मापसे गरेर सहचालकले चलाए बस, बज्रियो घरमा
भक्तपुरमा बस अनियन्त्रित भएर घरमा बजारिएको छ। गए राति करिव २ बजे मध्यपुरथिमी नगरपालिका-९ निकोसेरास्थित दुवाकोट मोडमा बस अनियन्त्रित भई घरमा ठक्कर खाएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिए। दुवाकोटबाट निकोसेरा जाँदै गरेको बा.प्र.०१-००६ ख ५९९८ नम्बरको भाडाको बस सहचालक सिन्धुपाल्चोक...