ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

मौरिसससँग दोहोरो कर मुक्ति सम्झौता खारेज, सरकारले पठायो पत्र

५१ सेकेन्ड अघि   सेतोपाटी

सरकारले मौरिसससँगको दोहोरो करमुक्ति सम्झौता खारेज गर्ने निर्णय गरेको छ।  नेपाल सरकार र मौरिसस सरकारबीच १९९९ मा हस्ताक्षर भएको दोहोरो कर नलाग्ने सम्झौता अन्त्य गर्ने निर्णय मन्त्रिपरिषद्बाट गरिएको हो। यो सँगै आन्तरिक राजस्व विभागले औपचारिक पत्र मौरिससलाई पठाएको छ। आर्थिक...

बालबालिकाको बाल्यकाल जोगाउन सामाजिक सञ्जाल बन्द गर्‍यौँ : प्रधानमन्त्री एन्थोनी

६ मिनेट अघि   थाहाखबर

क्यानबेरा : अष्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी अल्बानिजले सामाजिक सञ्जाल प्रतिबन्धले बालबालिकाको बाल्यकाल सुनिश्चित गर्ने बताएका छन्। आजदेखि लागू भएको सामाजिक सञ्जाल प्रतिबन्धमा समर्थन गरेकोमा अल्बानिजले मंगलवार अष्ट्रेलियाका राज्य र क्षेत्रका नेताहरूलाई धन्यवाद दिए। यो सांस्कृतिक परिवर्तन हो। १६ वर्षमुनिका बालबालिकाका लागि सामाजिक...

शिव रिमाल कांग्रेस लमजुङबाट उम्मेदवार सिफारिस

६ मिनेट अघि   सेतोपाटी

पार्टीलाई रूपान्तरण गर्न नेपाली कांग्रेस सुधार अभियान चलाएका नेविसंघ पूर्वकेन्द्रीय कोषाध्यक्ष शिवराज रिमाल फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि लमजुङबाट उम्मेदवार सिफारिस भएका छन्। रिमालसहित प्रतिनिधि सभा प्रत्यक्षतर्फ लमजुङबाट ९ जनाको नाम सिफारिस भएको छ। कांग्रेस सुधार अभियान चलाएका रिमालले पार्टीभित्र...

विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्था हटाउँछौँ- प्रधानमन्त्री कार्की

८ मिनेट अघि   सेतोपाटी

प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति नहुने व्यवस्था गर्न आफू लागेको बताएकी छन्। बुधबार धुलिखेलमा आयोजित काठमाडौं विश्वविद्यालयको ३१ औं दीक्षान्त समारोहमा बोल्दै उनले विश्वविद्यालयमा हुने राजनीतिकरणलाई अन्त्य गर्न पनि सरकारले विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्था परिमार्जन गर्न लागेको बताएका...

'अत्याचार सहन सक्दिनँ' भन्दै काठमाडौं नगर प्रहरी छाडेका लोकनाथ बने हर्क साम्पाङको पार्टी उपाध्यक्ष

२५ मिनेट अघि   सेतोपाटी

२०५० भदौदेखि २०७९ पुससम्म काठमाडौं महानगरपालिकाको नगर प्रहरीमा काम गरेका व्यक्ति हुन्, लोकनाथ चुडाल। उनले महानगरबाट राजीनामा दिने बेला नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेविरूद्ध विभिन्न आरोप लगाएका थिए। पाण्डेको अत्याचार सहन नसकेर राजीनामा दिएको उनले सार्वजनिक रूपमै बताएका थिए। उनै चुडाल अहिले...

प्रोफेसर निकोलाईको डायरी: नशा, नियत र नियति!

२६ मिनेट अघि   सेतोपाटी

निकोलाई पाब्लोभको जन्म सेन्ट पिटर्सबर्ग सहरको नजिकै ऐतिहासिक पुश्किन गाउँको एक मध्यम वर्गीय परिवारमा भएको थियो। यो गाउँको नाम पहिले सारस्कोये सेलो थियो तर पछि पुश्किन रहन गयो किनकि यो रुसका महान् प्रसिद्ध कवि अलेक्जेन्डर पुश्किनको जन्मथलो थियो। हो, निकोलाई...

पूर्व कृषि मन्त्री रामनाथ अधिकारीले भने- जेनजी आन्दोलनको भावनाअनुसार अब म उम्मेदवार हुन्न

३५ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका नेता तथा पूर्व कृषि मन्त्री रामनाथ अधिकारीले जेनजी पुस्ताको आन्दोलनको भावनाअनुसार अब आफू आमनिर्वाचनमा उम्मेदवार नहुने बताएका छन्। उनले माघ ११ मा हुने राष्ट्रिय सभा निर्वाचन र फागुन २१ मा हुने प्रतिनिधि सभा प्रत्यक्ष तथा समानुपातिक कतै पनि आफूले उम्मेदवारी नदिने...

केयुकेएलको महसुल भुक्तानीसहित सबै सेवा तीन दिनसम्म बन्द हुने

३८ मिनेट अघि   सेतोपाटी

सफ्टवेयर मर्ज गर्न लागिएकाले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का महसुल भुक्तानीसहित सबै सेवा तीन दिनसम्म बन्द हुने भएको छ। क्षेत्रपाटी शाखा र त्रिपुरेश्वर शाखा गाभिने तथा महाराजगञ्ज र कमलादी शाखाको सफ्टवेयर एकीकरण सम्बन्धी काम गर्नुपर्ने भएकाले मंसिर २६ गते दिउँसो ३...

कुलपति प्रधानमन्त्री होइन प्राज्ञिक व्यक्ति : प्रधानमन्त्री कार्की

४५ मिनेट अघि   थाहाखबर

काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयमा कुलपति प्रधानमन्त्री नभई प्राज्ञिक व्यक्ति हुने व्यवस्था गर्न लागेको बताएकी छिन्। बुधवार धुलिखेलमा आयोजित काठमाडौँ विश्वविद्यालयको ३१ औं दीक्षान्त समारोहमा बोल्दै उनले विश्वविद्यालयमा हुने राजनीतिकरण अन्त्य गर्न सरकारले विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्था हटाउन...

लुम्बिनीमा झन्डै १३ हजार चौपाया छाडिएका छन् सडकमा, व्यवस्थापन कसरी गर्ने?

५० मिनेट अघि   सेतोपाटी

लुम्बिनी प्रदेशमा झन्डै १३ हजार छाडा पशु चौपाया रहेको पाइएको छ। लुम्बिनी प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले गरेको अध्ययन तथा स्थलगत अवलोकनको क्रममा उक्त संख्यामा छाडा छोडिएका पशु चौपाया रहेको पाइएको हो। कृषि मन्त्री दिनेश पन्थीको संयोजकत्वमा बनेको...

नेटफ्लिक्सले महंगो मूल्यमा किन्यो 'धुरन्धर' को ओटिटी अधिकार

५९ मिनेट अघि   सेतोपाटी

भारतीय अभिनेता रणवीर सिंहको फिल्म 'धुरन्धर' ले बक्स अफिसमा बलियो प्रदर्शन गरिरहेको छ। चौथो दिन मात्रै झण्डै २० करोडभन्दा बढी कमाई गर्दै फिल्मले उत्कृष्ट होल्ड देखाएको छ। फिल्मले रिलिजको पाँच दिनमा भारतमा करिब १५० करोड भारू बराबरको बक्स अफिस कमाइ गरेको...

राजेन्द्र लिङ्देनले केन्द्रीय समितिमा भने- महाधिवेशन समयमै गर्न सकेनौं

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको आठौं महाधिवेशन समयमै गर्न नसकिएको बताएका छन्। सातौं महाधिवेशनबाट अध्यक्ष निर्वाचित भएका लिङ्देनसहित यो केन्द्रीय समितिको कार्यकाल मंसिर १७ गते सकिएको थियो। तर राप्रपाले त्यसअघि नै केन्द्रीय कार्यसम्पादन समिति बैठक गरेर सबै समितिको...

कम्युनिष्टहरू सत्तामा पुग्नको जोसँग पनि मिल्न थाले : गोकर्ण विष्ट

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेकपा एमालेका सचिव गोकर्ण विष्टले सत्तामा पुग्नका लागि मिल्ने प्रवृत्ति पार्टीमा देखापरेको बताएका छन्।  एमाले ११ औं महाधिवेशन सन्दर्भमा बुधवार आयोजित अन्तरसंवाद कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले न्यूनतम् विचार, कार्यक्रम, सिद्धान्त समेत नमिल्ने शक्तिहरूसँग मिलेर पनि एमालेले...

आन्तरिक राजस्व कार्यालयबाट हुने यी काम अब पालिकाबाट, ३९ स्थानीय तहबाट सुरू हुने

१ घण्टा अघि   सेतोपाटी

सरकारले आन्तरिक राजस्व विभाग मातहतबाट हुने केही महत्त्वपूर्ण सेवाहरू स्थानीय तहबाट दिन थालेको छ। यसको अर्थ संघीय सरकारका कार्यालयहरूबाट हुने कामलाई स्थानीय तहमा हस्तान्तरण गरिएको पनि हो। खासगरी व्यक्तिगत तथा व्यावसायिक स्थायी लेखा नम्बर (पान कार्ड) उपलब्ध गराउने, अन्तशुल्कको लाइसेन्स...

बहुविवाह गरेको आरोपमा डिएसपी मधु नेपाल पक्राउ

१ घण्टा अघि   सेतोपाटी

रूपन्देही प्रहरीले प्रहरी नायब उपरीक्षक (डिएसपी) मधु नेपाललाई पक्राउ गरेको छ। डिएसपी नेपाललाई बहुविवाह मुद्दामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ। हाल जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीमा कार्यरत नेपाल प्रहरी निरीक्षक रहेको बखत बुटवलको वडा प्रहरी कार्यालयमा कार्यरत...

लाटोकोसेरो संरक्षित क्षेत्र बन्यो बास्कुना

१ घण्टा अघि   थाहाखबर

म्याग्दी : बेनी नगरपालिका–४ बास्कुनामा रहेको देउरालीपाखा सामुदायिक वनलाई सङ्कटापन्न पन्छी लाटोकोसेरो संरक्षण क्षेत्र बनाइएको छ। करिब २१ दशमलव ६५ हेक्टर क्षेत्रफलमा फैलिएको वनमा पाइने लाटोकोसेरो जोगाउन र पर्यापर्यटनको उद्देश्यले संरक्षण क्षेत्र बनाइएको हो। देउरालीपाखा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष...

महाधिवेशनमा प्रतिस्पर्धा गर्नेलाई पार्टीको हित नचाहने भन्ने भाष्य खडा गर्न खोजिँदैछ : गोकर्ण विष्ट

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेकपा एमालेका सचिव गोकर्ण विष्टले पार्टीभित्र प्रतिस्पर्धा गर्नेलाई पार्टीको हित नचाहने भनेर भाष्य सिर्जना गर्न खोजिएको आरोप लगाएका छन्।एमाले ११ औं महाधिवेशन सन्दर्भमा बुधवार आयोजित अन्तरसंवाद कार्यक्रममा उनले यस्तो बताउनुभएको हो। उनले आफूहरूले पार्टीभित्र स्वच्छ प्रतिस्पर्धा गर्न चाहेको...

सरकारले जेनजी आन्दोलनको लक्ष्य अनुसार काम गरिरहेको छः स्वास्थ्यमन्त्री गौतम

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले सरकारले जेनजी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको बताएकी छिन्।  बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो दाबी गरेकी हुन्। मन्त्री गौतमले जेनजी आन्दोलनले मुलुकलाई सुन्दर, भ्रष्टाचारमुक्त र शासन व्यवस्थालाई सुदृढ बनाउने लक्ष्य लिएको...

नागढुंगा-नौबिसे सडक बन्द गरी स्तरोन्नतिको काम सुरू (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

नागढुंगा नौबिसे मलेखु सडक खण्ड अन्तर्गत नागढुंगादेखि पिप्लामोडसम्म र पोखरेभिर क्षेत्रमा सडक कालोपत्रे सुरू गरिएको छ। मंसिर २४ गतेदेखि पुस १ गतेसम्म बिहान १०:३० बजे देखि ३:३० बजेसम्म सो सडक खण्ड बन्द गरी सडकको स्तरोन्नति गर्ने काम आजदेखि सुरू भएको हो। भौतिक...

पहेँलपुर देवचुली (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

पूर्वी नवलपरासीको कावासोती र देवचुली नगरपालिकाको विभिन्न स्थानमा तोरी फुलेर पहेलै देखिएको छ। जिल्ला कृषि विकास कार्यालयका अनुसार यस वर्ष जिल्लामा  हजार पाँच सय हेक्टरमा तोरी खेती लगाइएको छ। विशेष गरी गैँडाकोट, देवचुली, कावासोती, मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकाको...

नागढुङ्गा नौबिसे सडक बन्द गरी स्तरोन्नतिको काम सुरु, तस्वीरहरू

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : नागढुंगा नौबिसे मलेखु सडक खण्ड अन्तर्गत नागढुंगादेखि पिप्लामोडसम्म र पोखरेभिर क्षेत्रमा सडक कालोपत्रे सुरु गरिएको छ। मंसिर २४ गते देखि पुस १ गतेसम्म बिहान १०:३० बजे देखि ३:३० बजेसम्म सो सडक खण्ड बन्द गरी सडकको स्तरोन्नति गर्ने काम...

सरकार र भन्सार एजेन्ट बीच सहमती, भन्सार अवरोध खुल्यो

१ घण्टा अघि   सेतोपाटी

नयाँ भन्सार ऐनका विभिन्न प्रावधानमा असहमति जनाउँदै देशभर पेनडाउन गरिरहेका भन्सार एजेन्टहरू र  भन्सार विभागबीच सहमति भएको छ।  भन्सार विभागमा भएको दुई पक्षीय वार्तामा भन्सार एजेन्टहरूले रोकेको काम सुचारू गर्ने सहमति भएको हो।  भन्सार एजेन्ट महासंघले  एजेन्टहरूका माग सम्बोधनका विषय...

राजेश हमाल अभिनीत 'प्रवासी जीवन' फागुन १५ देखि

१ घण्टा अघि   सेतोपाटी

अभिनेता राजेश हमाल अभिनीत फिल्म 'प्रवासी जीवन' आगामी फागुन १५ देखि नेपालभर प्रदर्शन हुने भएको छ। नेपालबाट आफ्नो उज्जवल भविष्य र स्थायित्वका लागि संयुक्तराज्य अमेरिका पुगेका नेपालीले त्यहाँ गर्नु पर्ने संघर्षसहितको प्रवासी जीवनको कथा बोकेको फिल्मलाई श्याम क्षेत्री र राम अधिकारीले...

अस्ट्रेलियामा सामाजिक सञ्जालका यी १० प्ल्याटफर्मले धमाधम हटाउन थाले बालबालिकाको खाता

१ घण्टा अघि   सेतोपाटी

अस्ट्रेलियामा सामाजिक सञ्जालका विभिन्न प्ल्याटफर्महरुले बालबालिकाको खाता हटाउन थालेको छ। त्यहाँको सरकारले मंगलबार बेलुका १६ वर्ष मुनिका बालबालिकाहरूलाई सामाजिक सञ्जालका १० वटा प्ल्याटफर्महरुमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। सरकारले कानुन नै बनाएर बालबालिकाहरूलाई सामाजिक सञ्जालको पहुँचबाट निषेध गर्ने निर्णय गरेको...