पूर्वराष्ट्रपति भण्डारीले 'राजसंस्था फर्कनसक्छ' भनेर दिएको अभिव्यक्तिले ल्याएको तरंग

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्र शाहबारे गरेको टिप्पणीले राजनीति गर्माएको छ। नेकपा एमालेले पार्टी सदस्यता नवीकरणलाई मान्यता नदिएपछि भण्डारी राजनीतिबाट किनारमा छिन्। भर्खरै सकिएको ११औं महाधिवेशनमा उनले मद्दत गरेको ईश्वर पोखरेल समूह पराजित भएपछि तत्काल एमाले फर्किने सम्भावना टुंगिएकी भण्डारीले पूर्वराजाप्रति सम्मानभाव व्यक्त गर्दै ज्ञानेन्द्रले 'जनताको नासो जनतालाई बुझाउँदै राजगद्दी त्यागेको' बताएकी हुन्। गद्दी त्यागे...