काठमाडौंले लखेटेका कुकुरको घर बन्यो चोभारको जंगल
काठमाडौंमा सयौं टोल, हजारौं गल्ली छन् र प्रत्येक टोल, प्रत्येक गल्लीमा हामी देख्छौं — कुकुरहरूको बथान। यी कुकुरहरू बाटोमा खाना खोज्दै घुमिरहेका हुन्छन्। जाडोमा थरथर काम्दै सुतिरहेका हुन्छन्। टोलकै कतिपय मनकारी मान्छेले यिनलाई माया गरेर खाना खुवाउँछन्, आफ्ना पुराना लुगा ल्याएर ओछ्याइदिने गर्छन्। कति मान्छे भने यस्ता पनि हुन्छन्, जो यी अबोध कुकुरलाई अनाहक...