ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

लक्ष्मीको पाइला र रङ्गोली बनाउँदै घरघरमा लक्ष्मीपूजा, तस्वीरहरू

५ मिनेट अघि   थाहाखबर

काठमाडौं : आज लक्ष्मी पूजा घर घरको ढोकामा रातो माटो लिपेर लक्ष्मीको पाइला र रङ्गोली बनाउँदै लक्ष्मीपूजा मनाइएको छ। धनकी देवी लक्ष्मीको आराधना गर्दै  समृद्धि र सौभाग्यको कामना गर्दै घर घरमा लक्ष्मीको पूजा मनाइएको छ। ...

भित्र्याइँदै लक्ष्मी (तस्बिरहरू)

७ मिनेट अघि   सेतोपाटी

आज लक्ष्मी पूजा। घर घरको ढोकामा रातो माटो लिपेर लक्ष्मीको पाइला र रङ्गोली बनाउँदै लक्ष्मीपूजा मनाइएको छ। यस्तै कार्यालयहरूमा धनकी देवी लक्ष्मीको आराधना गर्दै समृद्धि र सौभाग्यको कामना गर्दै लक्ष्मीको पूजा गरिएको छ। ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको...

कांग्रेस महाधिवेशन : इतर समूहकाे अनेकन् दबाबीच पनि सार्ने दाउमै संस्थापन

१८ मिनेट अघि   थाहाखबर

काठमाडाैं : विधानको अतिरिक्त सुविधाको उपयोग नगर्ने हो भने नेपाली कांग्रेसको १५औँ महाधिवेशन आगामी मंसिरभित्र भइसक्नुपर्छ। कांग्रेसको विधानमा हरेक चार वर्षमा राष्ट्रिय महाधिवेशन हुने व्यवस्था छ।  यद्यपि, विशेष परिस्थितिलाई देखाएर एक वर्ष थप्न सकिने अतिरिक्त सुविधा पनि विधानमा छ। जेन–जी आन्दोलन...

झिलिमिली बत्तीले सजिएको काठमाडौं (तस्बिरहरू)

२५ मिनेट अघि   सेतोपाटी

हिन्दूहरूको दोस्रो महान पर्व तिहार आएसँगै काठमाडौं उपत्यका झिलिमिली बत्तीले सजाइएको छ। अहिले हरेक घर, टोल र पूरै उपत्यका बत्तीले सजाइएको छ। झिलिमिली बत्तीले सजिएको उपत्यका नजिकका डाँडाहरूबाट मनमोहक देखिएको छ। तिहारलाई  विशेष गरी उज्यालो पर्वको रूपमा समेत लिने गरिन्छ, उज्यालो...

एक महिनामा ७५ हजार पर्यटकले गरे मुस्ताङको भ्रमण

२६ मिनेट अघि   थाहाखबर

मुस्ताङ : मुस्ताङमा असोजमा ७५ हजार ५९९ पर्यटकले भ्रमण गरेका छन्। दसैँ तथा तिहार पर्वको विदाका अवसरमा मुस्ताङ भ्रमण गर्ने पर्यटकको संख्या बढेको हो। प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको दर्शनसँगै हिमाली क्षेत्रको पृथक भूगोल, यहाँको मनोरम जैविक तथा प्राकृतिक सौन्दर्यता अवलोकन गर्न आन्तरिक...

झिलिमिली तिहार, तस्वीरहरू

४० मिनेट अघि   थाहाखबर

काठमाडौं : हिन्दूहरूको दोश्रो महान पर्व तिहार आए सँगै काठमाडौं उपत्यका झिलिमिली बत्तीले सजाइएको छ। अहिले हरेक घर, टोल र पूरै उपत्यका बत्तीले सजाइएको छ। झिलिमिली बत्तीले सजिएको उपत्यका नजिकका डाँडाहरूबाट मनमोहक देखिएको छ। तिहारलाई  विशेष गरी उज्यालो पर्वको रुपमा समेत...

काठमाडौंले लखेटेका कुकुरको घर बन्यो चोभारको जंगल

१ घण्टा अघि   सेतोपाटी

काठमाडौंमा सयौं टोल, हजारौं गल्ली छन् र प्रत्येक टोल, प्रत्येक गल्लीमा हामी देख्छौं — कुकुरहरूको बथान। यी कुकुरहरू बाटोमा खाना खोज्दै घुमिरहेका हुन्छन्। जाडोमा थरथर काम्दै सुतिरहेका हुन्छन्। टोलकै कतिपय मनकारी मान्छेले यिनलाई माया गरेर खाना खुवाउँछन्, आफ्ना पुराना लुगा ल्याएर ओछ्याइदिने गर्छन्। कति मान्छे भने यस्ता पनि हुन्छन्, जो यी अबोध कुकुरलाई अनाहक...

तीन महिनामा ३५ अर्ब बराबरको वैदेशिक लगानी प्रतिबद्धता

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : चालु आर्थिक वर्षको सुरुआती तीन महिनामा रू ३५ अर्बभन्दा बढीको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ। उद्योग विभागले सार्वजनिक गरेको प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी मासिक प्रतिवेदनअनुसार गत साउनदेखि असोज मसान्तसम्ममा ३११ वटा उद्योगमा रू ३५ अर्ब १३ करोड ७७ लाख...

पक्राउ परे जेन-जी आन्दोलनमा कारागारबाट भागेका कैदी

१ घण्टा अघि   सेतोपाटी

भदौ २४ गते जेन-जी आन्दोलनका क्रममा सुन्धरा कारागारबाट भागेको कैदी पक्राउ परेका छन्। भक्तपुर चाँगुनारायण नगरपालिका वडा-६ बेसिटोलबाट पक्राउ परेका हुन्। पक्राउ पर्नेमा २९ वर्षीय निरज तामाङ रहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ। तामाङ कास्की पोखरा महानगरपालिका-१६ का हुन्। उनलाई...

पर्वत कुश्मामा घन्कियो 'दी एक्स'

१ घण्टा अघि   थाहाखबर

पर्वत : तिहारको संघारमा पर्वत कुश्मास्थित बान्द्रेबिडीचौरमा नेपालको चर्चित ब्याण्ड 'दी एक्स' ले आफ्नो लाइभ प्रस्तुति दिएको हो।  पर्वत कुश्माका युवाहरूको संस्था 'शिवालय युवा विकास मञ्च'ले चाडबाडको छेकोमा उनीहरूको भव्य लाइभ कन्सर्ट आयोजना गरेको हो।  युवाहरू माझ निकै चर्चित रहेको 'दी एक्सको...

बेवारिसे अवस्थामा भेटियो ७ राउण्ड गोली

१ घण्टा अघि   सेतोपाटी

भक्तपुरमा बेवारिसे अवस्थामा ७ राउण्ड गोली भेटिएको छ। मध्यपुर ठिमी नगरपालिका-१ लोकन्थली स्थित मनहरा सुकुम्बासी बस्तीको सडक छेउमा ७ राउण्ड गोली भेटिएका हुन्। ५ राउण्ड ३०३ राईफलको गोली र २ राउण्ड एसएलआरको गोली भेटिएको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ। भदौं २४...

डेरा लिई लिई दर्जनौं कुकुर पालिरहेका दाजुबहिनी

१ घण्टा अघि   सेतोपाटी

मान्छे घर घरै थुनिएको बेला थियो। कोरोनाले कसलाई टपक्क टिप्ने हो टुंगो थिएन। मान्छेसित मान्छे डराउँथे। 'सामाजिक दुरी' कायम गर्नुपर्ने स्वास्थ्य प्रोटोकलले मान्छे–मान्छेबीच दुरी बढाएका बेला विराटनगरकी एलिना प्रसाईं भने 'भुस्याहा' भनिने सडक कुकुरसित नजिकिएकी थिइन्। उनी ती कुकुरहरूलाई प्रेमले 'नेपाली कुकुर'...

उज्यालो पर्वसँगै अर्थतन्त्र पनि चलायमान, ४० करोड बराबरको झिलिमिली बत्ती विक्री हुने अपेक्षा

१ घण्टा अघि   थाहाखबर

काठमाडाैं : उज्यालो पर्व दीपावलीले अर्थतन्त्र पनि चलायमान बनाएको छ। उपभोक्ताले थरीथरीका झिलिमिली बत्तीहरू किन्दा ठूलो रकम बजारमा पुग्ने गरेको छ भने यसले अर्थतन्त्रलाई चलायमान बनाउन सघाउ पुगेको हो। व्यवसायीहरूकाअनुसार अहिले विभिन्न थरीका झिलिमिलि बत्तीहरू किन्न बजारमा उपभोक्ताको घुँइचो लागेको छ।...

नेपाल आइपुग्यो विपीन जोशीको पार्थिव शरीर

१ घण्टा अघि   थाहाखबर

काठमाडाैं : इजरायलमा मारिएका नेपाली विद्यार्थी विपीन जोशीको पार्थिव शरीर नेपाल ल्याइएको छ। सोमवार दिउँसो त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको शवमा प्रधानमन्त्रीसहितका उच्च पदस्थहरूले श्रद्धाञ्जली अर्पण गरे। प्रधानमन्त्री कार्कीले जोशीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान गरिन्। विमानस्थलमा आयोजित शोकसभामा ऊर्जा, जलस्रोत तथा...

केपी ओली कानून भन्दा माथि छैनन् : गृहमन्त्री अर्याल

२ घण्टा अघि   थाहाखबर

काठमाडाैं : गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी ओली कानूनभन्दा माथि नरहनुभएको बताएका छन्। सिंहदरबारमा सोमवार पत्रकारहरूको प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन्।  पूर्वप्रधानमन्त्री ओलीले भदौ २३ र २४ गतेको घटनालाई लिएर आफूलाई पक्राउ गर्न सरकारलाई चुनौती दिएका...

जुवा खेलेको आरोपमा वडाध्यक्षसहित २६ जना पक्राउ, ८ लाख भन्दा बढी नगद बरामद

२ घण्टा अघि   सेतोपाटी

प्रहरीले जुवा खेलेको आरोपमा २६ जना पक्राउ परेका छन्।  दाङको घोराही र बाँकेको कोहलपुरबाट जुवा खेलेको आरोपमा २६ जनालाई पक्राउ गरेको हो। जसमा घोराही उपमहानगरपालिकाबाट १५ र कोहलपुरबाट ११ जनालाई पक्राउ गरेको हो। घोराहीउपमहानगरपालिका स्थित रहेको ‘टी थ्री’ होटेलबाट सोही...

विपिन जोशीका परिवारलाई २ लाख सहयोग गर्ने सुदूरपश्चिम प्रदेशको निर्णय

२ घण्टा अघि   सेतोपाटी

इसराइलमा हमासको आक्रमणबाट ज्यान गुमाएका कञ्चनपुरका विपिन जोशीको परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले दुई लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले जोशीको परिवारलाई मानवीय सहायता स्वरूप दुई लाख सहयोग उपलब्ध गराउने निर्णय गरेको जानकारी दिए। २०८० असोज २३...

अनि मैले हेर्दाहेर्दै पुन्टु ढल्यो

२ घण्टा अघि   सेतोपाटी

म दुई वर्षकी थिएँ, जब पुन्टु र मेरो पहिलो भेट भयो। त्यो दिन मेरो स्कुल छुट्टी थियो। म सधैंझैं बिहान दिदीहरूसँग कौसीमा खेल्दै थिएँ। त्यही बेला हजुरबुबाले केही चिज कपडामा बेरेर ल्याउँदै गरेको मैले देखेँ। उहाँ अलि टाढा भएकाले त्यो चिज के हो भन्ने थाहा...

विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने व्यवस्था हटाउनुपर्छ : मन्त्री पुन

२ घण्टा अघि   थाहाखबर

काठमाडाैं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने व्यवस्था हटाउनुपर्ने पक्षमा देखिएका छन्। मन्त्रालयमा सोमवार पत्रकार सम्मेलन गर्दै उनले विश्वविद्यालयलाई राम्रो बनाउनको लागि राजनीतिकरण निर्मूल पार्नुपर्ने र त्यसको लागि शुरुवातमा प्रधानमन्त्री कुलपति हुने व्यवस्था हटाएर गर्नुपर्ने बताए।  मन्त्री पुनले बोर्ड अफ...

विपिन जोशीको शव ल्याइयो नेपाल (तस्बिरहरू)

२ घण्टा अघि   सेतोपाटी

विपिन जोशीको शव नेपाल ल्याइएको छ। इसराइलबाट उनको शव सोमबार दिउँसो काठमाडौं ल्याइएको हो। इसराइलबाट सोमबार दिउँसो फ्लाइ दुबईको नियमित उडानमार्फत विपिनको शव काठमाडौं ल्याइएको हो। काठमाडौंबाट नेपाली सेनाले विपिनको शव कञ्चनपुरस्थित उनको घरमा पुर्‍याइदिनेछ। विपिनलाई श्रद्धाञ्जली दिन लागि प्रधानमन्त्री...

सिटिईभिटीका विद्यार्थीको फेरि परीक्षा लिँदा १ करोड ७५ लाख खर्च लाग्ने

२ घण्टा अघि   थाहाखबर

काठमाडाैं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले सिटिईभिटीको विद्यार्थीको पुन: परीक्षाकाे लागि १ करोड ७५ लाख खर्च लाग्ने बताएका छन्। मन्त्रालयमा सोमवार पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन्।  जेन—जी आन्दोलनको क्रममा कोशी र वागमती प्रदेशका सिटिईभिटीका विद्यार्थीको उत्तरपुस्तिका जलेका थिए...

फूल महंगो भएको उपभोक्ताको गुनासो

३ घण्टा अघि   थाहाखबर

काठमाडाैं : यसपालीको तिहारमा फूल महंगो भएको उपभोक्ताहरूले गुनासो गरेका छन् । विदेशी फूल आयातमा रोक लगाएपछि फूल महंगो हुन पुगेको हो । बजारमा पर्याप्त फूल नभएको कारण महंगो हुन पुगेको उपभोक्ताहरूको गुनासो छ।गत वर्षहरूमा झुप्पाको ८ सय रुपैयाँमा किन्ने गरेको फूल अहिले...

जेनजी आन्दोलनबारे ‘अध्ययन’ गर्न जंगी अड्डाले बोलायो गणपतिहरूलाई

३ घण्टा अघि   सेतोपाटी

जेनजी आन्दोलनबारे अध्ययन गर्न नेपाली सेनाले गणपतिहरूलाई जंगी अड्डामा बोलाएको छ। सैनिक प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतले देशभरिकै गणपतिहरूसँग छलफल भइरहेको उनले बताए। ‘भदौ २३ र २४ गतेको घटनाबारे अध्ययन गर्ने, पृष्ठपोषण गर्ने र आगामी दिनका लागि सिकेका पाठहरूको...

सामुदायिक वनमा एक जना मृत अवस्थामा फेला

३ घण्टा अघि   सेतोपाटी

कञ्चनपुरको बेलौरी नगरपालिका–५ बन्तरियास्थित पुष्पलाल सामुदायिक वनमा ६५ वर्षीय श्रीप्रसाद आचार्य मृत अवस्थामा फेला परेका छन्। आज बिहान बेलौरीबाट कलुवापुरतर्फ जाने पक्की सडकखण्डमा स्थानीयवासीले बेवारिसे अवस्थामा साइकल फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए। इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीको टोलीले खोजतलास...