ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

केपी ओली कानून भन्दा माथि छैनन् : गृहमन्त्री अर्याल

१० मिनेट अघि   थाहाखबर

काठमाडाैं : गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी ओली कानूनभन्दा माथि नरहनुभएको बताएका छन्। सिंहदरबारमा सोमवार पत्रकारहरूको प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन्।  पूर्वप्रधानमन्त्री ओलीले भदौ २३ र २४ गतेको घटनालाई लिएर आफूलाई पक्राउ गर्न सरकारलाई चुनौती दिएका...

जुवा खेलेको आरोपमा वडाध्यक्षसहित २६ जना पक्राउ, ८ लाख भन्दा बढी नगद बरामद

१५ मिनेट अघि   सेतोपाटी

प्रहरीले जुवा खेलेको आरोपमा २६ जना पक्राउ परेका छन्।  दाङको घोराही र बाँकेको कोहलपुरबाट जुवा खेलेको आरोपमा २६ जनालाई पक्राउ गरेको हो। जसमा घोराही उपमहानगरपालिकाबाट १५ र कोहलपुरबाट ११ जनालाई पक्राउ गरेको हो। घोराहीउपमहानगरपालिका स्थित रहेको ‘टी थ्री’ होटेलबाट सोही...

विपिन जोशीका परिवारलाई २ लाख सहयोग गर्ने सुदूरपश्चिम प्रदेशको निर्णय

३३ मिनेट अघि   सेतोपाटी

इसराइलमा हमासको आक्रमणबाट ज्यान गुमाएका कञ्चनपुरका विपिन जोशीको परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले दुई लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले जोशीको परिवारलाई मानवीय सहायता स्वरूप दुई लाख सहयोग उपलब्ध गराउने निर्णय गरेको जानकारी दिए। २०८० असोज २३...

अनि मैले हेर्दाहेर्दै पुन्टु ढल्यो

४० मिनेट अघि   सेतोपाटी

म दुई वर्षकी थिएँ, जब पुन्टु र मेरो पहिलो भेट भयो। त्यो दिन मेरो स्कुल छुट्टी थियो। म सधैंझैं बिहान दिदीहरूसँग कौसीमा खेल्दै थिएँ। त्यही बेला हजुरबुबाले केही चिज कपडामा बेरेर ल्याउँदै गरेको मैले देखेँ। उहाँ अलि टाढा भएकाले त्यो चिज के हो भन्ने थाहा...

विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने व्यवस्था हटाउनुपर्छ : मन्त्री पुन

४१ मिनेट अघि   थाहाखबर

काठमाडाैं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने व्यवस्था हटाउनुपर्ने पक्षमा देखिएका छन्। मन्त्रालयमा सोमवार पत्रकार सम्मेलन गर्दै उनले विश्वविद्यालयलाई राम्रो बनाउनको लागि राजनीतिकरण निर्मूल पार्नुपर्ने र त्यसको लागि शुरुवातमा प्रधानमन्त्री कुलपति हुने व्यवस्था हटाएर गर्नुपर्ने बताए।  मन्त्री पुनले बोर्ड अफ...

विपिन जोशीको शव ल्याइयो नेपाल (तस्बिरहरू)

४७ मिनेट अघि   सेतोपाटी

विपिन जोशीको शव नेपाल ल्याइएको छ। इसराइलबाट उनको शव सोमबार दिउँसो काठमाडौं ल्याइएको हो। इसराइलबाट सोमबार दिउँसो फ्लाइ दुबईको नियमित उडानमार्फत विपिनको शव काठमाडौं ल्याइएको हो। काठमाडौंबाट नेपाली सेनाले विपिनको शव कञ्चनपुरस्थित उनको घरमा पुर्‍याइदिनेछ। विपिनलाई श्रद्धाञ्जली दिन लागि प्रधानमन्त्री...

सिटिईभिटीका विद्यार्थीको फेरि परीक्षा लिँदा १ करोड ७५ लाख खर्च लाग्ने

५६ मिनेट अघि   थाहाखबर

काठमाडाैं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले सिटिईभिटीको विद्यार्थीको पुन: परीक्षाकाे लागि १ करोड ७५ लाख खर्च लाग्ने बताएका छन्। मन्त्रालयमा सोमवार पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन्।  जेन—जी आन्दोलनको क्रममा कोशी र वागमती प्रदेशका सिटिईभिटीका विद्यार्थीको उत्तरपुस्तिका जलेका थिए...

फूल महंगो भएको उपभोक्ताको गुनासो

१ घण्टा अघि   थाहाखबर

काठमाडाैं : यसपालीको तिहारमा फूल महंगो भएको उपभोक्ताहरूले गुनासो गरेका छन् । विदेशी फूल आयातमा रोक लगाएपछि फूल महंगो हुन पुगेको हो । बजारमा पर्याप्त फूल नभएको कारण महंगो हुन पुगेको उपभोक्ताहरूको गुनासो छ।गत वर्षहरूमा झुप्पाको ८ सय रुपैयाँमा किन्ने गरेको फूल अहिले...

जेनजी आन्दोलनबारे ‘अध्ययन’ गर्न जंगी अड्डाले बोलायो गणपतिहरूलाई

१ घण्टा अघि   सेतोपाटी

जेनजी आन्दोलनबारे अध्ययन गर्न नेपाली सेनाले गणपतिहरूलाई जंगी अड्डामा बोलाएको छ। सैनिक प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतले देशभरिकै गणपतिहरूसँग छलफल भइरहेको उनले बताए। ‘भदौ २३ र २४ गतेको घटनाबारे अध्ययन गर्ने, पृष्ठपोषण गर्ने र आगामी दिनका लागि सिकेका पाठहरूको...

सामुदायिक वनमा एक जना मृत अवस्थामा फेला

१ घण्टा अघि   सेतोपाटी

कञ्चनपुरको बेलौरी नगरपालिका–५ बन्तरियास्थित पुष्पलाल सामुदायिक वनमा ६५ वर्षीय श्रीप्रसाद आचार्य मृत अवस्थामा फेला परेका छन्। आज बिहान बेलौरीबाट कलुवापुरतर्फ जाने पक्की सडकखण्डमा स्थानीयवासीले बेवारिसे अवस्थामा साइकल फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए। इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीको टोलीले खोजतलास...

दीपावली मनाउन जनकपुरधाममा भव्य तयारी

१ घण्टा अघि   थाहाखबर

जनकपुरधाम : हिन्दु धर्मावलम्वीहरूको पर्व दीपावली मनाउन जनकपुरधाममा भव्य तयारी गरिएको छ।​ धनधान्यकी देवी लक्ष्मीको पूजा तथा आराधना गरी दीपावली मनाउन भव्य तयारी गरिएको हो। दीपावलीलाई मध्यनजर गरी जनकपुुरधामलाई बेहुलीझैँ सजाइएको छ। जनकपुरधाम बजारमा चहल पहल समेत बढेको छ। केराको बोट,...

मोटरसाइकल दुर्घटनामा एक किशोरको मृत्यु

१ घण्टा अघि   सेतोपाटी

उदयपुरको कटारी नगरपालिका–४ स्थित मदनभण्डारीमार्गको ककरु खेलामा मोटरसाइकल दुर्घटनामा एक किशोरको मृत्यु भएको छ। दुर्घटनामा परी एक जनाको अवस्था गम्भीर रहेको छ। इलाका प्रहरी कार्यालय कटारीका अनुसार मोटसाइकल दुर्घटनामा मृत्यु हुने कटारी–४ का १६ वर्षीय सम्राट खड्का रहेका छन् भने अर्का...

चाडपर्वले मौलिकता र पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्न प्रेरित गरिरहेको छ : कार्यवाहक सभापति खड्का

१ घण्टा अघि   थाहाखबर

ललितपुर : नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले चाडपर्वले हामीलाई आफ्नो मौलिकता र पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्न निरन्तर प्रेरित गरिरहेको बताएका छन्। नेपालीहरूको महान चाड तिहार तथा नेपाल संवत्को नयाँ वर्ष ११४६ को सुखद् अवसरमा शुभकामना सन्देशमार्फत कार्यवाहक सभापति खड्काले...

केराको खम्बा, जोडीको १०० रुपैयाँ!

१ घण्टा अघि   सेतोपाटी

अवधेश राय असिन पसिन छन्, मध्याह्नको समय, टाउकैमा चर्को घाम छ। त्यसले उनलाई शिथिल बनाएको छैन। न पानी पिएका छन्, न केही खान भ्याएका छन्, मूल्य सोध्ने ग्राहकलाई जोडीको १००, ५० र २५ भनेर देखाउँछन्। भाउ मिलेपछि मोटरसाइकल, स्कुटर, रिक्सा,...

सौगात र सृष्टिको फिल्म 'भाइरल गोर्खे' ले तोक्यो प्रदर्शन मिति

१ घण्टा अघि   सेतोपाटी

सौगात मल्ल र सृष्टि श्रेष्ठ अभिनीत फिल्म 'भाइरल गोर्खे' को प्रदर्शन मिति घोषणा गरिएको छ। सोमबार फिल्मको नयाँ पोस्टर सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरिएको हो। यो फिल्म माघ १ गते रिलिज हुनेछ। पोस्टरमा फिल्मका मुख्य दुई कलाकार सौगात र सृष्टि...

तिहार बिदामा बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुने

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : तिहार पर्वको विदामा सर्वोच्च अदालत ११ बजेदेखि ३ बजेसम्म खुला रहने छ भने बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुनेछ।  सर्वोच्च अदालत प्रशासनले जारी गरेको सूचनामा दीपावलीमा कात्तिक ७ गते भाइटीका र शनिबारको दिनबाहेक अरू दिन बन्दी प्रत्यक्षीकरणको रिट निवेदन...

शोभित बस्नेतको फिल्म 'पीआर' मंसिर २६ देखि प्रदर्शन हुने

२ घण्टा अघि   सेतोपाटी

शोभित बस्नेतको निर्देशनमा निर्माण भएको फिल्म 'पीआर' को प्रदर्शन मिति घोषणा गरिएको छ। यो फिल्म आउँदो मंसिर २६ गतेदेखि प्रदर्शनमा आउने भएको छ।  प्रेम, संघर्ष र आप्रवासनसँग जोडिएको भावनात्मक कथामा यो फिल्म निर्माण भएको हो।  सलोन–सलिना फिल्म्सको ब्यानरमा बनेको फिल्ममा आर.ए....

हङकङ विमानस्थलमा कार्गो विमान चिप्लिएर समुद्रमा खस्यो, दुई  जनाको मृत्यु

२ घण्टा अघि   थाहाखबर

हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार बिहान अवतरणको क्रममा एक कार्गो विमान चिप्लिएर रनवेबाट बाहिरिँदै समुद्रमा खस्दा दुई जनाको मृत्यु भएको छ। तुर्कीस्थित एसीटी एयरलाइन्सद्वारा सञ्चालित बोइङ ७४७ विमान दुबईबाट हङकङ आउँदै थियो। विमानमा रहेका चार चालक दल सदस्यहरूलाई सकुशल उद्धार गरी...

प्रचण्डको सचिवालयबाट राजीनामा दिइन् गंगा दाहालले

२ घण्टा अघि   सेतोपाटी

नेकपा (माओवादी केन्द्र) महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' को सचिवालयबाट गंगा दाहालले राजीनामा दिएकी छन्। प्रचण्डको सचिवालयबाट राजीनामा दिएको विषय दाहालले सोमबार बिहान सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी हुन्। उनी प्रचण्डकै छोरी पनि हुन्। प्रकाश दाहालको निधनपछि उनैले प्रचण्डको...

'आ बाट आमा' माघ १६ देखि, फर्स्टलुकमा यस्तो देखियो

२ घण्टा अघि   सेतोपाटी

आगामी माघ १६ गतेलाई रिलिज मिति घोषणा गर्दै 'आ बाट आमा' टिमले फर्स्टलुक पोस्टर सार्वजनिक गरेको छ।  तिहारको लक्ष्मीपूजाको अवसर पारेर सोमबार फिल्मको पहिलो आधिकारिक पोस्टर सार्वजनिक गरिएको हो।  सार्वजनिक पोस्टरमा विपना थापा, प्रदीप रावत र पल शाह खुसी मुद्रामा देखिएका...

दसैंका नेपाली फिल्मको कति पुग्यो कमाइ?

२ घण्टा अघि   सेतोपाटी

दसैंमा रिलिज भएका तीन नेपाली फिल्मले कुल १३ करोड ४४ लाख रूपैयाँभन्दा बढीको व्यापार गरेका छन्। चलचित्र विकास बोर्डले दिएको जानकारीअनुसार यी फिल्मले असोज १३ देखि ३१ गतेसम्म बक्स अफिसमा उक्त कमाइ गरेका हुन्। कुन फिल्मले कति कमाए? बलिदानः सन्तोष...

‘त्रिविमा सुन्दर पार्कको अभियान’, तस्वीरहरू

३ घण्टा अघि   थाहाखबर

काठमाडौं : गत असोज ६ गते शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले पद तथा गोपनीयताको सपथ लिएपछि त्यसकै भोलि अर्थात् असोज ७ गते निर्णय लिए–त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको हाताभित्र ठूलो क्षेत्रफलमा रहेको झाडी फाँडेर (ठूला रूखहरू नकाट्ने) सफा गरि सुन्दर बँगैचासहित...

देश छोडेर भाग्दिन, भाग्नुपर्ने कुनै कारण छैन : पूर्वऊर्जामन्त्री खड्का

३ घण्टा अघि   थाहाखबर

काठमाडाैं : नेपाली काँग्रेसका नेता एवं निःवर्तमान ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले आफू देश छोडेर भाग्नुपर्ने कुनै कारण नरहेको बताएका छन्। गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वमन्त्री खड्का अमेरिका भागेको भनि अन्तर्वार्ता दिएलगत्तै उहाँले सोमवार जेनजी आन्दोलनले ध्वस्त बनाएको आफ्नै निवास परिसरमा पत्रकार...

हत्यारा हिँडेको बाटो

३ घण्टा अघि   सेतोपाटी

छ महिनाअघि तीनकुनेको काठ उद्योगमा चार जनाको सामूहिक हत्या भयो। अनुसन्धान गर्न प्रहरी टोलीसहित 'रोज' पनि घटनास्थल पुगेको थियो। घटनास्थल निरीक्षणपछि प्रहरीले अनुमान लगाए — हत्याराले आफ्नो रगत लतपतिएको हात धुन घटनास्थलमा रहेको चापाकल प्रयोग गरेका हुन सक्छन्! उनको हातको निसान र शरीरको गन्ध...