नेपालगन्ज उपमहानगर सहित बाँकेका केही ठाउँमा निषेधाज्ञा
जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगन्ज उपमहानगरपलिका, डुडुवा गाउँपालिका र नरैनापुर गाउँपालिकाका केही क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। दसैंको अवसरमा दुर्गाका मूर्ति विसर्जन गर्ने क्रममा शनिबार दिउँसो दुई समुदायबीच झडप भएपछि निषेधाज्ञा लगाउनुपर्ने स्थिति आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। निषेधाज्ञा जारी भएका ठाउँमा नेपालगन्ज...