ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ

११ मिनेट अघि   सेतोपाटी

दार्चुलाको शैल्यशिखर नगरपालिका–८ देवलमा ७१ वर्षीया लक्ष्मी जोशीको हत्या घटनामा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरिएको छ। गत सोमबार राति घरमै मृत फेला परेकी जोशीको हत्या गरेर गरगहना लुटपाट गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा...

बंगलादेशमा बिएनपीले जित्यो दुई तिहाई सिट

१७ मिनेट अघि   सेतोपाटी

बंगलादेशमा बिहीबार भएको निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ। बंगलादेशबाट प्रकाशन हुने अनलाइन द डेली स्टारका अनुसार अब तीन क्षेत्रको मात्रै परिणाम आउन बाँकी छ। अहिलेसम्मको नतिजाअनुसार बंगलादेश नेश्नलिस्ट पार्टी (बिएनपी)ले दुई तिहाई सिट जितेको छ। उसले अहिलेसम्म २१३ सिट...

पूर्वराजालाई स्वागत गर्न दुर्गा प्रसाईं पनि विमानस्थलमा (तस्बिरहरू)

५० मिनेट अघि   सेतोपाटी

काठमाडौं प्रशासनले निषेधाज्ञा जारी गरेको भए पनि शुक्रबार त्रिभुवन विमानस्थल आसपास मानिसहरूको भिड लागेको छ।  त्यो भिड पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न उपस्थित भएको थियो। पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार झापाबाट काठमाडौं आएका छन्।  उनलाई स्वागत गर्न उपस्थित हुन भनेर राष्ट्रिय...

रानी मुखर्जीको 'मर्दानी ३' ले दुई सातामा कति कमायो?

५२ मिनेट अघि   सेतोपाटी

बलिउड अभिनेत्री रानी मुखर्जी अभिनीत फिल्म 'मर्दानी ३' ले भारतमा करिब ४० करोड भारू नजिकको आम्दानी गरेको छ।  दोस्रो साता पूरा गर्दा फिल्मले ३९ करोड ७० लाख भारू नेट कमाइ गरेको भारतीय संचारमाध्यमले जनाएका छन्। अभिराज मिनावाला निर्देशित ‘मर्दानी ३’...

रूकुम पश्चिमका राप्रपा नेता कालीबहादुर खत्री कांग्रेस प्रवेश

५८ मिनेट अघि   सेतोपाटी

रूकुम पश्चिममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कालीबहादुर खत्री नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। ०७९ सालको स्थानीय तह निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट मेयरका उम्मेदवार भएका खत्री उक्त पार्टी परित्याग गर्दै कांग्रेसमा प्रवेश गरेको कांग्रेस चौरजहारी नगरपालिका–७ का वडा सभापति...

मनमोहनमा एमआइसिएस प्रविधिबाट मुटुको प्वालको सफल शल्यक्रिया

१ घण्टा अघि   सेतोपाटी

नेपालमा पहिलो पटक एमआइसिएस प्रविधिबाट मुटुको प्वालको सफल शल्यक्रिया गरिएको छ। मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा ४२ वर्षीया पुरूषको मुटुको भित्री भागमा रहेको प्वाल एमआइसिएस प्रविधिमार्फत सफलतापूर्वक बन्द गरिएको हो।  काखीको सानो प्वालबाट गरिने यस आधुनिक शल्यक्रिया विधि परम्परागत...

रूपन्देही- १ मा पुराना दललाई नयाँको चुनौती

१ घण्टा अघि   सेतोपाटी

रूपन्देहीको निर्वाचन क्षेत्र नं. १ दक्षिणमा भारतीय सीमा क्षेत्र र उत्तरमा पाल्पाको सिमानासम्म जोडिएको क्षेत्र हो।  देवदह नगरपालिकाका १२ वटा वडा सबै र रोहिणी गाउँपालिकाका पूरै ७ वटा वडा तथा तिलोत्तमा नगरपालिकाका वडा नं. ७, ८, ९, १०, ११, १२, १५,...

'डन ३' विवादमा ऋतिकले भने– मलाई प्रस्तावै आएको थिएन

१ घण्टा अघि   सेतोपाटी

बलिउडमा अहिले फरहान अख्तरको फिल्म 'डन ३' को पात्र चयनसँग सम्बन्धित अड्कलबाजीहरू चर्चामा छन्। रणवीर सिंह यो फिल्मबाट बाहिरिएपछि उनको ठाउँमा अभिनेता ऋतिक रोशन देखिने चर्चा थियो। तर ऋतिकले यो अफवाह मात्र रहेको बताएका छन्। भेराइटी इण्डियासँगको कुराकानीमा उनले 'डन...

विभिन्न क्षेत्रका पेसाकर्मीलाई पार्टीमा आबद्ध हुन कांग्रेसले गर्‍यो आह्वान

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसले विभिन्न क्षेत्रमा आबद्ध व्यक्तिहरूलाई पार्टीमा आबद्ध हुन आह्वान गरेको छ। प्रवक्ता देवराज चालिसेले शुक्रबार विज्ञप्ती जारी गरी बदलिएको राजनीतिक सन्दर्भमा विभिन्न पेशा र क्षेत्रसँग आबद्ध व्यक्तिहरूलाई पार्टीमा औपचारिक रूपमा कांग्रेसमा सहभागी हुन आह्वान गरेको छ। सभापति गगन थापाको...

काठमाडौं आइपुगे पूर्वराजा ज्ञानेन्द्र (तस्बिरहरू)

२ घण्टा अघि   सेतोपाटी

पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं आइपुगेका छन्। पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार झापाबाट काठमाडौं आएका हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत परिसरमा उनलाई स्वागत गर्न समर्थक पुगेका थिए। उनलाई स्वागतका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), दुर्गा प्रसाई नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ...

दर्शक तान्दै 'आ बाट आमा', कमाइबारे निर्माण पक्षको दाबी- ७ करोड नाघ्यो

२ घण्टा अघि   सेतोपाटी

चन्द्र पन्त निर्देशित फिल्म 'आ बाट आमा' प्रदर्शनको तेस्रो सातामा प्रवेश गरेको छ। यो फिल्मले दर्शकबाट राम्रो साथ पाइरहेको छ। निर्माण पक्षको दाबी अनुसार दुई सातामा नेपालमा फिल्मको व्यापार ७ करोड नाघेको छ। शुक्रबार निर्माताले एक पोस्टर सार्वजनिक गर्दै फिल्मले...

त्रिभुवन विमानस्थलमा पूर्वराजाका समर्थकहरूको प्रदर्शन, यात्रुहरूलाई सास्ती (तस्बिरहरू)

२ घण्टा अघि   सेतोपाटी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा पूर्वराजाका समर्थकहरूले प्रदर्शन गरेपछि यात्रुहरूलाई सास्ती भएको छ। प्रदर्शनका कारण विमानस्थल आसपासको सडक क्षेत्रमा सवारी आवागमन प्रभावित हुँदा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका यात्रु समयमै टर्मिनलसम्म पुग्न कठिनाइ भएको हो। प्रदर्शनकारीहरूले राजसंस्था पुनर्स्थापनाको माग गर्दै नाराबाजी गरिरहेका...

फागुन २१ को निर्वाचनका लागि ७७ जिल्लामा ७०० पर्यवेक्षक परिचालन

२ घण्टा अघि   सेतोपाटी

आगामी फागुन २१ गते हुन गइरहेको चुनावमा निर्वाचन पर्यवेक्षण समिति नेपालले देशका ७७ वटै जिल्लामा ७०० जना पर्यवेक्षक परिचालन गरेको जनाएको छ। प्रतिनिधि सभाको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउने उद्देश्यसहित पर्यवेक्षक परिचालन गरेको निर्वाचन पर्यवेक्षण समितिले जनाएको छ। समितिका अनुसार स्वयंसेवक,...

कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ - महामन्त्री घिमिरे

२ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका महामन्त्री गुरूराज घिमिरेले नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्ने बताएका छन्। विशेष महाधिवेशनबाट महामन्त्री निर्वाचित भएपछि पहिलो पटक पार्टी कार्यालय सानेपामा आएर पदभार ग्रहणपछि उनले अब कांग्रेस नयाँ रूपमा रूपान्तरण भएर आएको भन्दै नेता र नेतृत्व दुवै बदलेको...

एन्फा निर्वाचनका लागि सी डिभिजनका ९ क्लबले पाए मताधिकार

२ घण्टा अघि   सेतोपाटी

अखिल नेपाल फुटबल संघ (एन्फा) आगामी नियमित साधारण सभा तथा कार्यसमिति निर्वाचनका लागि सी डिभिजन क्लबहरूबाट शुक्रबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको निर्वाचनपछि नौ क्लबले मताधिकार पाएका छन्।  मताधिकार पाउने क्लबमा ‎खालीबारी युवा फुटबल क्लब(११ मत), झम्सिखेल युवा क्लब (१२ मत), पुल्चोक स्पोर्ट्स...

निषेधाज्ञाका बाबजुद त्रिभुवन विमानस्थलको गेटमा पुगे पूर्वराजाका समर्थकहरू (तस्बिरहरू)

२ घण्टा अघि   सेतोपाटी

पूर्वराजा ज्ञानेन्द्र  शाहलाई स्वागत गर्न उनका समर्थकहरू त्रिभुवन विमानस्थलको गेटमै पुगेका छन्। काठमाडौं प्रशासनले बिहीबारदेखि लागू हुनेगरी विमानस्थल आसपास निषेधाज्ञा जारी गरेको छ। पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार झापाबाट काठमाडौं आउँदैछन्। उनलाई स्वागतका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), दुर्गा प्रसाई नेतृत्वको राष्ट्र,...

७२०० एमएएच ब्याट्री भएको भिभो वाई–३१ डी सार्वजनिक हुँदै

२ घण्टा अघि   सेतोपाटी

भिभो नेपालले अहिलेसम्मकै सबैभन्दा ठूलो ब्याट्रीसहितको नयाँ स्मार्टफोन भिभो वाई–३१ डी ल्याउने तयारी गरेको छ। कम्पनीका अनुसार यस फोनमा ७२०० एमएएच क्षमताको ठूलो ब्याट्री रहनेछ, जसले लामो समयसम्म प्रयोग गर्न सकिने अपेक्षा गरिएको छ। साथै, ४४ वाट फ्ल्यासचार्ज सपोर्टका कारण...

महाशिवरात्रिको अवसर पारेर 'श्री बुकुरो', 'शिवांश' र 'बिगुल' प्रदर्शनमा

३ घण्टा अघि   सेतोपाटी

महाशिवरात्रिको अवसर पारेर शुक्रबारदेखि तीन नेपाली फिल्म एकसाथ प्रदर्शनमा आएका छन्।  सुदीप भूपाल सिंह निर्देशित 'श्री बुकुरोः द होम कलिङ', सन्तोष कुमार आत्रेय निर्देशित 'शिवांशः च्याप्टर १' र रमेश कोइराला निर्देशित 'बिगुल' देशभरका सिनेमा हलमा रिलिज भएका हुन्।  सामाजिक विद्रोह, पारिवारिक संवेदना...

बंगलादेशको चुनावमा ६ सिट मात्रै जितेपछि एनसिपीले भन्यो- मतगणनामा गडबडी भयो

३ घण्टा अघि   सेतोपाटी

बंगलादेशको नेसनल सिटिजन्स पार्टी (एनसिपी)ले मतगणनामा गडबडी भएको आरोप लगाएको छ।  एनसिपी बंगलादेशमा विद्यार्थीहरूको आन्दोलनबाट तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई अपदस्त गरेपछि स्थापना भएको पार्टी हो। आन्दोलनको नेतृत्व गरेको भए पनि निर्वाचनमा भने खराब प्रदर्शन गरेको छ। एनसिपीले ६ सिटमा मात्रै...

टी-२० विश्वकप : यस्तो छ नेपाल रहेको समूहको सुपर-८ समिकरण

३ घण्टा अघि   सेतोपाटी

आइसिसी टी-२० विश्वकप २०२६ मा नेपालले समूह चरणमा अब दुईवटा खेल खेल्न बाँकी छ, जुन दुबै मुम्बईको वानखेडे स्टेडियममा हुनेछन्।  नेपालले वेस्ट इन्डिजसँग फागुन ३ गते विहान ११ बजे तेस्रो खेल खेल्नेछ। अन्तिम खेल फागुन ५ मा स्टकल्यान्डसँग वेलुका सवा...

फागुन १३ गतेदेखि आइपिओ बिक्री गर्दै कालिन्चोक हाइड्रोपावर

३ घण्टा अघि   सेतोपाटी

कालिन्चोक हाइड्रोपावर लिमिटेडले फागुन १३ गतेदेखि आइपिओ निष्कासन गर्ने भएको छ।  कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गर्न लागेको हो। कम्पनीले जारी पुँजी ५५ करोड रूपैयाँको २५ प्रतिशत अर्थात १३...

एसिया कप राइजिङ स्टारमा नेपाल पहिलो खेलमा पराजित

३ घण्टा अघि   सेतोपाटी

महिला एसिया कप राइजिङ स्टार प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको छ। थाइल्यान्डमा भएको आफ्नो पहिलो खेलमा नेपालले पाकिस्तान ए टोलीसँग ३० रनको पराजय भोगेको हो।  पहिले ब्याटिङ गरेको पाकिस्तान ए महिलाले ६ विकेटको क्षतिमा १३७ बनायो। जवाफी ब्याटिङ...

७० प्रतिशत उद्यमी व्यवसायीहरू पर्खिरहेका छन् लगानीको अवसर

४ घण्टा अघि   सेतोपाटी

भदौ २३ र २४ को आन्दोलनपछि निजी क्षेत्रको मनोबल इतिहासकै कमजोर मनोबलका साथ काम गरिरहेको अर्को अध्ययनले पनि देखाएको छ।  क्लिकमान्डु डटकमले देशका १२१ जना ठूला लगानीकर्ता र निजी क्षेत्रका प्रतिनिधिहरूमाझ गरेको अध्ययन प्रतिवेदनले यस्तो निष्कर्ष निकालेको हो। अध्ययनमा सहभागीमध्ये ३७ प्रतिशत...

एकैदिन तोलामा तीन हजार रूपैयाँ घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?

४ घण्टा अघि   सेतोपाटी

नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य घटेको छ।  बिहीबार प्रतितोला एक सय रूपैयाँ घटेको सुनको भाउ यसदिन तोलामा तीन हजार रूपैयाँ घटेको हो।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख तीन हजार पाँच सय रूपैयाँ पुगेको छ। ...