एमाले सांसद राईले प्रधानमन्त्रीसँग भने- केपी ओली रिहा हुनुपर्यो
नेकपा एमालेका सांसद राजेन्द्रकुमार राईले पूर्वप्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई रिहा गर्नुपर्ने माग गरेका छन्। आज सिंहदरबारमा प्रधानमन्त्री बालेन शाहसँग कोशीका सांसदहरूको छलफलका क्रममा बोल्दै राईले ओलीलाई रिहा गर्नुपर्ने बताएका हुन्। ‘पूर्वप्रधानमन्त्री तथा हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले...
