ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

प्रधानन्यायाधीशको योग्यता पुगेका ६ जनाको नाम संवैधानिक परिषदमा सिफारिस

२१ मिनेट अघि   सेतोपाटी

न्याय परिषदले प्रधानन्यायाधीशको योग्यता पुगेका ६ जना न्यायाधीशहरूको नाम संवैधानिक परिषदमा सिफारिस गरेको छ। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत ६५ वर्षे उमेर हदका कारण आगामी चैत १८ गतेदेखि अवकाशमा जाँदैछन्। उनी अवकाशमा जान लागेकाले परिषदले नियुक्तिका लागि ६ जना न्यायाधीशहरूको नाम संवैधानिक परिषदमा...

'बालेन सरकारले जनताको विश्वास टुट्न दिनुहुँदैन'

१ घण्टा अघि   सेतोपाटी

नयाँ सरकारबारे के भन्छन् सहिद परिवार? जेनजी आन्दोलनको बलमा भएको प्रतिनिधिसभा निर्वाचनले बालेन शाहको नेतृत्वमा सरकार बनाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई स्पष्ट 'म्यान्डेट' दिएको छ। यो सरकारबाट सारा देशले परिवर्तनको अपेक्षा गरेको छ। सबभन्दा बढी अपेक्षा ती परिवारको छ,...

सुनसरी १ का उमेदवार रक्ष कुमार राईको चुनावी खर्च ४० हजार!

१ घण्टा अघि   सेतोपाटी

मितेरी पार्टी नेपाल सुनसरी १ का प्रतिनिधि सभा सदस्य उमेदवार रक्ष कुमार राईले आफ्नो चुनावमा ४० हजार ७४० रूपैयाँ खर्च भएको विवरण सार्वजनिक गरेका छन्।  राईले बुधबार आफ्नो चुनावी अभियानमा ४० हजार ७४० रूपैयाँ खाजा खर्च भएको सार्वजनिक गरेका हुन्। उनले १० प्लेट चाउमिनको २३५०,...

दाङ क्लिनस्वीप गरेको रास्वपालाई समानुपातिकमा झनै बढी मत

१ घण्टा अघि   सेतोपाटी

प्रत्यक्षतर्फ दाङका तीन वटै निर्वाचन क्षेत्र क्लिनस्वीप गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ पनि चमत्कारिक मत पाएको छ। फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक मत गणनाको नतिजा अनुसार रास्वपाले नेपाली कांग्रेसभन्दा तीन गुणा बढी मत प्राप्त गरेको छ। जिल्लामा समानुपातिकतर्फ दुई...

बाँकेमा ५६ मध्ये ४७ जना उम्मेदवारको जमानत जफत

१ घण्टा अघि   सेतोपाटी

बाँकेमा ४७ जना उम्मेदवारको जमानत जफत भएको छ। जिल्लाका तीन निर्वाचन क्षेत्रमा कुल ५६ जना प्रत्यक्ष तर्फका उम्मेदवारमध्ये ४७ जनाको जमानत जफत भएको हो। फागुन २१ भएको निर्वाचनमा खसेको कुल सदर मतको १० प्रतिशत मत प्राप्त नगरेका ४७ उम्मेदवारको जमानत...

काठमाडौंमा पेस्तोल र गोली बरामद

२ घण्टा अघि   सेतोपाटी

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ जम्बुडाँडा क्षेत्रमा पेस्तोल र गोली बरामद भएको छ। मंगलबार दिउँसो अन्दाजी २:५० बजे सो क्षेत्रमा हतियार रहेको भन्ने सूचना प्राप्त भएपछि प्रहरी वृत्त बौद्ध र प्रहरी प्रभाग काँडाघारीबाट खटिएको संयुक्त प्रहरी टोलीले खोजतलास गरेको थियो। खोजीका क्रममा...

रास्वपाबाट मोरङ-१ मा निर्वाचित अधिवक्ता न्यौपानेले दिए मञ्चको अध्यक्षबाट राजीनामा

२ घण्टा अघि   सेतोपाटी

मोरङ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित भएका यज्ञमणि न्यौपानेले स्वतन्त्र कानुन व्यवसायी मञ्चको अध्यक्ष पदबाट राजीनामा दिएका छन्।  उनले सोमबार सञ्चालक समितिसमक्ष राजीनामा पेस गरेका हुन्।  उनले अब आफू साधारण सदस्यको हैसियतमा रहेर काम गर्न...

अत्यावश्यक औषधिमा नेपाललाई आत्मनिर्भर बनाउनुपर्नेमा जोड

२ घण्टा अघि   सेतोपाटी

नेपाललाई अत्यावश्यक ओैषधिमा आत्मनिर्भर बनाउन सबैले जोड दिएर लाग्नुपर्नेमा सरोकारवालाले बताएका छन्। स्वास्थ्य पत्रकार मञ्च नेपालले आज यहाँ आयोजना गरेको ‘नेपाल फर्मा एक्स्पो र ओैषधिमा आत्मनिर्भरता विषयमा नीतिगत सवाल’ सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा ललितपुर क्षेत्र नं. ३ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा. तोसिमा...

कम बजेटको 'द केरला स्टोरी २' ले ११ दिनसम्म कति कमायो?

२ घण्टा अघि   सेतोपाटी

भारतीय फिल्म 'द केरला स्टोरी २' को व्यापार कमजोर देखिएको छ। यो फिल्मले प्रदर्शनको ११ दिनमा भारतमा ४०.७८ करोड भारू ग्रस (३४.८५ करोड भारू नेट) कमाइ गरेको हो।  स्याकनिल्कका अनुसार ११ औं दिनमा फिल्मले १.९५ करोड कमाइ गरेको थियो। 'द...

मोदीलाई के भने बालेनले?

२ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई शुभकामनाको लागि धन्यवाद भनेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले मोदीलाई धन्यवाद दिएका हुन्। ‘नेपाल–भारतबीच विद्यमान ऐतिहासिक, घनिष्ठ तथा बहुआयामिक सम्बन्धलाई आगामी दिनहरूमा अझ सुदृढ, प्रगाढ र परिणाममुखी बनाउन हामी सँगै...

नेपाल वायुसेवा निगमको दुबई उडान बुधबारदेखि सञ्चालन हुने

२ घण्टा अघि   सेतोपाटी

नेपाल वायुसेवा निगमले दुबईतर्फको उडान पुनः सञ्चालन गर्ने भएको छ। अमेरिका–इसराइल र इरानबीच द्वन्द्व भएपछि यहाँबाट हुने उडान रद्द भएका थिए।  मंगलबार एक सूचना जारी गर्दै निगमले यात्रुको सहजताका लागि दुबई उडान सञ्चालन गर्न लागिएको जानकारी दिएको छ। निगमका अनुसार...

निर्माण व्यवसायको अनुभव बटुलेका रामाकान्त अब संसदमा

३ घण्टा अघि   सेतोपाटी

पर्सा क्षेत्र नं ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका ५७ वर्षीय रामाकान्त चौरसिया प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। अनुभवी राजनीतिज्ञ नेपाली कांग्रेसका ६८ वर्षीय सुरेन्द्र प्रसाद चौधरीलाई पराजित गर्दै उनले सांसद पद हासिल गरेका हुन्। पहिलो पटक संसदीय निर्वाचनमा होमिएका रामाकान्तले...

शासकका बाटामा काँडा बिछ्याउने कि फूल?

३ घण्टा अघि   सेतोपाटी

यस पटक निर्वाचन परिणामबारे हतारिएर लेख लेख्ने मेरो चाहना थिएन। यसको एउटा कारण के भने, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र बालेन्द्र शाह (बालेन) लोकप्रियताबारे र यस पटकको निर्वाचनले नेपालको राजनीति र समाजलाई पार्ने सम्भावित प्रभावबारे आफ्ना विचार विगतमा विभिन्न लेखहरूमार्फत् प्रस्तुत...

मध्यपूर्वका केही गन्तव्यमा उडान पुनः सुरू, कतार सहितका अन्य उडान अझै अनिश्चित

३ घण्टा अघि   सेतोपाटी

मध्यपूर्वी क्षेत्रमा सुरक्षा अवस्था केही सहज बन्दै गएसँगै त्यहाँ उडान गर्ने केही अन्तर्राष्ट्रिय विमान कम्पनीले नेपालबाट पुनः उडान सुरू गरेका छन्। हालसम्म युएईमा पाँचवटा उडान भइसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए।  उनका अनुसार फ्लाई दुबइले मार्च...

इरानी ड्रोन आक्रमणबाट जोगाउन अमेरिकालाई युक्रेनको सहयोग

४ घण्टा अघि   सेतोपाटी

इरानले मध्यपूर्वका अमेरिकी सैन्य अखडाहरूमाथि गरिरहेको ड्रोन आक्रमणबाट जोगाउन युक्रेनले सहयोग गरेको छ। जोर्डनस्थित अमेरिकी सैन्य शिविरको सुरक्षाका लागि युक्रेनले आक्रमण रोक्ने 'इन्टरसेप्टर' ड्रोन र विशेषज्ञहरूको टोली पठाएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन्। अमेरिकाले बिहीबार सहयोगका लागि अनुरोध गरेको...

रास्वपाको समानुपातिक सूचीबाट कम्तिमा ४८ जना महिला बन्ने छन् सांसद

४ घण्टा अघि   सेतोपाटी

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ। प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्रकै अन्तिम परिणाम घोषणा भइसकेको छ भने समानुपातिकतर्फ ११० सिटका लागि मतगणना अन्तिम चरणमा पुगेको छ। पछिल्लो मत परिणाम अनुसार प्रतिनिधिसभामा प्रत्यक्षतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)...

कहाँ पुग्यो करदातालाई नभेटी, नचिनी कर परीक्षण गर्ने तयारी?

४ घण्टा अघि   सेतोपाटी

सरकारले कर प्रशासनमा सुधार ल्याउन भन्दै विभिन्न समयमा विकल्पहरू खोज्दै आएको छ। चालु वर्षमा अर्थमन्त्री रामेश्वर खनालले मन्त्रालय सम्हालेको केही समयमै ठूला करदातालाई अनिवार्य रूपमा पूर्ण लेखापरीक्षण (फुल अडिट) गरिने व्यवस्थाको विकल्पमा जोखिममा आधारित अडिट गर्ने व्यवस्था मिलाउन भने। त्यसलगत्तै आन्तरिक...

विष्णु पौडेलको चुनावी खर्च २८ लाख

४ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले फागुन २१ गते भएको निर्वाचनमा २८ लाख रुपैयाँ खर्च भएको विवरण निर्वाचन आयोगलाई बुझाएका छन्। रूपन्देही क्षेत्र नं. २ बाट उम्मेदवार बनेका पौडेलले मंगलबार निर्वाचन आयोगमा चुनावमा भएको खर्च विवरण बुझाएका हुन्। पौडेलले बुझाएको खर्च...

गायक हेमन्त शर्माकी पत्नी रीतुको क्यान्सरको सफल उपचार

४ घण्टा अघि   सेतोपाटी

गायक हेमन्त शर्माले आफ्नी श्रीमती रीतुको स्तन क्यान्सरको उपचार सफल भएको जानकारी दिएका छन्। भदौ तेस्रो साता पत्ता लागेको क्यान्सरको उपचारको मुख्य चरण नेपाल क्यान्सर हस्पिटल ललितपुरमा सफलतापूर्वक पूरा भएको हेमन्तले जानकारी दिएका हुन्। उपचारको मुख्य चरणमा आठवटा कीमोथेरापी सत्र, डबल...

तिमी हारेका होइनौ!

५ घण्टा अघि   सेतोपाटी

हे नन्दी महाराज, तिमी हारेका पनि होइनौ बढारिएका पनि छैनौ कालो लामो अन्तरालमा आँधीबेहरी आयो तिमीलाई उडायो सुक्खा वन-पाखामा डढेलो लाग्यो तिमीलाई डढायो   नन्दी महाराज अब, वर्षा ऋतु आउन देऊ डढेलो निभाउन देऊ त्यो आँधीबेहरीलाई उल्टो बाटो फर्कन देऊ...

भोलि भारत जाँदै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई

५ घण्टा अघि   सेतोपाटी

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई भोलि भारत जाने भएका छन्। भारतको नयाँ दिल्लीमा हुने एक कार्यक्रममा भाग लिन भट्टराई बुधबार भारत जान लागेका हुन्। ‘पूर्वप्रधानमन्त्री भट्टराई भारतको नयाँदिल्लीमा आयोजना हुने ‘NXT 2026’ ग्लोबल समिटमा सहभागी हुन भोलि भारत प्रस्थान गर्न लाग्नुभएको छ,’...

लोकप्रियता!

५ घण्टा अघि   सेतोपाटी

भीडले उचालेको नाम भीडले नै बिर्सेको इतिहास साक्षी छन्, जब बोलीमा सत्यता हराउँछ र व्यवहारमा चरित्र देखिँदैन त्यसै दिन तालीहरू गालीमा परिवर्तन हुन्छन्। जब शब्दहरू हृदयबाट होइन, अभिनयबाट निस्कन्छन्, हर व्यवहार आत्माभन्दा मुखौटामा बस्न थाल्छ— यहीबाट सुरु हुन्छ लोकप्रियताको पतन।...

कहिले बन्छ बालेन सरकार?

५ घण्टा अघि   सेतोपाटी

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतगणना लगभग सकिएको छ। प्रत्यक्षतर्फ १६५ सिटकै परिणाम घोषणा भइसकेको छ भने समानुपातिक मतगणना पनि अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ १२५ सिटमा जित हासिल गरेको छ।...

चैत ३० देखि ए डिभिजन लिग गर्ने सहमति भएसँगै एन्फामा लागेको ताला खुल्यो

५ घण्टा अघि   सेतोपाटी

नेपाल फुटबल खेलाडी संघले अखिल नेपाल फुटबल संघ (एन्फा) मा लगाएको तालाबन्दी खुलेको छ।  एन्फा र खेलाडी संघबीच आज एन्फाकै होस्टलमा भएको वार्तापछि तालाबन्दी खुलेको हो।  वार्तामा सहिद स्मारक ए डिभिजन लिग चैत ३० गतेदेखि गर्ने सहमति भएको छ। यस्तै आगामी...