ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

मोदीलाई के भने बालेनले?

४ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई शुभकामनाको लागि धन्यवाद भनेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले मोदीलाई धन्यवाद दिएका हुन्। ‘नेपाल–भारतबीच विद्यमान ऐतिहासिक, घनिष्ठ तथा बहुआयामिक सम्बन्धलाई आगामी दिनहरूमा अझ सुदृढ, प्रगाढ र परिणाममुखी बनाउन हामी सँगै...

नेपाल वायुसेवा निगमको दुबई उडान बुधबारदेखि सञ्चालन हुने

१५ मिनेट अघि   सेतोपाटी

नेपाल वायुसेवा निगमले दुबईतर्फको उडान पुनः सञ्चालन गर्ने भएको छ। अमेरिका–इसराइल र इरानबीच द्वन्द्व भएपछि यहाँबाट हुने उडान रद्द भएका थिए।  मंगलबार एक सूचना जारी गर्दै निगमले यात्रुको सहजताका लागि दुबई उडान सञ्चालन गर्न लागिएको जानकारी दिएको छ। निगमका अनुसार...

निर्माण व्यवसायको अनुभव बटुलेका रामाकान्त अब संसदमा

२३ मिनेट अघि   सेतोपाटी

पर्सा क्षेत्र नं ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका ५७ वर्षीय रामाकान्त चौरसिया प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। अनुभवी राजनीतिज्ञ नेपाली कांग्रेसका ६८ वर्षीय सुरेन्द्र प्रसाद चौधरीलाई पराजित गर्दै उनले सांसद पद हासिल गरेका हुन्। पहिलो पटक संसदीय निर्वाचनमा होमिएका रामाकान्तले...

शासकका बाटामा काँडा बिछ्याउने कि फूल?

३७ मिनेट अघि   सेतोपाटी

यस पटक निर्वाचन परिणामबारे हतारिएर लेख लेख्ने मेरो चाहना थिएन। यसको एउटा कारण के भने, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र बालेन्द्र शाह (बालेन) लोकप्रियताबारे र यस पटकको निर्वाचनले नेपालको राजनीति र समाजलाई पार्ने सम्भावित प्रभावबारे आफ्ना विचार विगतमा विभिन्न लेखहरूमार्फत् प्रस्तुत...

मध्यपूर्वका केही गन्तव्यमा उडान पुनः सुरू, कतार सहितका अन्य उडान अझै अनिश्चित

१ घण्टा अघि   सेतोपाटी

मध्यपूर्वी क्षेत्रमा सुरक्षा अवस्था केही सहज बन्दै गएसँगै त्यहाँ उडान गर्ने केही अन्तर्राष्ट्रिय विमान कम्पनीले नेपालबाट पुनः उडान सुरू गरेका छन्। हालसम्म युएईमा पाँचवटा उडान भइसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए।  उनका अनुसार फ्लाई दुबइले मार्च...

इरानी ड्रोन आक्रमणबाट जोगाउन अमेरिकालाई युक्रेनको सहयोग

१ घण्टा अघि   सेतोपाटी

इरानले मध्यपूर्वका अमेरिकी सैन्य अखडाहरूमाथि गरिरहेको ड्रोन आक्रमणबाट जोगाउन युक्रेनले सहयोग गरेको छ। जोर्डनस्थित अमेरिकी सैन्य शिविरको सुरक्षाका लागि युक्रेनले आक्रमण रोक्ने 'इन्टरसेप्टर' ड्रोन र विशेषज्ञहरूको टोली पठाएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन्। अमेरिकाले बिहीबार सहयोगका लागि अनुरोध गरेको...

रास्वपाको समानुपातिक सूचीबाट कम्तिमा ४८ जना महिला बन्ने छन् सांसद

१ घण्टा अघि   सेतोपाटी

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ। प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्रकै अन्तिम परिणाम घोषणा भइसकेको छ भने समानुपातिकतर्फ ११० सिटका लागि मतगणना अन्तिम चरणमा पुगेको छ। पछिल्लो मत परिणाम अनुसार प्रतिनिधिसभामा प्रत्यक्षतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)...

कहाँ पुग्यो करदातालाई नभेटी, नचिनी कर परीक्षण गर्ने तयारी?

१ घण्टा अघि   सेतोपाटी

सरकारले कर प्रशासनमा सुधार ल्याउन भन्दै विभिन्न समयमा विकल्पहरू खोज्दै आएको छ। चालु वर्षमा अर्थमन्त्री रामेश्वर खनालले मन्त्रालय सम्हालेको केही समयमै ठूला करदातालाई अनिवार्य रूपमा पूर्ण लेखापरीक्षण (फुल अडिट) गरिने व्यवस्थाको विकल्पमा जोखिममा आधारित अडिट गर्ने व्यवस्था मिलाउन भने। त्यसलगत्तै आन्तरिक...

विष्णु पौडेलको चुनावी खर्च २८ लाख

२ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले फागुन २१ गते भएको निर्वाचनमा २८ लाख रुपैयाँ खर्च भएको विवरण निर्वाचन आयोगलाई बुझाएका छन्। रूपन्देही क्षेत्र नं. २ बाट उम्मेदवार बनेका पौडेलले मंगलबार निर्वाचन आयोगमा चुनावमा भएको खर्च विवरण बुझाएका हुन्। पौडेलले बुझाएको खर्च...

गायक हेमन्त शर्माकी पत्नी रीतुको क्यान्सरको सफल उपचार

२ घण्टा अघि   सेतोपाटी

गायक हेमन्त शर्माले आफ्नी श्रीमती रीतुको स्तन क्यान्सरको उपचार सफल भएको जानकारी दिएका छन्। भदौ तेस्रो साता पत्ता लागेको क्यान्सरको उपचारको मुख्य चरण नेपाल क्यान्सर हस्पिटल ललितपुरमा सफलतापूर्वक पूरा भएको हेमन्तले जानकारी दिएका हुन्। उपचारको मुख्य चरणमा आठवटा कीमोथेरापी सत्र, डबल...

तिमी हारेका होइनौ!

२ घण्टा अघि   सेतोपाटी

हे नन्दी महाराज, तिमी हारेका पनि होइनौ बढारिएका पनि छैनौ कालो लामो अन्तरालमा आँधीबेहरी आयो तिमीलाई उडायो सुक्खा वन-पाखामा डढेलो लाग्यो तिमीलाई डढायो   नन्दी महाराज अब, वर्षा ऋतु आउन देऊ डढेलो निभाउन देऊ त्यो आँधीबेहरीलाई उल्टो बाटो फर्कन देऊ...

भोलि भारत जाँदै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई

२ घण्टा अघि   सेतोपाटी

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई भोलि भारत जाने भएका छन्। भारतको नयाँ दिल्लीमा हुने एक कार्यक्रममा भाग लिन भट्टराई बुधबार भारत जान लागेका हुन्। ‘पूर्वप्रधानमन्त्री भट्टराई भारतको नयाँदिल्लीमा आयोजना हुने ‘NXT 2026’ ग्लोबल समिटमा सहभागी हुन भोलि भारत प्रस्थान गर्न लाग्नुभएको छ,’...

लोकप्रियता!

२ घण्टा अघि   सेतोपाटी

भीडले उचालेको नाम भीडले नै बिर्सेको इतिहास साक्षी छन्, जब बोलीमा सत्यता हराउँछ र व्यवहारमा चरित्र देखिँदैन त्यसै दिन तालीहरू गालीमा परिवर्तन हुन्छन्। जब शब्दहरू हृदयबाट होइन, अभिनयबाट निस्कन्छन्, हर व्यवहार आत्माभन्दा मुखौटामा बस्न थाल्छ— यहीबाट सुरु हुन्छ लोकप्रियताको पतन।...

कहिले बन्छ बालेन सरकार?

२ घण्टा अघि   सेतोपाटी

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतगणना लगभग सकिएको छ। प्रत्यक्षतर्फ १६५ सिटकै परिणाम घोषणा भइसकेको छ भने समानुपातिक मतगणना पनि अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ १२५ सिटमा जित हासिल गरेको छ।...

चैत ३० देखि ए डिभिजन लिग गर्ने सहमति भएसँगै एन्फामा लागेको ताला खुल्यो

३ घण्टा अघि   सेतोपाटी

नेपाल फुटबल खेलाडी संघले अखिल नेपाल फुटबल संघ (एन्फा) मा लगाएको तालाबन्दी खुलेको छ।  एन्फा र खेलाडी संघबीच आज एन्फाकै होस्टलमा भएको वार्तापछि तालाबन्दी खुलेको हो।  वार्तामा सहिद स्मारक ए डिभिजन लिग चैत ३० गतेदेखि गर्ने सहमति भएको छ। यस्तै आगामी...

सोमबारको वर्षाले गहुँ बालीमा क्षति

३ घण्टा अघि   सेतोपाटी

सोमबार राति परेको वर्षाले दाना लाग्ने अवस्थामा रहेको गहुँ खेतीमा नोक्सान पुर्‍याएको छ। रूपन्देहीको शुद्धोधन गाउँपालिका फर्साटिकरका रमेश गौतम यति बेला निकै पीडामा छन्। सोमबार राति परेको वर्षाले रमेशले झन्डै एक बिगाहा जमिनमा लगाएको गहुँ बाली पूर्ण रूपमा नष्ट गरिदिएको छ।...

म पनि नेपाल हाँसेको हेर्न चाहन्छु!

३ घण्टा अघि   सेतोपाटी

आजभोलि, बितेका दिनहरूबाट सम्झनाका टुक्रा निकाल्दै मनन गर्न अनि तिनै टुक्राबाट कथाहरू बनाउन पाउँदा आनन्द लाग्छ। एउटा छोटो टुक्रा: सानो छँदा, टिभी हेर्दै गर्दा, बाबा कोठाभित्र पसेको कत्ति मन पर्दैनथ्यो मलाई। आउनुहुन्थ्यो ट्याप्प हातबाट रिमोट खोसेर समाचार लाउनुहुन्थ्यो। आफूले केही...

सट्टेबाजीको नियम उल्लंघन गरेको आरोपमा दुई फुटबल खेलाडीमाथि आजीवन प्रतिबन्ध

३ घण्टा अघि   सेतोपाटी

अमेरिकाको मेजर लिग सकर  (एमएलएस) ले सट्टेबाजी सम्बन्धी नियम उल्लंघन गरेको भन्दै मिडफिल्डर डेरिक जोन्स र विङ्गर याव येबोआलाई फुटबलबाट आजीवन प्रतिबन्ध लगाएको छ। २८ वर्षीय येबोआ गत महिना मात्रै चिनियाँ सुपर लिगको टोली 'छिङदाओ हाइनिउ'मा आबद्ध भएका थिए। त्यसअघि...

टीकापुरमा प्रहरी जवान मृत्यु प्रकरणको अनुसन्धान गर्न छानबिन समिति गठन

३ घण्टा अघि   सेतोपाटी

कैलालीमा एक जना प्रहरी जवानको मृत्यु प्रकरणलाई लिएर जिल्ला प्रहरी कार्यालयले पाँच सदस्य छानबिन समिति गठन गरेको छ।  बझाङको तलकोट गाउँपालिका–१ का ३३ वर्षीय प्रहरी जवान सन्देश चदारा आफू कार्यरत कैलालीको इलाका प्रहरी कार्यालय टीकापुरको ब्यारेक (भवन) को छतबाट लडेर मृत्यु...

नेप्सेमा सय अंकको स्विङ, सात महिनायताकै उच्च कारोबार

३ घण्टा अघि   सेतोपाटी

सोमबार लगातार बढेर तीन वटा सर्किट ब्रेक लागेको बजार मंगलबार भने स्थिर हुने क्रममा देखियो।  निर्वाचनपछि खुलेको बजार एकै दलको सरकार बन्ने खबरले उत्साहित हुँदा बजारको वृद्धि रोक्न सर्किट ब्रेक नै लगाउनु परेको थियो। मात्रै करिब चार मिनेट कारोबार हुँदा...

'राजनीतिज्ञ बन्न चाहन्छु' भन्थे, २५ वर्षकै उमेरमा सांसद बने प्रशान्त

३ घण्टा अघि   सेतोपाटी

३५ वर्ष मुनिका सांसद 'म राजनीतिज्ञ बन्न चाहन्छु।' स्कुलमा शिक्षकले भविष्यमा कुन पेसा रोज्छौ भन्ने प्रश्न गर्दा प्रशान्त उप्रेतीको जबाफ यही हुन्थ्यो। सानैदेखि दिँदै आएको यो जबाफलाई प्रशान्तले २५ वर्षकै उमेरमा सही साबित गरेका छन्। जेनजी आन्दोलनपछि फागुन २१ गते...

कैलालीमा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

३ घण्टा अघि   सेतोपाटी

कैलालीमा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ परेका छन्।  भजनी नगरपालिका–९ मा ५० वर्षीया मानादेवी चौधरीको हत्या भएको थियो।  फागुन १९ गते बिहान साढे ६ बजेतिर होलीको दिन बिहान उनीहरू सुत्ने बाख्राको खोर रहेको गोठभित्रै मानादेवीको शव फेला परेको थियो। जिल्ला प्रहरी प्रवक्ता...

रास्वपा सहमहामन्त्री विपिनको चुनावी खर्च सवा १६ लाख

३ घण्टा अघि   सेतोपाटी

दाङको क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निर्वाचित विपिनकुमार आचार्यले निर्वाचन आयोगमा आफ्नो चुनावी खर्चको विवरण बुझाएका छन्। मंगलबार प्रतिनिधिसभा सदस्यमा निर्वाचित आचार्यले बुझाएको चुनावी खर्च विवरणमा १६ लाख २९ हजार ५६२ रुपैयाँ खर्च भएको उल्लेख छ।  उनी रास्वपाका...

रूपन्देही-२ का चुन्न पौडेल र ३ का बासुदेव घिमिरेले बुझाए चुनावी खर्च विवरण

४ घण्टा अघि   सेतोपाटी

रूपन्देही क्षेत्र नं. २ मा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका चुन्नप्रसाद पौडेलले निर्वाचनमा भएको खर्च विवरण सार्वजनिक गरेका छन्। पौडेलले निर्वाचनमा २४ लाख ४३ हजार ८२३ रूपैयाँ खर्च भएको भन्दै मंगलबार निर्वाचन आयोगमा खर्च विवरण बुझाएका हुन्। पौडेलले बुझाएको खर्च विवरण...