व्यापार गर्न घर छाडे, सुरू गरे चटपटे चेन
काठमाडौं कोर-सिटीको सबभन्दा धेरै भिडभाड हुने ठाउँहरूमध्ये एक हो, इन्द्रचोक। प्राय: मान्छे यहाँ किनमेल गर्न आउँछन्। तर इन्द्रचोकको जुन पसलबारे म कुरा गर्दैछु, त्यो किनमेल गर्ने ठाउँ होइन; खाने ठाउँ हो। पसलको नाम हो — द नेपाली चटपटे। तपाईंले इन्द्रचोकको चर्चित बारा पसल देख्नुभएको छ? इन्द्रचोकबाट इतुम्बहालतिर जाने चोखाछेँ गल्लीको लगभग बीचतिर अर्को एउटा सानो गल्ली छुट्टिन्छ। त्यो...