ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

माओवादी केन्द्रले गर्‍यो पार्टी एकता प्रस्ताव अनुमोदन, एकतापछिको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ हुने

२ मिनेट अघि   सेतोपाटी

नेकपा (माओवादी केन्द्र) ले एकीकृत समाजवादी सहित विभिन्न ८ दलसँग पार्टी एकता गर्ने सचिवालय बैठकको प्रस्ताव अनुमोदन गरेको छ।  मंगलबार बसेको पार्टीको महाधिवेशन आयोजक समितिको पूर्ण बैठकले यस्तो निर्णय गरेको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए। उनका अनुसार एकतापछि पार्टीको...

जनार्दनलाई प्रचण्डको अनुरोध : निर्णयमा पुनर्विचार गर्नुस्, पार्टीमा फर्कनुस्

४ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकका वामपन्थी पार्टीबीचको एकताबाट समाजवादी क्रान्तिको दिशामा अघि बढ्ने वातावरण बनेको बताएका छन्। कमलादीस्थित प्रज्ञा भवनमा आज बसेको माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठकलाई सम्बोधन गर्दै उनले जेनजी...

जेनजीको माग कांग्रेसले पूरा गर्ने हो भने मलाई सभापति बनाउनुहोस्: कुन्दनराज काफ्ले

६ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले जेनजी पुस्ताको आन्दोलनको भावना कांग्रेसले सम्बोधन गर्ने हो भने आफूलाई सभापति बनाउन आग्रह गरेका छन्।  आज सानेपामा बसेको केन्द्रीय समिति बैठकमा धारणा राख्दै काफ्लेले २०७८ मंसिर २४ देखि २८ गतेसम्म भएको १४ औं महाधिवेशनमा आफू...

पाँच कुने तारा कुनै पनि दललाई चुनाव चिह्न नदिन जसपाले गर्‍यो निर्वाचन आयोगको ध्यानाकर्षण

१० मिनेट अघि   सेतोपाटी

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले आफ्नो दलको झण्डामा भएको पाँच कुने तारा अन्य राजनीतिक दललाई चुनाव चिह्नका रूपमा प्रयोग गर्ने अनुमति नदिन निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ। जसपा नेपालका प्रवक्ता मनिषकुमार सुमनले विज्ञप्ति जारी गर्दै पाँच कुने तारालाई अन्य...

'कुनै घुम्तीमा भेटौंला' भन्दै छुट्टिएका प्रचण्ड-प्रभाकर जीवनको कुन घुम्तीमा भेटिएका थिए?

१८ मिनेट अघि   सेतोपाटी

माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' र नेता जनार्दन शर्मा 'प्रभाकर' ले ४२ वर्षभन्दा लामो राजनीतिक सहकार्यमा पूर्णविराम लगाएका छन्। प्रचण्ड एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित आठ वाम घटक मिलाएर एकीकृत पार्टीको संयोजक बन्दै छन्। यो एकता अनुमोदन गर्न माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको बैठक बसिरहेको छ। त्यसपछि प्रचण्डसँग माओवाद र गोलाकारभित्रको हँसिया हथौडा अंकित चुनाव चिह्न...

पूर्वसांसद योगेन्द्र मण्डल अलग्गै पार्टी खोल्दै

२१ मिनेट अघि   सेतोपाटी

विघटित प्रतिनिधि सभा सदस्य योगेन्द्र मण्डलले पनि राजनीतिक दल दर्ता गर्ने भएका छन्।  निर्वाचन आयोगमा दल दर्ताको तयारी चलिरहेको र सम्भवतः बुधबार आयोग जाने तयारी गरिएको मण्डलले जानकारी दिए।  ‘राष्ट्रिय ऊर्जाशील पार्टी दर्ताको तयारी चलिरहेको छ, सम्भवतः भोलि निर्वाचन आयोग...

जेन-जी आन्दोलनमा तोडफोड र आगजनीबाट २४ करोड क्षति भएको भन्दै अख्तियारले दियो प्रहरीमा जाहेरी

२८ मिनेट अघि   सेतोपाटी

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कार्यालयमा तोडफोड र आगजनी गर्नेविरूद्ध प्रहरीमा जाहेरी दिएको छ। अख्तियारले मंगलबार जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएको हो। अख्तियारको केन्द्रीय कार्यालय टंगालमा २४ करोड रूपैयाँ क्षति भएको भन्दै जाहेरी दिएको स्रोतले जानकारी दिएको छ। 'हामीले कार्यालय...

समय अगावै सकियो राँझा विमानस्थलको टर्मिनल भवनको निर्माण कार्य

३९ मिनेट अघि   सेतोपाटी

बाँकेको नेपालगञ्जस्थित राँझा विमानस्थलमा सुविधायुक्त नयाँ टर्मिनल भवन तोकिएको समय अगावै निर्माण कार्य पूरा भएको छ।  भ्याट बाहेक कुल दुई अर्ब ७४ करोड २० लाख १८ हजार नौ सय ९३ रुपैयाँ लागतमा टर्मिनल भवन निर्माण गर्ने  जिम्मा काठमाडौंको ‘शर्मा एन्ड कम्पनी’ले पाएको...

एकताप्रति असन्तुष्टहरूको रणनीति : पहिला पुनर्गठित, त्यसपछि ध्रुवीकरण

४९ मिनेट अघि   थाहाखबर

काठमाडौँ : पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालको अगुवाइमा हुन लागेको वाम एकताप्रति विमति राखेका नेताहरू छुट्टै ध्रुवीकरणको प्रयासमा लागेका छन्। माओवादी केन्द्र र एकीकृत समाजवादी संस्थापन पक्षबीच अन्य साना दल तथा समूहलाई समेटेर एकता गर्ने सहमति भएपछि यी दुबै दल...

सार्वजनिक ठाउँमा किन सुरक्षित ठान्दैनन् महिला ?

५९ मिनेट अघि   थाहाखबर

काठमाडौँ : धेरैजसो ठाउँमा महिलाहरू अझै पनि सार्वजनिक ठाउँमा असुरक्षित महसुस गर्छन्। चाहे त्यो सडक होस्, पार्क होस् वा बजार, उनीहरूले धेरै चुनौती भोग्नुपर्छ।  आफ्नो उपस्थितिका कारण महिलाहरूले सार्वजनिक ठाउँमा धेरै सम्भावित खतरा सामना गर्नुपरेको छ। सार्वजनिक ठाउँमा महिला भेला हुने इतिहास धेरै पुरानो...

महाधिवेशन गरौं, दुई महामन्त्री उम्मेदवार बन्न पाउँदैनौं भन्ने हो भने पनि स्वीकार्छौं: गगन थापा (पूर्णपाठ)

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चुनावअघि महाधिवेशन गर्नुपर्ने बताएका छन्। दुई महामन्त्री उम्मेदवार बन्न पाउँदैनौं भन्ने हो भने पनि आफूहरूले स्वीकार गर्ने तर चुनावअघि महाधिवेशन गरेर जानुपर्ने महामन्त्री थापाको भनाइ छ।  महामन्त्री थापाले आज बसेको केन्द्रीय समिति बैठकमा पुस...

जेनजी आन्दोलनको भावनाविपरीत एकता स्विकार्न सकेनौँ : जनार्दन शर्मा

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्माले जेनजी आन्दोलनको माग र भावनाविपरीत माओवादी केन्द्र र एकीकृत समाजवादीबीच हुन लागेको एकता स्विकार्न नसकेको बताएका छन्। उनले जेनजीको भ्रष्टाचारविरोधी माग सम्बोधन गर्नुको साटो भ्रष्टाचारको आरोप लागेका माधवकुमार नेपालसँग पार्टी एकता गरेकाले...

राष्ट्रपतिसँग महासचिव गुटेरेसको शिष्टाचार भेट

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुने सिलसिलामा कतारको राजधानी दोहामा रहेका राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले आज शिष्टाचार भेट गरेका छन्। त्यस अवसरमा उनीहरुबीच कोपनहेगन प्रतिबद्धताको कार्यान्वयन, सामाजिक विकास, शान्ति, सामाजिक न्याय...

महशुल विवादमा धरौटी बुझाउन सबै उद्योगी तयार छन्

१ घण्टा अघि   सेतोपाटी

सिमेन्ट उत्पादक संघका निवर्तमान अध्यक्ष तथा कसमस सिमेन्टका सञ्चालक ध्रुव थापाले विद्युत बक्यौता विवादमा उद्योग वाणिज्य महासंघको पहलमा भएको प्रस्तावमा सबै उद्योगी सहमत रहेको बताएका छन्।  हालै महासंघले प्रधानमन्त्री सहित गरेको संवादपछि बक्यौता महशुलको २८ किस्ता बराबरको रकमबाट आउने १...

माओवादी केन्द्रले अनुमोदन गर्‍यो पार्टी एकता प्रस्ताव, नाम ‘नेपाली कम्युनिष्ट पार्टी’

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेकपा (माओवादी केन्द्र)ले एकीकृत समाजवादीसहित विभिन्न ८ दलसँग पार्टी एकता गर्ने सचिवालय बैठकको प्रस्ताव अनुमोदन गरेको छ। बुधवार बसेको पार्टीको महाधिवेशन आयोजक समितिको पूर्ण बैठकले यस्तो निर्णय गरेको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।  उनका अनुसार एकतापछि पार्टीको...

सिटौलाले केन्द्रीय समितिमा भने- चुनावमा जाने निर्णय गर्न किन ढिलाइ गरेको?

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आजको केन्द्रीय समिति बैठकमा बोल्दै फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा जाने निर्णय गर्न पार्टीले किन ढिलाइ गरेको भनेर सोधेका छन्। आजको केन्द्रीय समितिमा महामन्त्री गगन थापाले पुस १६ देखि १९ गतेसम्म र सहमहामन्त्री महेन्द्र...

नेपालले मलेसियालाई पठायो म्यानपावर सम्बन्धी १० बुँदे मापदण्ड कार्यान्वयन गर्न नसकिने पत्र

१ घण्टा अघि   सेतोपाटी

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत मलेसियालाई म्यानपावर सम्बन्धी १० बुँदे मापदण्ड तत्काल कार्यान्वयन गर्न नसकिने कुटनीतिक नोट पठाएको छ।  श्रमले मंगलबार परराष्ट्रलाई पत्राचार गर्दै अहिलेको शर्त जटिल रहेको र दुई पक्षीय वार्ताबाट समस्या समाधान गर्न सकिने उल्लेख...

सुनका गहना र रेडियो चोरेको आरोपमा ४७ वर्षपछि पक्राउ परे लालबहादुर

१ घण्टा अघि   सेतोपाटी

स्याङ्जामा रेडियो चोरेको आरोपमा एक जना ४७ वर्षपछि पक्राउ परेका छन्। गल्याङ नगरपालिका-७ कल्लेरी बस्ने ७० वर्षीय लालबहादुर राना पक्राउ परेका हुन्। उनले जिल्ला प्रहरी कार्यालयको टोलीले सोमबार पक्राउ गरेको हो। उनीविरूद्ध साविक पेलाकोट गाउँपालिका वडा-२ हालको गल्याङ नगरपालिका-७ कै...

रास्वपाका घरबेटीले त्यागे पार्टी सदस्य

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को च:मतिस्थित केन्द्रीय कार्यालयका घरबेटी भरतमणि देवकोटाले रास्वपा पार्टी सदस्य त्याग गरेका छन्। देवकोटाले आफू रास्वपा सदस्य नरहेको सेतोपाटीलाई जानकारी दिए। ‘म अहिले पार्टी सदस्य मात्रै थिएँ, मैले आफ्नो सदस्यता पनि त्यागेको छु,’ उनले भने। पार्टी...

महशुल विवादमा प्रधानमन्त्री सहितको संवादबाट मध्यमार्गी प्रस्ताव लगिएको हो–ढकाल

१ घण्टा अघि   सेतोपाटी

नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्र ढकालले विद्युत महशुल विवादमा प्रधानमन्त्री सहितको संवादबाट मध्यमार्गी प्रस्ताव लगिएको बताएका छन्।  डेडिकेटेड ट्रंकलाइ प्रिमियम महशुल विवादका विषयमा राखिएको नयाँ प्रस्तावका विषयमा मंगलबार नेपाल उद्योग वाणिज्य महासंघमा गरिएको पत्रकारसम्मेलनमा उनले यस्तो बताएका हुन्।  ‘आइतबार...

आठपहरियाको वडाङमेटमा धुमधामका साथ मार्गा पूजा

१ घण्टा अघि   थाहाखबर

धनकुटा : धनकुटा नगरपालिकामा मात्रै मुख्य बसोवास रहेको आठपहरिया समुदायले सबैभन्दा ठूलो चाड मंसिरे अर्थात वडाङमेट उल्लासपूर्वक मनाइरहेका छन्। आपसी सद्भाव, एकता, उत्साह, उमंगका साथ चाड मनाइरहेका उनीहरूले मंगलबार मार्गा पूजा गरेका छन्। धनकुटा नगरपालिका क्षेत्रका विभिन्न ठाउँमा रहेका २२...

राष्ट्रपति पौडेल र संयुक्त राष्ट्र संघका महासचिव गुटेरेसबीच भेटवार्ता

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रपति रामचन्द्र पौडेल र संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसबीच शिष्टाचार भेटवार्ता भएको छ। कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कतारको राजधानी दोहामा मंगलबारदेखि सुरू भएको ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन पुगेका राष्ट्रपति...

हितेन्द्रदेव शाक्यको मुद्दामा कात्तिक २१ गते छलफलका लागि पेसी

२ घण्टा अघि   सेतोपाटी

सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकबाट हटाइएका हितेन्द्रदेव शाक्यको मुद्दामा अन्तरिम छलफलका लागि आउँदो कात्तिक २१ गतेका लागि पेसी तोकेको छ।  न्यायाधीश नृपध्वज निरौलाको इजलासले दुवै पक्षसँगको छलफलपछि मात्र शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक बनाउने विषयमा अन्तरिम आदेश जारी हुने/नहुने निर्णयमा...

हितेन्द्रदेवको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। सरकारले नेपाल विद्युत् प्राधिकरणबाट हटाएर जल तथा ऊर्जा आयोगको सचिवालयमा विशेष पद सिर्जना गरी सरुवा गरेपछि त्यसविरुद्ध शाक्य सर्वोच्च पुगेका थिए। शाक्यले आफ्नो...