कोटेश्वरको भाटभटेनीमा मृत भेटिएका युवकले बुवालाई फोनमा भनेका थिए- चौथो तलामा ट्र्यापमा परेको छु
काठमाडौंको कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा मृत फेला परेका विकास रसाइलीले अन्तिममा आफ्ना बुवालाई फोन गरेको खुलेको छ। बुधबार बिहान रामेछाप खाडादेवी गाउँपालिका-६ घर भई ललितपुरको च्यासल बस्ने २२ वर्षीय विकास रसाइलीको शव फेला परेको छ। उनी भदौ २४ गतेदेखि सम्पर्कविहीन थिए। ...