ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

उत्तर कोरियाले गर्‍यो लामो दूरीको नयाँ मिसाइल परीक्षण

२३ मिनेट अघि   सेतोपाटी

उत्तर कोरियाले लामो दूरीको नयाँ प्रकारको मिसाइल परीक्षणको गरेको छ। उत्तर कोरियाली नेता किमले उच्च-उचाइमा उडेर लामो दूरीमा प्रहार गर्ने सो मिसाइल परीक्षणको निरीक्षण गरेको सरकारी सञ्चार माध्यमले जनाएका छन्। उनले आणविक शक्तिबाट चल्ने पनडुब्बी निर्माणको पनि अनुगमन गरेका छन्।...

मेयर बालेन र खगेन्द्र सुनारबीच के भयो कुराकानी ?

२८ मिनेट अघि   सेतोपाटी

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले हाम्रो नेपाल पार्टीका अध्यक्ष खगेन्द्र सुनारसँगको भेटमा आफू राजनीतिमा आएको र नयाँ पार्टीहरूको साथ सहयोग चाहिएको बताएका छन्। 'म राजनीतिमा आए, तपाईहरूको साथ सहयोग के छ ?' भनेर आफूलाई सोधेको अध्यक्ष सुनारले जानकारी दिए। जेन-जी...

कास्की–३ बाट प्रचण्ड र सिर्जनासहित १६ जना उम्मेदवार सिफारिस

४० मिनेट अघि   सेतोपाटी

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनका लागि कास्की–३ बाट संयोजक प्रचण्ड र उनकी बुहारी सिर्जना त्रिपाठीलाई सिफारिस गरेको छ। नेकपा कास्की–३ को बिहीबार बसेको बैठकले प्रचण्ड र उनका बुहारी त्रिपाठीसहित १६ जनाको नाम...

जेनजी प्रतिनिधिहरूलाई बालेनले भने- राजनीतिको नयाँ अध्याय सुरू गरेका छौं, मिलेर जाऔं

४१ मिनेट अघि   सेतोपाटी

काठमाडौं महानगरपालिका मेयर बालेन शाहले जेनजीका प्रतिनिधिहरूसँग कुराकानी गरेका छन्। बिहीबार अपराह्न बालेनले ललितपुरको कुपण्डोलस्थित कुमार बेनको निवासमा जेनजी प्रतिनिधिहरूसँग अन्दाजी २० मिनेट कुराकानी गरेका हुन्।  भेटको क्रममा बालेनले आफूहरूसँग राजनीतिको नयाँ अध्याय सुरू गरेको बताएको जेनजी  अगुवा प्रदीप ज्ञवालीले...

फागुन २१ को चुनावमा उम्मेदवारी नदिने विश्वप्रकाश शर्माको घोषणा

५४ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले फागुन २१ को प्रतिनिधि सभामा उम्मेदवारी नदिने घोषणा गरेका छन्। केन्द्रीय कार्यसम्पादन समितिको आजको बैठकमा बोल्दै उनले आफूले उम्मेदवारी नदिने बताएका हुन्। ‘हिजो पुस ९ गते झापा थिएँ, को उम्मेदवार बन्ने हो दाबी गरेर अगाडि आउनुस्...

पार्टीहरू आजै छाड् भन्छन्, जेनजीहरू पनि छाड् भन्छन्, हामी त अचानो भयौं- प्रधानमन्त्री कार्की

१ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री सुशीला कार्की आफूहरू दल र जेनजी दुवैबाट अचानोमा परेको बताएकी छन्।  बिहीबार बाह्रखरी उत्कृष्ट कथा विजेता घोषणा कार्यक्रममा बोल्दै प्रधानमन्त्री कार्कीले दुवै पक्षले आफूलाई दबाब दिएको बताएकी हुन्।  'पोलिटिकल पार्टीले पनि आजै छोड् भन्छ। जेनजीले पनि आजै छोड् भन्छ। छोडेपछि थुक्क भन्लान्। हामी त अचानो...

बालेनलाई बाबुरामको सुझाव- नयाँ र वैकल्पिक शक्ति बनाउन समन्वय गर्नुस्

१ घण्टा अघि   सेतोपाटी

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नयाँ र वैकल्पिक शक्ति बनाउन मेयर बालेन शाहले समन्वय गर्नुपर्ने बताएका छन्। आज मेयर शाहसँग भेटपछि पत्रकारहरूसँग कुराकानी गर्दै भट्टराईले नयाँ र वैकल्पिक शक्ति एकजुट भएर जानुपर्ने बताएका हुन्। ‘नयाँ र वैकल्पिक शक्ति बनाएर जानुपर्छ भन्ने कुरा मैले...

एपिएफ क्लबको प्रशिक्षकमा फर्किए राजेन्द्र, सन्तोष र अनिश पनि भित्रिए

१ घण्टा अघि   सेतोपाटी

सशस्त्र प्रहरी बलको नेपाल एपिएफ  फुटबल क्लबले राष्ट्रिय लिगका लागि प्रशिक्षकमा राजेन्द्र तामाङलाई नियक्त गरेको छ। दशकअघि टोलीको प्रशिक्षक रहेका राजेन्द्रलाई एपिएफले बिहीबार भित्र्याएको घोषणा गरेको हो।  सिजनका लागि एपिएफले दुई जना खेलाडीसँग पनि सम्झौता गरेको छ।  एपिएफले मिडफिल्डर सन्तोष...

राष्ट्रिय सभा अधिवेशन आह्वान गर्न कांग्रेसको माग

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसले राष्ट्रिय सभा अधिवेशन आह्वान गर्न माग गरेको छ। कांग्रेस राष्ट्रिय सभा संसदीय दल बैठकले अधिवेशन आह्वानको माग गर्ने निर्णय गरेको हो।  दलका नेता कृष्णप्रसाद सिटौलाको अध्यक्षतामा बसेको बैठकले राष्ट्रिय सभा अधिवेशन आह्वान गर्न माग गर्ने निर्णय गरेको संसदीय दल...

खगेन्द्र सुनार पनि बालेनलाई भेट्न पुगे कुपन्डोल

१ घण्टा अघि   सेतोपाटी

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई भेट्न हाम्रो नेपाल पार्टीका अध्यक्ष खगेन्द्र सुनार पनि कुपन्डोल पुगेका छन्। सुनारले आफू मेयर बालेनलाई भेट्न कुरेर बसेको जानकारी दिए। 'भेट्न बोलाउनुभएको थियो। आइपुगेको छु । भेट्न कुरिरहेको छु,' उनले भने।  बालेन अहिले जेनजीहरूसँग छलफलमा...

बिहानदेखि 'म्याराथन मिटिङ' मा व्यस्त छन् बालेन, क–कसलाई भेटे?

१ घण्टा अघि   सेतोपाटी

फागुन २१ को निर्वाचनलाई लक्ष्य गर्दै विभिन्न दलका नेता, जेनजी प्रतिनिधि र पूर्वविवेकशील साझाका नेताहरूसँग मिलेर नयाँ राजनीतिक समीकरण बनाउने कार्यलाई तीव्रता दिएका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह बिहीबार बिहानैदेखि 'म्याराथन मिटिङ' मा व्यस्त छन्। उनी विभिन्न दलका नेता, जेनजी प्रतिनिधि...

केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबलमा पाँच टोली

१ घण्टा अघि   सेतोपाटी

शेरबहादुर खड्का स्मृति प्रतिष्ठान, बालकोटको आयोजनामा नवौं शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिता पुस २३ देखि २६ गतेसम्म हुने भएको छ। प्रतियोगितामा ३ विभागीयसहित ५ टोलीको सहभागिता रहने बिहीबार नयाँ बानेश्वरमा आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्काले जानकारी...

एनआइसी एसिया बैंकको सञ्चालक समितिको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त

१ घण्टा अघि   सेतोपाटी

एनआइसी एसिया बैंकको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त भएका छन् ।  पुस ९ गते बसेको बैंकको सञ्चालक समितिको ७४४औं बैठकले सोही मितिदेखि लागु हुनेगरी उक्त पदमा अग्रवाललाई नियुक्त गरेको हो।  नवनियुक्त अध्यक्ष अग्रवालले सोही दिन नेपाल राष्ट्र बैंकका गर्भनर प्रा....

बिहानभरि बालेनसँग मिटिङ गरेका कुलमानले भने- नयाँ शक्तिहरू एक हुनुपर्छ

१ घण्टा अघि   सेतोपाटी

ऊर्जामन्त्री कुलमान घिसिङले नयाँ शक्तिहरूबीच एकता अपरिहार्य रहेको बताएका छन्। उज्यालो नेपालको पार्टीको केन्द्रीय कार्यालय उद्घाटन गर्दै मन्त्री घिसिङले जेनजी आन्दोलनको भावनाअनुसार नयाँ शक्ति, समूह र व्यक्तिहरू एक भएर अगाडि बढ्नुपर्ने बताएका हुन्। 'जेनजी आन्दोलनपछि फेरि पनि पुरानै स्थितिमा देश...

मेयर बालेन शाह र जेन-जी समूहबीच भेटवार्ता

१ घण्टा अघि   सेतोपाटी

काठमाडौं मेयर बालेन शाह  र जेन-जी समूहबीच भेटवार्ता भएको छ। बिहीबार अपराह्न साढे ४ बजे उनीहरूबीच भेटवार्ता भएको हो। जेन फोर्स लगायतका विभिन्न समूहका जेन-जी र मेयर बालेन शाहलाई ललितपुर कुपण्डोलस्थित कुमार बेनको घरमा भेटवार्ता भइरहेको छ। यसअघि मेयर बालेनले...

जाँचबुझ आयोगमा बयान दिन जान्छु: रमेश लेखक

१ घण्टा अघि   सेतोपाटी

तत्कालीन गृहमन्त्री रमेश लेखकले भदौ २३ र २४ गतेको घटना सम्बन्धी छानबिन गर्न बनेको जाँचबुझ आयोगमा बयान दिन जाने निर्णय गरेको छ। बिहीबार सानेपास्थित कांग्रेस पार्टी कार्यालयमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले आफू बयान दिन जाने निर्णय गरेको बताएका छन्। ‘मलाई...

एक वर्षमा बुटवल–गोरूसिंगे सडक निर्माणको काम कति भयो?

२ घण्टा अघि   सेतोपाटी

विश्व बैंक र नेपाल सरकारको साढे १३ अर्ब बढी लागतमा चिनियाँ र नेपाली निर्माण कम्पनीले बुटवलदेखि कपिलवस्तुको गोरूसिंगे सम्मको ५० किलोमिटर सडक निर्माणको काम धमाधम गरिरहेका छन्। यतिखेर ५० किलोमिटर सडक खण्डमा पर्ने विद्युत पोलहरू स्थान्तरणको काम धमाधम चलिरहेको छ। निर्माणाधिन...

मेयर बालेन र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईबीच भेटवार्ता

२ घण्टा अघि   सेतोपाटी

काठमाडौंका मेयर बालेन शाह र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ। आज अपराह्न उनीहरूबीच भेटवार्ता भएको हो। मेयर शाहलाई भेट्न भट्टराई अपराह्न ४ बजेर २० मिनेटमा ललितपुरस्थित छलफल स्थल आइपुगेका हुन्।  ‘मेयर शाहलाई भेट्न पूर्वप्रधानमन्त्री भट्टराई आउनुभएको छ, अब भेटवार्ता सुरू...

रवि र बालेनबीच साँझ फेरि वार्ता हुने

२ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच आज साँझ फेरि भेट हुने भएको छ। बिहीबार दिउँसो रवि र बालेनबीच ललितपुरको कुपण्डोलस्थित कुमार बेनको घरमा भेट भएको हो। त्यहाँबाट रवि लामिछाने अहिले निस्किसकेका छन्। दुई...

उमेर मलाई डाक्टरको विषय लाग्छ!

२ घण्टा अघि   सेतोपाटी

परिचयको क्रममा तिमी मेरो नाम सोध, भन्छु ठेगाना सोध, बताउँछु पेसा सोध, खुलाउँछु उमेर किन भनूँ? उमेर मलाई 'डाक्टरको विषय हो' लाग्छ। कामचोरहरूले कहिल्यै काम गरेनन् घुसको कुलतमा फसेकाहरूले जनताको काम गरेनन् भ्रष्टहरूको कुरै अर्को छ- ती नयाँ प्रमाण निर्माण...

कुलमानले उद्घाटन गरे उज्यालो नेपाल पार्टीको कार्यालय (तस्बिरहरू)

२ घण्टा अघि   सेतोपाटी

उज्यालो नेपाल पार्टीको केन्द्रीय कार्यालय उद्घाटन भएको छ। त्रिपुरेश्वरमा रहेको कार्यालय भवनको बिहीबार उद्घाटन भएको हो। ऊर्जा मन्त्री कुलमान घिसिङले कार्यालयको उद्घाटन गरेका हुन्।  मन्त्री घिसिङले उज्यालो नेपाल पार्टीले पार्टी कार्यालय मात्र नभई देशको समृद्धिका लागि बाटो कोर्ने काम भएको बताए।...

अक्षयको 'वेलकम टु द जंगल' सन् २०२६ मा रिलिज हुने घोषणा

२ घण्टा अघि   सेतोपाटी

भारतीय अभिनेता अक्षय कुमारले क्रिसमसको अवसर पारेर आफ्ना फ्यानहरूलाई सरप्राइज दिएका छन्। बिहीबार उनले आफ्नो प्रतीक्षित फिल्म 'वेलकम टु द जंगल' को प्रोमो भिडिओ सार्वजनिक गर्दै फिल्म सन् २०२६ मा रिलिज हुने आधिकारिक घोषणा गरेका हुन्। सामाजिक सञ्जालमा भिडिओ सेयर गर्दै...

म आज मेरो देश छोड्दै छु!

२ घण्टा अघि   सेतोपाटी

म आज मेरो देश छोड्दै छु  छोड्दै छु मेरो गाउँ,  मेरा साथीभाइ,  मेरो बालापनको सारथि  मेरो परिवार साथै  म आफैले आफैलाई छोड्दै छु  मलाई मेरो परिवारको आर्थिकोपार्जनमा सहयोग गर्नु छ  साहुको ऋण, पापी पेटले मागेको एक छाकको आहार सँगै-सँगै  मेरा...

बयान दिने बिपी, नदिने केपी!

३ घण्टा अघि   सेतोपाटी

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई भदौ २३–२४ का घटनासम्बन्धी जाँचबुझ आयोगले पत्र काट्ने चर्चा चलिरहेकै बेला हाल लेखकलाई बयानका लागि पत्र काटिएको छ। प्रत्यक्ष रूपमा लेखकलाई पत्र काटिए पनि यस कदमले विशेषगरी कांग्रेस र एमालेका संस्थापन पक्षको...