ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

कोशी ब्यारेजको अवस्था हालसम्म सामान्य छ– प्रजिअ

३ मिनेट अघि   सेतोपाटी

अहिलेको वर्षाका कारण कोशी ब्यारेजमा पानीको सतह बढेर जोखिम भएको भन्दै सामाजिक सञ्जालमा विभिन्न खालका फोटा र भिडिओ फैलिइरहेका छन्।  हामीले यसबारे जिल्ला प्रशासन कार्यालय, सुनसरीलाई सोधेका छौं। प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले अहिले सामाजिक सञ्जालमा फैलिएका फोटा र भिडिओहरू पुराना भएको बताएका छन्। यस्ता...

नेपालगन्ज उपमहानगर सहित बाँकेका केही ठाउँमा निषेधाज्ञा

२० मिनेट अघि   सेतोपाटी

जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगन्ज उपमहानगरपलिका, डुडुवा गाउँपालिका र नरैनापुर गाउँपालिकाका केही क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। दसैंको अवसरमा दुर्गाका मूर्ति विसर्जन गर्ने क्रममा शनिबार दिउँसो दुई समुदायबीच झडप भएपछि निषेधाज्ञा लगाउनुपर्ने स्थिति आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। निषेधाज्ञा जारी भएका ठाउँमा नेपालगन्ज...

मंगलटार खोलाले गर्‍यो बिपी राजमार्गको सडक कटान

२३ मिनेट अघि   सेतोपाटी

काभ्रेको रोशी गाउँपालिकामा रहेको मंगलटार खोलामा आएको बाढीले बिपी राजमार्ग अन्तर्गतको सडक खण्ड कटान गरेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीका अनुसार मंगलटार खोलाले बिपी राजमार्गको १५ देखि २० मिटर भाग कटान गरेको हो।  त्यस्तै माम्तीखोलामा बाढी आएको र बुलढुंगामा पहिरो खसेको...

वर्षाका कारण एमाले सचिवालय बैठक सर्‍यो

३८ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक सारिएको छ।  आइतवार बस्ने भनिएको पार्टीको ५८औँ सचिवालय बैठक अब आगामी शुक्रवार बस्ने तय भएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भिष्म अधिकारीले जानकारी दिए। अविरल वर्षाका कारण बाढीपहिरो र डुबान भएकाले बैठक...

भक्तपुरको साँगामा खस्यो पहिरो, सडक अवरूद्ध

४१ मिनेट अघि   सेतोपाटी

भक्तपुरको साँगामा पहिरो खसेको छ। शनिबार दिनभरि परेको अविरल वर्षाका कारण विभिन्न ठाउँमा सडक अवरूद्ध भएका छन्। भक्तपुरको झोलुंगेपुल नजिकै पनि पहिरो खसेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीले जानकारी दिए। उनका अनुसार पहिरो खस्दा आवतजावत रोकिएको छ।

सर्‍यो एमालेको सचिवालय बैठक

४६ मिनेट अघि   सेतोपाटी

नेकपा एमालेको सचिवालय बैठक सरेको छ। आइतबार र सोमबार बस्ने भनिएको पार्टीको ५८ औं सचिवालय बैठक अब आगामी शुक्रबार बस्ने तय भएको एमाले केन्द्रीय कार्यालयका सचिव भिष्म अधिकारीले जानकारी दिए। वर्षाका कारण बैठक सरेको उनले बताए। उनका अनुसार एमालेको केन्द्रीय कमिटी बैठक...

आफ्नो ख्याल गर्दै उद्धार, राहत र सेवामा जुटौं– महामन्त्री थापा

५३ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विपदको अवस्थामा सबै नागरिक, कांग्रेस नेता कार्यकर्ता तथा जनप्रतिनिधिलाई राहत तथा उद्धारमा जुट्न आग्रह गरेका छन्। शनिबार एक विज्ञप्ति सार्वजनिक गर्दै उनले सरकारले जारी गरेका सूचनालाई व्यापक रूपमा प्रचारप्रसार गर्न र सम्भावित जोखिममा रहेका स्थानका जनतालाई सचेत गराउन...

लाङटाङ ट्रेकिङ गएका भक्तपुरका चार जना युवा बेपत्ता

५७ मिनेट अघि   सेतोपाटी

रसुवाको लाङटाङ ट्रेकिङ गएका चार जना युवा बेपत्ता भएका छन्। शनिबार गोसाइँकुण्ड गाउँपालिका वडा नम्बर ४ स्थित बेरिङ खोलाले चार जनालाई बगाएर बेपत्ता पारेको जिल्ला प्रहरी कार्यालय रसुवाका डिएसपी हेम शाहीले जानकारी दिए। उनीहरू बेपत्ता भएको ठाउँ लाङटाङ जाने बाटो हो। एक्कासि आएको बाढीले...

चट्याङ लागेर दुई जना किशोरको मृत्यु

५९ मिनेट अघि   सेतोपाटी

रौतहटको कटहरिया नगरपालिका–२ हथियाहीमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ। शनिबार साँझ चट्याङ लागेर हथियाहीका १७ वर्षीय सेराज लहरी र सोही गाउँका १६ वर्षीय नविन यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरी नायब उपरीक्षक राजु कार्कीका अनुसार मृतक...

चट्याङ लागेर दुई जनाको मृत्यु

१ घण्टा अघि   थाहाखबर

रौतहट : यहाँका कटहरिया नगरपालिका–२ हथियाहीमा चट्याङ लागेर  दुई जनाको मृत्यु भएको छ।  आज साझ चट्याङ लागेर हथियाहीका १७ वर्षीय सेराज लहरी र सोही गाउका १६ वर्षीय नबिन यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरी नायब उपरिक्षक राजु...

ललितपुरमा राफ्टिङ एजेन्सी, पर्वातरोहणका उद्धारकर्मी पनि प्रहरीसँगै तैनाथ

१ घण्टा अघि   सेतोपाटी

ललितपुरमा विपदमा परी उद्धारमा खटिन राफ्टिङ तथा पर्वातरोहणका उद्धारकर्मी पनि प्रहरीसँगै तैनाथ रहेका छन्। भारी वर्षाका कारण काठमाडौं उपत्यकासहित देशका विभिन्न नदीमा बहाव बढेको छ। यसबीच ललितपुरका नदी किनार पनि उच्च जोखिम रहेको क्षेत्र हो। त्यसलाई न्यूनीकरण गर्न प्रहरीले नेपाल एसोसिएसन अफ...

उद्धार र राहतमा जुट्न प्रचण्डको अपिल

१ घण्टा अघि   सेतोपाटी

अविरल वर्षाका कारण देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो र डुबानको जोखिम बढ्दै गएपछि पूर्वप्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै पक्षलाई उद्धार तथा राहतमा जुट्न अपिल गरेका छन्। शनिबार एक सन्देश जारी गर्दै प्रचण्डले माओवादी केन्द्रका सबै तहका...

राजमार्गमा रोकिएका सवारीसाधनलाई गन्तव्यसम्म पुर्‍याउन गृहको निर्देशन

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : गृह मन्त्रालयले देशभरका राजमार्गमा रोकिएका सवारीसाधनलाई सडक र मौसमको अवस्थाअनुसार गन्तव्यसम्म पु¥याउने गरी सहजीकरण गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ। मन्त्रालयले सबै प्रमुख जिल्ला अधिकारीलाई आज पत्राचार गरी आवश्यकताअनुसार यात्रुलाई स्थानीय तह तथा सङ्घ संस्थासँगको समन्वयमा...

सिन्धुलीमा ३ ठाउँमा पहिरो, अवरुद्ध भयो सडक

१ घण्टा अघि   सेतोपाटी

लगातारको वर्षासँगै सिन्धुलीका तीन ठाउँमा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरूद्ध भएको छ। फिक्कल गाउँपालिका–६ नागस्थानमा शनिबार साँझ करिब ५:४५ बजे ठूलो परिमाणमा ढुंगा, माटो र लेदोसहितको पहिरो खस्दा सडकको दुवैतर्फ आवागमन पूर्ण रूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।  लगातार...

मेची राजमार्गमा पनि रातमा सवारी चलाउन रोक

१ घण्टा अघि   सेतोपाटी

काठमाडौं र मधेस प्रदेश हुँदै पानी पार्ने मौसमी प्रणाली कोशी प्रदेशमा पनि सक्रिय भएको छ। ठूलो वर्षाको सम्भावना उच्च भएपछि मेची राजमार्गमा सवारी आवागमनमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय इलामले रातको समय मेची राजमार्गमा सवारी आवतजावतमा रोक लगाएको हो। झापाको चारआलीदेखि...

प्रधानमन्त्री कार्कीले देशवासीका नाममा दिइन् सन्देश

१ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री सुशीला कार्कीले विपदको यस समयमा नागरिकलाई जोखिमबाट बचाउन राज्यको सबै स्रोत प्रयोग गरिने बताएकी छन्। शनिबार साँझ देशवासीका नाममा एक भिडिओ सन्देश दिँदै उनले अत्यावश्यक नभई सडकमा ननिस्किन र सवारी नचलाउन पनि अनुरोध गरेकी छन्। जल तथा मौसम विज्ञान विभागका अनुसार...

मानवीय क्षति 'जिरो' हुने गरी काम गरिरहेका छौं– गृहमन्त्री अर्याल

१ घण्टा अघि   सेतोपाटी

गृहमन्त्री ओमप्रकाश अर्यालले मानवीय क्षति शून्य हुने गरी काम गरिरहेको बताएका छन्। शनिबार गृह मन्त्रालयमा पत्रकार सम्मेलन गरी उनले सुरक्षा निकाय तथा सम्बद्ध निकायलाई मानवीय क्षति शून्य हुनेगरी खटिन निर्देशन दिइएको बताए। ‘अहिले वर्षात सँगसँगै केही विपदहरू आए, भौतिक क्षति...

विद्युत प्राधिकरणको कलैया सबस्टेसनमा पस्यो पानी, ८ ठाउँमा सेवा अवरूद्ध

१ घण्टा अघि   सेतोपाटी

बाराको कलैयास्थित नेपाल विद्युत प्राधिकरणको सबस्टेसनमा पानी पसेको छ। यसले उक्त स्टेसनबाट प्रवाह हुने विद्युत सेवा अवरूद्ध भएको छ। पच्छिलो १२ घन्टादेखि बारा, पर्सा, रौतहट र सर्लाहीमा भइरहेको भारी वर्षाबीच प्राधिकरणको सबस्टेसनमा पानी पसेको हो। केन्द्रका प्रमुख हिमांशु कुमार यादवका...

पछिल्लो २४ घन्टामा कहाँ कति पानी पर्‍यो?

१ घण्टा अघि   सेतोपाटी

पछिल्लो २४ घन्टामा मधेसमा मुसलधारे वर्षा भएको छ। रौतहटको मशेपुर क्षेत्रमा पछिल्लो २४ घन्टामा ३५२.८ मिलिमिटर वर्षा भएको छ। रौतहटकै गौरमा ३३५, सर्लाही मनुस्मारा २०२.८, मलंगवामा १९१.८, रौतहटको गरूडामा २९९.२ बाराको निजगढमा २०८.८, कलैया २६६.४, पर्साको वीरगञ्ज २८८.४ मा, पर्साको...

नारायणघाट–मुग्लिन सडकमा यातायात सञ्चालनमा रोक

१ घण्टा अघि   सेतोपाटी

चितवन प्रशासनले शनिबार साँझ ६ बजेदेखि नारायणघाट–मुग्लिन सडकमा सवारी साधन सञ्चालनमा रोक लगाएको छ। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले रातको समयमा हुन सक्ने जोखिमलाई मध्यनजर गरेर सवारी आवागमनमा रोक लगाइएको जानकारी दिए। आइतबार बिहानसम्मका लागि यातायात बन्द गर्ने निर्णय गरिएको...

पाँचथर दुर्घटना– अझै हुन सकेन मृतकको सनाखत

२ घण्टा अघि   सेतोपाटी

पाँचथरको कुम्मायक गाउँपालिका–३ कार्तिकेमा शनिबार दिउँसो ६ जनाको ज्यान जाने गरी भएको गाडी दुर्घटनाका मृतकको अझै सनाखत हुन सकेको छैन। दुर्घटनामा घाइते भएका ६ जनाको भने पहिचान खुलेको छ। 'मृतकको सनाखत भइसकेको छैन, आफन्तहरू खोज्ने क्रम जारी छ,' पाँचथर प्रहरी प्रमुख डिएसपी अनिशकुमार...

डोजरले तानेर निकालियो खोलाले बगाएको नेपाल टेलिकमको जिप

२ घण्टा अघि   सेतोपाटी

महोत्तरीमा रातु खोलाले जिप बगाएको छ। सो जिप नेपाल टेलिकमको रहेको प्रहरीले जनाएको छ। शनिबार साँझ सो जिप डोजरको सहायतामा सशस्त्र प्रहरी बलले निकालेको सहप्रवक्ता तथा डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। नेपाल टेलिकमको प्रदेश ३ - ०१ ४५२७ नम्बरको नम्बरको उक्त जिप भंगाहा...

बिपी राजमार्गको अस्थायी डाइभर्सन बगायो रोशीले

२ घण्टा अघि   सेतोपाटी

अविरल वर्षातपछि रोशी खोलामा आएको बाढीले बिपी राजमार्गको अस्थायी डाइभर्सन बगाएको छ। सडक डिभिजन भक्तपुरले दिएको जानकारी अनुसार रोशी गाउँपालिका–९ बोक्सिकुना खण्डमो करिब २०० मिटर डाइभर्सन रोशीले बगाएको छ।  गत वर्ष असोज १० देखि १३ गतेसम्मको बाढीले बिपी राजमार्ग कटान...

बल्खु क्षेत्रमा उद्धार र निगरानी गर्न राफ्टिङ बोट प्रयोग

२ घण्टा अघि   सेतोपाटी

काठमाडौंको बल्खु क्षेत्रमा उद्धार तथा निगरानीका लागि र्‍याफ्टिङ बोटको प्रयोग गरिएको छ। सशस्त्र प्रहरी बलको टोलीले बल्खु, कुलेश्वर र कालिमाटी क्षेत्रमा पानीको सतह बढेपछि उद्धारका निम्ति राफ्टिङ बोट प्रयोग गरेको हो। अहिले बागमती नदी किनारको बस्तीमा पानी पसिसकेको छ। नदी किनारका...