ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

एसियन कप छनोटमा नेपालको अर्को हार, अंक तालिकाको पुछारमा

१७ मिनेट अघि   सेतोपाटी

नेपालले एएफसी एसियन कप छनोटमा निराशाजनक प्रदर्शन गरेको छ। अन्तिम खेलमा मंगलबार नेपालले लाओससँग १-० गोलको हार ब्यहोरेको छ।  यससँगै ‘एफ’ मा नेपाल पुछारमा रहेर तेस्रो चरणको खेल सकेको छ।  लाओसले घरेलु मैदानमा दोस्रो हाफको सुरुवातमा अग्रता लिएको थियो। उक्त...

'दलितको हितमा काम गर्छु, तर दलित कोटाको चिया पनि खाएको छैन'

४७ मिनेट अघि   सेतोपाटी

खगेन्द्र सुनार यसपटक प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित एक मात्र दलित समुदायका सांसद हुन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट बाँके–३ मा चुनाव लडेका थिए। दलित समुदायमाथि हुने विभेदविरूद्ध खगेन्द्र प्रायः मुखर सुनिने गरेका छन्। 'विभेदका कारण मारिएकाहरूको पक्षमा आवाज उठाउँदा कहिलेकाहीँ...

कालीगण्डकीको छालले भिजायो मन, पखालियो डर

५४ मिनेट अघि   सेतोपाटी

पोखराकी उद्यमी किरण गौतमका लागि पानी कहिल्यै सामान्य थिएन। २३ वर्षअघि हजुरबुबा बितेपछि कपडा धुन उनी फेवाताल गइन्। लेउ लागेको ढुङ्गाबाट चिप्लिएर अचानक उनी डुब्न पुगिन्। उनले हात हल्लाइन्। पानी खाइन्। अत्तालिएर तालमा हेलिइन्। उनको श्वास अड्कियो। काकीले उनको हात...

मालिगाउँ प्रहरी वृत्तका सई घुससहित पक्राउ

५९ मिनेट अघि   सेतोपाटी

प्रहरी वृत्त मालिगाउँका प्रहरी नायब निरीक्षक (सई) दिनेश राउत २० हजार रूपैयाँ घुससहित पक्राउ परेका छन्।  अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले उनलाई २० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।  उनले बैंकिङ कसुरको मुद्दामा रकम...

प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतको बिदाई

१ घण्टा अघि   सेतोपाटी

प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतको बिदाई भएको छ। कायममुकायम सपना प्रधान मल्लले राउतको बिदाई गरेकी हुन्। २०८१ असोज २० गते प्रधान न्यायाधीशमा नियुक्त भएका राउत ६५ वर्षको उमेर पूरा भएसँगै अवकाशमा गएका हुन्।     संविधानको धारा १३१ (ख) अनुसार प्रधानन्यायाधीश...

देउवा पक्षको भेलामा कोशीका मन्त्रीहरु सहभागी

१ घण्टा अघि   सेतोपाटी

पार्टीभित्र समानान्तर गतिविधि नगर्न संस्थापन पक्षले गरेको आग्रह विपरित कोशी प्रदेश सरकारमा रहेका कांग्रेसका दुई जना मन्त्रीहरू शेरबहादुर देउवा पक्षको भेलामा सहभागी भएका छन्।  देउवा नेतृत्वमा रहेको विघटित केन्द्रीय समितिको बैठक भनेर नेता पूर्णबहादुर खड्काले बोलाएको भेलामा कोशीका मन्त्रीहरू प्रदीप सुनुवार र...

लुम्बिनी प्रदेश सभा सांसद शर्माका श्रीमानले सर्वोच्चमा पेस गरे बन्दी प्रत्यक्षीकरणको रिट

१ घण्टा अघि   सेतोपाटी

लुम्बिनी प्रदेश सभा सांसद रेखाकुमारी शर्माका श्रीमान चिन्तामणि शर्माले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट पेस गरेका छन्।   सर्वोच्चमा मंगलबार शर्माले बन्दी प्रत्यक्षीकरणको रिट पेस गरेका हुन्। ‘रेखाकुमारी शर्माको हकमा निजका श्रीमान चिन्तामणि शर्माले बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गरेको जानकारी गराउँदछु,’ सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद...

दुई सरकारी कर्मचारीको जिप दुर्घटनामा मृत्यु, तीन जना घाइते

१ घण्टा अघि   सेतोपाटी

दार्चुलामा जिप दुर्घटनामा परी दुई जना सरकारी कर्मचारीको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक देबेन्द्र बुढाथोकीका अनुसार मालिकार्जुन गाउँपालिका-७ की ३५ वर्षीया मनिषा पाल र शैल्यशिखर नगरपालिका-१ का ४५ वर्षीय...

छुटे पूर्वसिडिओ छवि रिजाल

१ घण्टा अघि   सेतोपाटी

काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल छुटेका छन्।  उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंले जिम्मा जमानीमा छाडेको एसपी पवनकुमार भट्टराईले जानकारी दिए।  ‘उहाँसँग बुझ्नुपर्ने कागजातहरू सबै बुझ्यौं। बुझेपछि खोजेका बखतमा उपस्थित हुने गरी जिम्मा जमानीमा छाडेका छौं,’ उनले भने।  रिजाललाई उनका...

यातायात विभाग भन्छ– लाइसेन्स तयार हुनासाथ इमेलमा पठाउन सकिन्छ

२ घण्टा अघि   सेतोपाटी

यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले सय दिनभित्र नागरिकको घर-घरमा लाइसेन्स डेलिभरी गर्ने भनेर आन्तरिक छलफल र तयारी सुरू गरेको बताएका छन्। प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारले जारी गरेको शासकीय सुधारका १०० कार्यसूचीमा '१०० दिनभित्र लाइसेन्स घर–घरमै पुर्‍याउने' भनिएको...

पूर्वमन्त्री खड्काकी पत्नि बिनिताले सर्वोच्चमा पेस गरिन् बन्दी प्रत्यक्षीकरणको रिट

२ घण्टा अघि   सेतोपाटी

पूर्वमन्त्री तथा नेपाली कांग्रेस नेता दीपक खड्काकी श्रीमती बिनिता खड्काले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट पेस गरेकी छन्।   सर्वोच्चमा मंगलबार खड्काले बन्दी प्रत्यक्षीकरणको रिट पेस गरेकी हुन्। ‘दिपक खड्काको हकमा निजकी श्रीमती बिनिता खड्काले बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गरेको जानकारी गराउँदछु,’...

कानुन संशोधन नगरी बैंकमा रहेको नागरिकको 'निष्क्रिय' पैसा सरकारले लैजान नपाउने

२ घण्टा अघि   सेतोपाटी

सरकारले १० वर्ष वा त्योभन्दा बढी समयदेखि बैंक तथा वित्तीय संस्थामा निष्क्रिय रहेका खाताको रकम राज्यकोषमा ल्याउने भएको छ। मन्त्रिपरिषदको शुक्रबारको बैठकले जारी गरेको शासकीय सुधारका १०० कार्यसूचीमा यस्तो व्यवस्था गरिएको हो। उक्त कार्यसूचीले ९० दिनभित्र यो काम गरिसक्ने उल्लेख...

शाहरूखपछि अब सलमानसँग सहकार्य गर्दै नयनतारा

२ घण्टा अघि   सेतोपाटी

बलिउड अभिनेता सलमान खान र दक्षिण भारतीय अभिनेत्री नयनतारा पहिलो पटक एउटै फिल्ममा देखिने भएका छन्। यी दुई कलाकारले निर्देशक वंशी पैदिपल्लीको आगाी उच्च बजेटको एक्सन–ड्रामामा सहकार्य गर्न लागेका हुन्।  शीर्षक तय भइनसकेको यो फिल्म दिल राजुद्वारा निर्मित हुनेछ। बलिउड...

यातायात कार्यालयबाट सात जना बिचौलिया पक्राउ

२ घण्टा अघि   सेतोपाटी

काठमाडौं महानगरपालिका–१५ सानो भर्‍याङस्थित यातायात व्यवस्था कार्यालयबाट सात जना बिचौलिया पक्राउ परेका छन्।  उक्त कार्यालयबाट सेवाग्राहीको सवारी दर्ता किताब (ब्लुबुक) नवीकरण गरिदिन्छु भनी सार्वजनिक सेवा प्रवाहमा अवरोध गरेको आरोपमा प्रहरी वृत्त स्वयम्भूबाट परिचालन भएको प्रहरी टोलीले आज अपराह्न उनीहरूलाई नियन्त्रणमा लिएको...

बनाउन कि खान गाह्रो हो यो घर?

२ घण्टा अघि   सेतोपाटी

घर त्यसैलाई मानिन्छ जहाँ मन बस्छ। तर त्यही मन बसाउनको लागि बनाउनुपर्ने र खानुपर्ने घर उच्चारणको लागि मात्र दुई अक्षरको हुनाले सजिलो भए पनि केहीलाई धेरै वटा भएकोले व्यवस्थापन गर्न, कसैलाई बासको लागि जोड्न र धेरैलाई भने खान निकै गाह्रो...

व्यवसायी दिपक भट्टको पासपोर्ट रोक्का, सम्पत्ति शुद्धीकरणले पठायो एक लाइनको पत्र

३ घण्टा अघि   सेतोपाटी

सम्पत्ति शुद्धीकरण अनुसन्धान क्रममा व्यवसायी दीपक भट्टको पासपोर्ट रोक्का गरिएको छ। सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान गर्दै आएको भन्दै तत्काललाई उनको पासपोर्ट रोक्का गरिएको अध्यागमन विभाग स्रोतले जानकारी दियो। स्रोतका अनुसार सम्पत्ति शुद्धीकरण विभागले चैत १५ को मिति राखेर अध्यागमन विभागलाई पठाएको पत्र...

सडक तातेको बेला!

३ घण्टा अघि   सेतोपाटी

सडक तातेको बेला खुट्टाहरूले जुत्ता खोज्छन् त्यही जुत्ताको आँधीबेरीमा खुट्टाहरू सदन पुग्छन् जुत्ताबाट खुट्टा उछिट्टाउनेहरू प्रतिशोध भन्दै सडक चिच्याइरहेछन्। प्रतिशोधको नारा लगाउनेहरू ती आमाका कोखलाई सम्झ आमाहरूले प्रतिशोध साधे भने? तिम्रा बाको हालत के होला सोच? सत्ताबाट सडक कसरी पुग्यौँ?...

कांग्रेसले सातै प्रदेशमा चुनावी समीक्षा गर्ने, यी नेताहरूले पाए जिम्मेवारी

३ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसले सातै प्रदेशमा चुनावी समीक्षा गर्ने भएको छ। केन्द्रीय कार्यसमितिको चैत्र १० र ११ गते सम्पन्न बैठकको निर्णयानुसार निर्वाचन समीक्षा र कांग्रेसको अबको बाटो सन्दर्भमा ७ वटै प्रदेशमा समीक्षा बैठक हुन लागेको महामन्त्री प्रदीप पौडेलको भनाइ छ। कांग्रेसको तर्फबाट...

यात्रा दोस्रो रारा धाप ड्यामको!

३ घण्टा अघि   सेतोपाटी

म लामो समयदेखि सहरको चमकमा अड्किएको मान्छे। बिहानदेखि बेलुका सम्मको हर्न, हतार र भिडभाडको संसारमा म आफ्नो शान्ति खोज्न बिर्सेको थिएँ। तर आज धाप ड्यामको यात्राले मलाई शान्ति सहरको भागदौडमा पाइँदैन, शान्ति प्रकृतिमा पाइन्छ भन्ने कुराको महसुस गरायो। काठमाडौँ हरेक...

'लालीबजार' पोस्टरमा डेब्यु अभिनेता विशाल, स्वस्तिमासँग जोडी

३ घण्टा अघि   सेतोपाटी

आगामी बैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म 'लालीबजार' को नयाँ पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरमा अभिनेत्री स्वस्तिमा खड्का र डेब्यु अभिनेता विशाल देवकोटा जोडीका रूपमा देखिएका छन्। निर्माण कम्पनी षट्कोण आट्र्सका अनुसार विशाल 'लालीबजार' मा अडिसनमार्फत छनोट भएका हुन्। रंगमञ्चमा अभिनेतासँगै...

१ करोड ६५ लाख रकम हिनामिना गरेको आरोपमा बैंकका कर्मचारी पक्राउ

३ घण्टा अघि   सेतोपाटी

बचतकर्ताको एक करोड ६५ लाख रकम हिनामिना गरेको आरोपमा कपिलवस्तुमा बैंकका एक जना कर्मचारी पक्राउ परेका छन्।  कपिलवस्तुको तौलिहास्थित नेपाल इन्भेष्टमेन्ट मेघा बैंक (एनआइएमबी) का कर्मचारी म्यासेन्जर  २८ वर्षीय ऋषम कार्की पक्राउ परेका हुन्।  कपिलवस्तु नगरपालिका–३ अदालतटोलका बैंकका कर्मचारी कार्कीलाई इलाका प्रहरी...

कक्षा ५ सम्म जाँचै नदिई पास, यो नियम लागू गर्न के छ तयारी?

४ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारले ल्याएको शासकीय सुधार कार्यसूची अनुसार अब कक्षा ५ सम्मका विद्यार्थीले आन्तरिक परीक्षा दिन नपर्ने भएको छ। कार्यसूचीको ८९औं नम्बरमा 'कक्षा ५ सम्मका विद्यार्थीलाई आन्तरिक परीक्षा लिने कार्य आगामी शैक्षिक सत्रदेखि बन्द गर्ने र उनीहरूलाई...

तिमी भन म के गरिदिऊँ?

४ घण्टा अघि   सेतोपाटी

म आम नागरिक, तिम्रो ढोका अगाडि उभिएको छु सदा हातमा कुनै मागपत्र छैन हृदयमा एउटा प्रश्न छ सरकार! तिमी भन, म के गरिदिऊँ?  तिमी अभिभावक हौ म तिम्रो जिम्मेवारीभित्रको सन्तान तर सन्तान मात्र होइन, सहयात्री पनि हुँ देश बनाउने यात्राको...

यी हुन् निद्रा नलाग्ने ४ कारण

४ घण्टा अघि   सेतोपाटी

विशेषतः मनमा धेरै कुरा खेलिरहँदा, घर–व्यवहारका कुराले हामीलाई निद्रा लाग्दैन। तनाव र एन्जाइटीका कारण पनि निद्रा नलाग्ने हुन्छ। निद्रा डिस्टर्ब गर्ने पहिलो र महत्त्वपूर्ण कारण यही हो। दोस्रो कारण, हाम्रो जीवनशैली हो। हामी कति बजे सुत्छौं र कति बजे उठ्छौं भन्ने कुराले अर्थ राख्छ। सकेसम्म...