्ण सजावटका साथ आकर्षक ढंगले पेस गर्छन् — बार टेन्डरहरू। यो तिनै बार टेन्डरहरूको कथा हो। पिकेश श्रेष्ठ चार वर्षदेखि फरक फरक ककटेल...

'राम पियारी' मा दीपाश्री निरौला र यम बराल (भिडिओ)

९ घण्टा अघि   सेतोपाटी

गायक यम बरालको स्वरमा 'राम पियारी' बोलको गीत सार्वजनिक भएको छ।  बिहीबार सार्वजनिक गीतको भिडिओमा गायक बराल र अभिनेत्री दीपाश्री निरौलाको नृत्य तथा अभिनय छ।  मायाप्रेममा आधारित गीतको शब्द डीपी खनालले लेखेका हुन्।  संगीत शंकर थापा स्माइलको छ भने विश्व अधिकारीले...

अब तलमाथि हुँदैन, दुई-चार दिनमै नयाँ गभर्नर पाउँछौं: सञ्चार मन्त्री गुरूङ

१० घण्टा अघि   सेतोपाटी

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले गभर्नर नियुक्ति छिट्टै हुने बताएका छन्। मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै बिहीबार सिंहदरबारमा मन्त्री गुरूङले नेपाल राष्ट्र बैंकको गभर्नर दुई—चार दिनभित्रै नियुक्ति हुने बताएका हुन्। उनले अब तलमाथि नभइकन केही दिनभित्रै गभर्नर नियुक्ति हुने बताए।...

रवीन्द्र मिश्रलाई हतकडीविनै सर्वोच्च ल्याइयो, सुनुवाइ भने भोलि

१० घण्टा अघि   थाहाखबर

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई आज सर्वोच्च अदालतमा हतकडीविनै उपस्थिति गराइएको छ।  यसअघि म्याद थप गर्न काठमाडौँ जिल्ला अदालत पुर्याउँदै काठमाडौँ प्रहरीले उनलाई हतकडी लगाएर लगेको भए पनि सर्वोच्चमा ल्याउँदा भने हतकडी थिएन। बन्दी प्रत्यक्षीकरणको रिटमा...

विद्यालय शिक्षा विधेयक: उपसमितिमा जुटेन सहमति, असहमतिबारे समितिमा छलफल हुने

१० घण्टा अघि   सेतोपाटी

प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति अन्तर्गतको उपसमितिले विद्यालय शिक्षा विधेयकमाथि सहमति जुटाउन असफल भएको छ। नेकपा एमालेका सांसद छविलाल विश्वकर्मा संयोजक रहेको उपसमितिले निजी विद्यालयलाई शैक्षिक गुठीमा रूपान्तरण गर्ने विषय र प्रारम्भिक बाल विकास शिक्षा (इसिडी) मा...