ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

काठमाडौं आइपुगे पूर्वराजा ज्ञानेन्द्र (तस्बिरहरू)

११ मिनेट अघि   सेतोपाटी

पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं आइपुगेका छन्। पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार झापाबाट काठमाडौं आएका हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत परिसरमा उनलाई स्वागत गर्न समर्थक पुगेका थिए। उनलाई स्वागतका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), दुर्गा प्रसाई नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ...

दर्शक तान्दै 'आ बाट आमा', कमाइबारे निर्माण पक्षको दाबी- ७ करोड नाघ्यो

१६ मिनेट अघि   सेतोपाटी

चन्द्र पन्त निर्देशित फिल्म 'आ बाट आमा' प्रदर्शनको तेस्रो सातामा प्रवेश गरेको छ। यो फिल्मले दर्शकबाट राम्रो साथ पाइरहेको छ। निर्माण पक्षको दाबी अनुसार दुई सातामा नेपालमा फिल्मको व्यापार ७ करोड नाघेको छ। शुक्रबार निर्माताले एक पोस्टर सार्वजनिक गर्दै फिल्मले...

त्रिभुवन विमानस्थलमा पूर्वराजाका समर्थकहरूको प्रदर्शन, यात्रुहरूलाई सास्ती (तस्बिरहरू)

२० मिनेट अघि   सेतोपाटी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा पूर्वराजाका समर्थकहरूले प्रदर्शन गरेपछि यात्रुहरूलाई सास्ती भएको छ। प्रदर्शनका कारण विमानस्थल आसपासको सडक क्षेत्रमा सवारी आवागमन प्रभावित हुँदा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका यात्रु समयमै टर्मिनलसम्म पुग्न कठिनाइ भएको हो। प्रदर्शनकारीहरूले राजसंस्था पुनर्स्थापनाको माग गर्दै नाराबाजी गरिरहेका...

फागुन २१ को निर्वाचनका लागि ७७ जिल्लामा ७०० पर्यवेक्षक परिचालन

३४ मिनेट अघि   सेतोपाटी

आगामी फागुन २१ गते हुन गइरहेको चुनावमा निर्वाचन पर्यवेक्षण समिति नेपालले देशका ७७ वटै जिल्लामा ७०० जना पर्यवेक्षक परिचालन गरेको जनाएको छ। प्रतिनिधि सभाको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउने उद्देश्यसहित पर्यवेक्षक परिचालन गरेको निर्वाचन पर्यवेक्षण समितिले जनाएको छ। समितिका अनुसार स्वयंसेवक,...

कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ - महामन्त्री घिमिरे

४२ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका महामन्त्री गुरूराज घिमिरेले नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्ने बताएका छन्। विशेष महाधिवेशनबाट महामन्त्री निर्वाचित भएपछि पहिलो पटक पार्टी कार्यालय सानेपामा आएर पदभार ग्रहणपछि उनले अब कांग्रेस नयाँ रूपमा रूपान्तरण भएर आएको भन्दै नेता र नेतृत्व दुवै बदलेको...

एन्फा निर्वाचनका लागि सी डिभिजनका ९ क्लबले पाए मताधिकार

४४ मिनेट अघि   सेतोपाटी

अखिल नेपाल फुटबल संघ (एन्फा) आगामी नियमित साधारण सभा तथा कार्यसमिति निर्वाचनका लागि सी डिभिजन क्लबहरूबाट शुक्रबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको निर्वाचनपछि नौ क्लबले मताधिकार पाएका छन्।  मताधिकार पाउने क्लबमा ‎खालीबारी युवा फुटबल क्लब(११ मत), झम्सिखेल युवा क्लब (१२ मत), पुल्चोक स्पोर्ट्स...

निषेधाज्ञाका बाबजुद त्रिभुवन विमानस्थलको गेटमा पुगे पूर्वराजाका समर्थकहरू (तस्बिरहरू)

४९ मिनेट अघि   सेतोपाटी

पूर्वराजा ज्ञानेन्द्र  शाहलाई स्वागत गर्न उनका समर्थकहरू त्रिभुवन विमानस्थलको गेटमै पुगेका छन्। काठमाडौं प्रशासनले बिहीबारदेखि लागू हुनेगरी विमानस्थल आसपास निषेधाज्ञा जारी गरेको छ। पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार झापाबाट काठमाडौं आउँदैछन्। उनलाई स्वागतका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), दुर्गा प्रसाई नेतृत्वको राष्ट्र,...

७२०० एमएएच ब्याट्री भएको भिभो वाई–३१ डी सार्वजनिक हुँदै

५१ मिनेट अघि   सेतोपाटी

भिभो नेपालले अहिलेसम्मकै सबैभन्दा ठूलो ब्याट्रीसहितको नयाँ स्मार्टफोन भिभो वाई–३१ डी ल्याउने तयारी गरेको छ। कम्पनीका अनुसार यस फोनमा ७२०० एमएएच क्षमताको ठूलो ब्याट्री रहनेछ, जसले लामो समयसम्म प्रयोग गर्न सकिने अपेक्षा गरिएको छ। साथै, ४४ वाट फ्ल्यासचार्ज सपोर्टका कारण...

महाशिवरात्रिको अवसर पारेर 'श्री बुकुरो', 'शिवांश' र 'बिगुल' प्रदर्शनमा

१ घण्टा अघि   सेतोपाटी

महाशिवरात्रिको अवसर पारेर शुक्रबारदेखि तीन नेपाली फिल्म एकसाथ प्रदर्शनमा आएका छन्।  सुदीप भूपाल सिंह निर्देशित 'श्री बुकुरोः द होम कलिङ', सन्तोष कुमार आत्रेय निर्देशित 'शिवांशः च्याप्टर १' र रमेश कोइराला निर्देशित 'बिगुल' देशभरका सिनेमा हलमा रिलिज भएका हुन्।  सामाजिक विद्रोह, पारिवारिक संवेदना...

बंगलादेशको चुनावमा ६ सिट मात्रै जितेपछि एनसिपीले भन्यो- मतगणनामा गडबडी भयो

१ घण्टा अघि   सेतोपाटी

बंगलादेशको नेसनल सिटिजन्स पार्टी (एनसिपी)ले मतगणनामा गडबडी भएको आरोप लगाएको छ।  एनसिपी बंगलादेशमा विद्यार्थीहरूको आन्दोलनबाट तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई अपदस्त गरेपछि स्थापना भएको पार्टी हो। आन्दोलनको नेतृत्व गरेको भए पनि निर्वाचनमा भने खराब प्रदर्शन गरेको छ। एनसिपीले ६ सिटमा मात्रै...

टी-२० विश्वकप : यस्तो छ नेपाल रहेको समूहको सुपर-८ समिकरण

१ घण्टा अघि   सेतोपाटी

आइसिसी टी-२० विश्वकप २०२६ मा नेपालले समूह चरणमा अब दुईवटा खेल खेल्न बाँकी छ, जुन दुबै मुम्बईको वानखेडे स्टेडियममा हुनेछन्।  नेपालले वेस्ट इन्डिजसँग फागुन ३ गते विहान ११ बजे तेस्रो खेल खेल्नेछ। अन्तिम खेल फागुन ५ मा स्टकल्यान्डसँग वेलुका सवा...

फागुन १३ गतेदेखि आइपिओ बिक्री गर्दै कालिन्चोक हाइड्रोपावर

१ घण्टा अघि   सेतोपाटी

कालिन्चोक हाइड्रोपावर लिमिटेडले फागुन १३ गतेदेखि आइपिओ निष्कासन गर्ने भएको छ।  कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गर्न लागेको हो। कम्पनीले जारी पुँजी ५५ करोड रूपैयाँको २५ प्रतिशत अर्थात १३...

एसिया कप राइजिङ स्टारमा नेपाल पहिलो खेलमा पराजित

१ घण्टा अघि   सेतोपाटी

महिला एसिया कप राइजिङ स्टार प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको छ। थाइल्यान्डमा भएको आफ्नो पहिलो खेलमा नेपालले पाकिस्तान ए टोलीसँग ३० रनको पराजय भोगेको हो।  पहिले ब्याटिङ गरेको पाकिस्तान ए महिलाले ६ विकेटको क्षतिमा १३७ बनायो। जवाफी ब्याटिङ...

७० प्रतिशत उद्यमी व्यवसायीहरू पर्खिरहेका छन् लगानीको अवसर

२ घण्टा अघि   सेतोपाटी

भदौ २३ र २४ को आन्दोलनपछि निजी क्षेत्रको मनोबल इतिहासकै कमजोर मनोबलका साथ काम गरिरहेको अर्को अध्ययनले पनि देखाएको छ।  क्लिकमान्डु डटकमले देशका १२१ जना ठूला लगानीकर्ता र निजी क्षेत्रका प्रतिनिधिहरूमाझ गरेको अध्ययन प्रतिवेदनले यस्तो निष्कर्ष निकालेको हो। अध्ययनमा सहभागीमध्ये ३७ प्रतिशत...

एकैदिन तोलामा तीन हजार रूपैयाँ घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?

२ घण्टा अघि   सेतोपाटी

नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य घटेको छ।  बिहीबार प्रतितोला एक सय रूपैयाँ घटेको सुनको भाउ यसदिन तोलामा तीन हजार रूपैयाँ घटेको हो।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख तीन हजार पाँच सय रूपैयाँ पुगेको छ। ...

त्रिभुवन विमानस्थल आसपासका क्षेत्रमा कडाइ (तस्बिरहरू)

२ घण्टा अघि   सेतोपाटी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासका क्षेत्रमा कडाइ गरिएको छ। काठमाडौं प्रशासनले बिहीबारदेखि लागु हुनेगरी एक महिनासम्मका लागि विमानस्थल आसपासका क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), दुर्गा प्रसाईं लगायत राजावादी पार्टी र अभियानहरूले शुक्रबार झापाबाट फर्कन लागेका पूर्वराजा ज्ञानेन्द्र...

माघ मसान्तसम्म ६ खर्ब ६५ अर्ब राजस्व संकलन, आयकर र गैर करमा गिरावट

३ घण्टा अघि   सेतोपाटी

सरकारले चालू आर्थिक वर्ष २०८२/८३ को ७ महिना अर्थात साउनदेखि माघ महिनासम्म ६ खर्ब ६५ अर्ब २ करोड ४९ लाख रूपैयाँ राजस्व संकलन गरेको छ। अर्थ मन्त्रालय, राजस्व व्यवस्थापन सूचना प्रणालीको तथ्यांकअनुसार यो संकलन गत वर्षको सोही अवधिको तुलनामा ३.४५...

१७ वर्षपछि बंगलादेश फर्किएर सिधै सत्तामा पुगेका तारिक

३ घण्टा अघि   सेतोपाटी

बंगलादेशमा विद्यार्थी आन्दोलनले सरकार ढालेको १८ महिनापछि निर्वाचन भएको छ। सन् २०२४ को जुलाईमा विद्यार्थीहरूको आन्दोलनले तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई सत्ताच्यूत मात्रै गरेन, देशै छाडेर भाग्नुपर्ने स्थिति बन्यो। बंगलादेशमा निर्वाचनको अन्तिम नतिजा आउनै लाग्दा हसिना भने भारतमा निर्वासित जीवन बिताइरहेकी...

कार्यसम्पादनमा टप गरेका चार स्थानीय तह

४ घण्टा अघि   सेतोपाटी

गत आर्थिक वर्षको क्रियाकलापका आधारमा ४ वटा स्थानीय तहले विशिष्ट (८० प्रतिशत माथि) नतिजा प्राप्त गरेका छन्। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन अनुसार देशभरका ७५३ स्थानीय तहमध्ये कार्यसम्पादनमा ४ वटा स्थानीय तहले ८० प्रतिशत माथिको नतिजा निकालेका हुन्।...

निषेधाज्ञाका बाबजुद पूर्वराजालाई स्वागत गर्न राजावादीहरू एयरपोर्ट जाने

४ घण्टा अघि   सेतोपाटी

पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न राजावादीहरू शुक्रबार त्रिभुवन विमानस्थल जाने भएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता लगायत राजावादी अभियानमा संलग्न विभिन्न व्यक्तिहरु शुक्रबार मध्याह्न विमानस्थल पुग्ने भएका हुन्। काठमाडौं प्रशासनले त्रिभुवन विमानस्थल आसपासका क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। त्यसका...

संघीयता सुदृढीकरणका लागि दलका घोषणापत्रमा के के समेटिनुपर्छ?

५ घण्टा अघि   सेतोपाटी

२१ फागुनमा हुने प्रतिनिधिसभा चुनावका लागि राजनीतिक दलहरूले आफ्ना घोषणा–पत्र सार्वजनिक गर्न बाँकी नै छ। तर उनीहरूले आफ्ना भाषण र मतदातासँगको अन्तर्क्रियामा सुशासनलाई आफ्नो प्रमुख मुद्दाका रूपमा अगाडि सारेका छन्। वास्तवमा सुशासन नै मुलुकको शासकीय क्षेत्रमा व्याप्त धेरै समस्याहरूको समाधान...

बंगलादेशमा विद्यार्थी आन्दोलनबाट स्थापित पार्टीको खराब प्रदर्शन, जित्यो ६ सिट मात्रै

५ घण्टा अघि   सेतोपाटी

बंगलादेशमा विद्यार्थी आन्दोलनबाट जन्मिएको पार्टी नेसनल सिटिजन्स पार्टी (एनसिपी) ले ६ सिट मात्रै जित्ने निश्चित भएको छ। बंगलादेशको अनलाइन द डेली स्टारले मतगणना भइरहेको ६ सिटमा मात्रै एनसिपीले जित्ने निश्चित भएको जनाएको छ। एनसिपी नेता नाहिद इस्लामले ढाका-११ मा अग्रता...

विश्व रेडियो दिवस आज मनाइँदै

६ घण्टा अघि   सेतोपाटी

आज विश्व रेडियो दिवस मनाइदैछ। रेडियो, सञ्चार विज्ञ तथा प्रसारकहरूको सहभागितामा विश्वका विभिन्न देशमा आज विविध कार्यक्रमका साथ यो दिवस मनाइँदै छ।  संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन( युनेस्को) को अगुवाइमा सन् २०१२ देखि यो दिवस मनाउन प्रारम्भ भएको...

बंगलादेशमा बिएनपीको बहुमत निश्चित, तारिक रहमान प्रधानमन्त्री बन्ने पक्का

६ घण्टा अघि   सेतोपाटी

बंगलादेशमा बंगलादेश नेश्नलिस्ट पार्टी (बिएनपी)ले बहुमत ल्याउने निश्चित भएको छ। कुल ३०० निर्वाचन क्षेत्रमध्ये २९९ सिटका लागि बिहीबार भएको मतदानबाट बिएनपीले बहुमत ल्याउने निश्चित भएको बंगलादेशका सञ्चारमाध्यमहरूले जनाएका छन्। ढाका ट्रिब्युनका अनुसार बिएनपी र उसँग गठबन्धन गरेका दलका उम्मेदवारहरूले १५०...