रामेछाप दुर्घटनाका सात जना घाइतेलाई सेनाको हेलिकप्टरबाट ल्याइयो काठमाडौं
रामेछाप नगरपालिका-२ स्थित सिरूबारीमा निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा हुँदा गम्भीर घाइते भएका ७ जनालाई सेनाको हेलिकप्टरबाट उद्धार गरी काठमाडौं ल्याइएको छ। घाइते ३ जना महिला र ४ जना पुरूषलाई उद्धार गरिएको सेनाले जनाएको छ। सोमबार अपराह्न ४ बजेतिर दुर्घटनामा परी प्रहरी सहायक निरीक्षक...
