२१ वटा जिल्ला पुगेर हामीले मतदातालाई सोध्यौं– घोषणापत्र पढ्नुभयो?
लेखको प्रारम्भ गर्छु आफ्नै कुराबाट। मेरा पछिल्ला केही दिनहरू यात्रामा बिते। यो यात्रामा मसँग साथमा थिए मित्र मुमाराम खनाल र विष्णु सुवेदी। काठमाडौंबाट पूर्वको झापा हुँदै मधेसै मधेस पश्चिम हानिएका हामी कपिलवस्तुबाट उकालो लागेर, अर्घाखाँची, गुल्मी, पाल्पा हुँदै फेरि बुटवल पुगेर...
