ताज होटल र डस्टबिनको जुत्ता
केही वर्षअघिको कुरा हो — नेपाल–भारत सुरक्षा समन्वय एवं साझेदारीका लागि स्थापित संयन्त्रको नियमित बैठकका लागि नेपाली प्रतिनिधि मण्डलको एक सदस्यका रूपमा भारतको नयाँ दिल्ली जाने अवसर मिलेको थियो। हाम्रो लागि बसाइको व्यवस्थापन दिल्लीको ताज होटलमा गरिएको थियो। औपचारिक बैठकको अलावा ताज...
