कानुन संशोधन नगरी बैंकमा रहेको नागरिकको 'निष्क्रिय' पैसा सरकारले लैजान नपाउने
सरकारले १० वर्ष वा त्योभन्दा बढी समयदेखि बैंक तथा वित्तीय संस्थामा निष्क्रिय रहेका खाताको रकम राज्यकोषमा ल्याउने भएको छ। मन्त्रिपरिषदको शुक्रबारको बैठकले जारी गरेको शासकीय सुधारका १०० कार्यसूचीमा यस्तो व्यवस्था गरिएको हो। उक्त कार्यसूचीले ९० दिनभित्र यो काम गरिसक्ने उल्लेख...
