ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

शीतल निवासमा मन्त्रीहरूको सपथ (लाइभ)

२ मिनेट अघि   सेतोपाटी

‍शीतल निवासमा मन्त्रीहरुको सपथ हुँदैछ। प्रधानमन्त्री सुशीला कार्कीको क्याबिनेटमा रहने मन्त्रीहरूले आज सपथ लिन लागेका हुन्।  अहिलेसम्म ‍ओमप्रकाश अर्याल गृह र कानुन मन्त्री, कुलमान घिसिङ ऊर्जमन्त्री र रामेश्वर खनाल अर्थमन्त्री बन्ने टुंगो लागिसकेको छ। सपथ ग्रहणका लागि शीतल निवास परिसरमा मन्च तयार पारिएको छ। ...

टिचिङमा मृत्यु भएका ८ जनाको शरीर चिन्न नसक्ने, डिएनए टेष्ट गरिने

७ मिनेट अघि   सेतोपाटी

जेन-जी प्रर्दशनीको क्रममा ज्यान गुमाएका ८ जनाको शव चिन्न नसकिने खालको रहेको छ। आठ जनाको डिएनए टेष्टमार्फत पहिचान गर्नुपर्ने टिचिङ अस्पतालले जनाएको छ। गोली लागेर मृत्यु भएका २६ जनाको शव पोष्टमर्टम भइसकेको छ। त्यसमध्ये सोमबारसम्म २३ जनाको शव परिवारले बुझेका छन्। भदौ...

फूलपातीमा रिलिज हुने फिल्मको संख्या पुग्यो चार, थपियो 'अभिमन्यु' पनि

११ मिनेट अघि   सेतोपाटी

दसैं फूलपाती अर्थात असोज १३ गते नेपाली बक्स अफिसमा ठूलो भिडन्त हुने भएको छ। यसअघि भदौ २७ गते प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म 'अभिमन्युः च्याप्टर १' अब फूलपातीका दिन रिलिज हुने भएपछि सो मितिमा प्रदर्शन हुने फिल्मको संख्या चार पुगेको छ। जेनजी आन्दोलनका...

काठमाडौंमा सुरू भयो चाडवाड लक्षित सुपथ मूल्य पसल (तस्बिरहरू)

१५ मिनेट अघि   सेतोपाटी

काठमाडौंमा सुपथ मूल्य पसल सुरू भएको छ।  दसैं, तिहार नजिकिँदै गर्दा खाद्य संस्थानले थापाथलीस्थित कार्यालयमा सुपथ मूल्य पसल सुरू गरेको हो।  चाडपर्व लक्ष्य गरी काठमाडौंका विभिन्न ठाउँमा खाद्यले सुपथ मूल्य पसल सञ्चालन गर्छ। सुपथ मूल्य पसल सञ्चालन भएपछि बिहानैबाट किनमेल गर्न...

वेस्ट इन्डिजविरूद्ध खेल्ने नेपाली टोली घोषणा, आदिल अन्सारीको पुनरागमन

२१ मिनेट अघि   सेतोपाटी

नेपाल क्रिकेट संघ (क्यान) ले असोज दोस्रो साता युएईमा हुने नेपाल र वेस्ट इन्डिजबीचको ऐतिहासिक टी-२० सिरिजका लागि राष्ट्रिय टोली घोषणा गरेको छ।  शारजाहमा हुने सिरिजलाई युनिटी कप टी-२० अन्तर्राष्ट्रिय सिरिजको नाम दिइएको छ। टोलीमा अलराउन्डर आदिल अन्सारीलाई स्थान दिइएको...

वेस्ट इन्डिजविरुद्ध खेल्ने नेपाली टोलीको घोषणा

२६ मिनेट अघि   थाहाखबर

काठमाडौं : नेपाल क्रिकेट संघ क्यानले वेस्ट इन्डिजविरुद्धको युनिटी कप टी–२० सिरिजका लागि टिमको घोषणा गरेको छ। क्यानले सेप्टेम्बर २७, २९ र ३० मा युएईको शारजाह क्रिकेट स्टेडियममा हुने सिरिजका लागि रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टिम घोषणा गरेको हो। नेपाली...

सुन–चाँदीको मूल्य बढ्यो

२७ मिनेट अघि   सेतोपाटी

स्थानीय बजारमा सोमबार सुनको मूल्य बढको छ। अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  संघका अनुसार आइतबार प्रतितोला २ लाख १५ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको सुन सोमबार दुई लाख १५ हजार...

शेरबहादुर र आरजु देउवा दुवैको गर्धनमा चोट, अझै एक साता अस्पतालमै

२९ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नीसमेत रहेकी तत्कालीन परराष्ट्र मन्त्री आरजु राणामाथि घरभित्रै पसेर भदौ २४ गते प्रदर्शनकारीहरूले कुटपिट गरे। बूढानीलकण्ठस्थित घरभित्रै पसेर प्रदर्शनकारीहरू सभापति देउवा र आरजुमाथि जाइलागेका थिए।  प्रदर्शनकारीहरूले सभापति देउवा दम्पतीमाथि कुटपिट र लछारपछार गरेको भिडिओ...

फिर्ता हुन थाल्यो लुटिएका चामल र चिनी

१ घण्टा अघि   थाहाखबर

सिरहा : यहाँको लहान नगरपालिका–१ स्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीको गोदामबाट लुटपाट गरिएको खाद्यान्न प्रशासनको कडा उर्दीपछि फिर्ता हुन थालेको छ। जेनजी आन्दोलनका क्रममा गत मङ्गलबार दिउँसो कम्पनीको गोदामबाट चामल, चिनी लुटपाट भएको थियो। इलाका प्रशासन कार्यालय लहानका प्रशासकीय अधिकृत...

इतिहास बोकेर फेरि उभिनेछ सिंहदरबार

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : जेनजी प्रदर्शनको क्रममा भएको आगजनीले खण्डहर बनेको छ, सिंहदरबार। तर पनि शिरमा फहराईरहेको छ चन्द्र सूर्य अङ्कित राष्ट्रिय झण्डा। झण्डासँगै आशा र विश्वास बोकेर उभिरहेको छ, सिंहदरबार। आगोका लप्काले खाएको सिंहदरबार नियाल्दै गरेका त्रिभुवन विश्वविद्यालयका प्रा.डा. केशव बस्याल निकै...

पुराना मोटरसाइकल बेच्दै उकासिएका थिए, क्षणभरमै घर–कार्यालय खण्डहर बनाइदिए

१ घण्टा अघि   सेतोपाटी

भदौ २४ गते, अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का पूर्वअध्यक्ष ध्रुव थापा परिवारसँग पोखराको घरमा थिए। अटो व्यवसायी उनलाई जेनजी प्रदर्शनका क्रममा आन्दोलनकारीहरू आगो झोस्न घरै आइपुग्छन् भन्ने कल्पना समेत थिएन। 'हामी सबै परिवार घरमा बिरलै हुन्थ्यौं। त्यो दिन सबै सँगै थियौं।...

अख्तियारले गर्‍यो चोरीका सामान फिर्ता गर्न आग्रह, नगरे कानुनी प्रक्रियामा जाने

१ घण्टा अघि   सेतोपाटी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रर्दशनको क्रममा चोरी भएका सामान फिर्ता गर्न आग्रह गरेको छ। सोमबार सूचना जारी गर्दै भदौ २३ र २४ गते प्रर्दशनको क्रममा चोरी भएका जिन्सी सामान फिर्ता गर्न आग्रह गरेको हो। अख्तियारले भदौ २४ गते केन्द्रीय कार्यालय...

शीतलनिवासमा साढे ११ बजे मन्त्रीहरूको सपथ

१ घण्टा अघि   सेतोपाटी

सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका मन्त्रीहरूको सपथ आजै हुने भएको छ। राष्ट्रपति कार्यालयमा बिहान साढे ११ बजे सपथ ग्रहण कार्यक्रम तय भएको राष्ट्रपति रामचन्द्र पौडेलको सचिवालयले जानकारी दिएको छ। अहिलेसम्म मन्त्री बन्ने तीन जनाको टुंगो लागिसकेको छ। अधिवक्ता ओमप्रकाश अर्यालले...

ताप्लेजुङमा मनाइयो रेडपाण्डा दिवस

१ घण्टा अघि   थाहाखबर

फुङ्लिङ  ः विभिन्न कार्यक्रम आयोजना गर्दै अन्तरराष्ट्रिय रेडपाण्डा दिवस मनाइएको छ।  रेडपाण्डा नेटवक सहयोग तथा हिमाली संरक्षणमञ्च ताप्लेजुङको सहजीकरणमा साताव्यापी १५औँ अन्तरराष्ट्रिय रेडपाण्डा दिवस मनाइएको हो।  रेडपाण्डाको बासस्थान नजिकै रहेको विद्यालयहरुमा रेडपाण्डा दिवस मनाएको हिमाली संरक्षण मञ्चका कार्याक्रम संयोजक रमेश...

हर्क साम्पाङको गुनासोः आन्दोलनको म्यान्डेटअनुसार काम गर्छु भन्दा पत्याइएन!

१ घण्टा अघि   सेतोपाटी

धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङले जेन–जी विद्रोहको भावनाअनुसार काम गर्छु भन्दा आफूलाई नपत्याइएको गुनासो गरेका छन्। आइतबार फेसबुक लाइभमार्फत् उनले अहिलेको आन्दोलन एक थान केपी शर्मा ओली नेतृत्वको सत्ता हटाउन मात्रै नभएको बरू प्रत्यक्ष कार्यकारी राष्ट्रपतीय पद्धतिमा जानुपर्ने धारणा राखे।...

टर्कीको राजधानीमा दसौं हजार मानिसहरू किन निस्किए सडकमा?

१ घण्टा अघि   सेतोपाटी

टर्कीको राजधानी अंकरामा आइतबार दसौं हजार मानिसहरु सडकमा निस्किए। उनीहरुको हात हातमा टर्कीको राष्ट्रिय झन्डा, विपक्षी दल रिपब्लिकन पिपल्स पार्टी (सिएचपी)को झन्डा लिएर शान्तिपूर्ण प्रदर्शन गरे। उनीहरूले राष्ट्रपति रेसेप तय्यिप एर्दोगानको राजीनामा मागेका थिए। टर्कीको मुख्य विपक्षी दल सिएचपीको सन्...

अधिकांश स्थानमा वर्षा, आज हुने छैन मौसम सुधार

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : आज बिहान देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ। मनसुनको न्यून चापीय रेखा र अरब सागर तथा बङ्गालको खाडीको जलवापष्युक्त हावासमेतको प्रभावले काठमाडौं उपत्यकासहित बागमती प्रदेश र अरु सबै प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान मौसम...

गाजाका इजरायलको शक्तिशाली आक्रमण, ५३ जनाको मृत्यु, १६ टावर ध्वस्त

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : इजरायली सेनाले गाजाका आवसीय भवनहरु ध्वस्त पार्न सुरु गरेको छ।  पछिल्लोपटक भएका शक्तिशाली आक्रमणमा १६ वटा आवसीय टावरहरु ध्वस्त भएका छन्। जसमा कम्तीमा ५३ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।  गाजाको उत्तरी शहरी कब्जा गर्न र त्यहाँका...

तराईको मिथिला क्षेत्रमा जितिया पर्वको व्रत सम्पन्न

२ घण्टा अघि   थाहाखबर

काठमाडौं :  मधेसको प्राचीन मिथिला क्षेत्रका थारुलगायतका महिलाहरुले आज जितिया पर्वको व्रत समापन गरेका छन्।  अस्ति राति ‘ओगटन’ अर्थात् दर खाएसँगै महिलाहरुले सुरु गरेको निराहार व्रत आज बिहान समापन गरेका हुन्।   पितृपक्ष सोह्रश्राद्धमा पर्ने यस पर्वमा बर्तालुले सप्तमी तिथिका दिन...

आजदेखि चलचित्र हल खुले

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : जेनजी पुस्ताको आन्दोलनका कारण बन्द रहेका देशभरका चलचित्र हल आजदेखि खुलेका छन्।  चलचित्र हल सञ्चालक तथा चलचित्र वितरकको छाता संस्था नेपाल चलचित्र संघको हिजो बसेको बैठकले दर्शक र चलचित्र भवनको सुरक्षामा ध्यान दिँदै सञ्चालनमा ल्याउने निर्णय गरेको हो।  चलचित्र...

नख्खु कारागारबाट फरारमध्ये फर्किए २०६ कैदीबन्दी

२ घण्टा अघि   सेतोपाटी

‘जेनजी पुस्ता’को आन्दोलनका क्रममा यही भदौ २४ गते ललितपुरस्थित नख्खु कारागारबाट फरार भएका कैदीबन्दीमध्ये २०६ जना पुनः कारागार फर्किएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित २०६ कैदीबन्दी हालसम्म कारागार फर्किएको कारागार प्रशासनले जानकारी दिएको छ। कारागार प्रशासनले सम्पूर्ण फरार...

तीन मन्त्रीको शपथग्रहण विहान साढे ११ बजे हुने

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषदका सदस्यहरुको शपथ आज बिहान साढे ११ बजे हुने भएको छ।  राष्ट्रपति कार्यालयले केहीबेर अघि शपथ ग्रहणको समयबारे जानकारी दिएको हो। यस अघि आजै बिहान राष्ट्रपति कार्यालयका सूचना अधिकारी सहसचिव अर्चना खड्का अधिकारीले शपथको समयबारे...

घाइते जेन–जी युवा भन्छन्– परिवर्तन ल्याउन गोली खायौं, खेर जान नदिइयोस्

३ घण्टा अघि   सेतोपाटी

'धन्न! एक इन्चले बाँचियो। घाँटीको मुख्य नलीमा गोलीले छोएको भए म मर्ने थिएँ।' जेन–जी आन्दोलन क्रममा प्रहरीको गोली लागेर घाइते भएका २२ वर्षीय सुदीप सुनारले आफ्नो घाँटीमा लागेको चोट देखाउँदै मसिनो स्वरमा भने। घाँटीमै गोली लागेका कारण बोल्न सक्दिन कि भन्ने उनलाई डर थियो। तर सिभिल अस्पतालमा एक...

रामेश्वर खनालले तलब, मन्त्री क्वार्टर, गाडी लगायतका कुनै सुविधा नलिने

३ घण्टा अघि   सेतोपाटी

अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्न लागेका रामेश्वर खनालले तलब, मन्त्री क्वार्टर, गाडी लगायतका कुनै पनि सुविधा नलिने भएका छन्। प्रधानमन्त्री सुशीला कार्कीको अन्तरिम सरकारमा उनी अर्थमन्त्री बन्ने टुंगो लागिसकेको छ। नियुक्त हुने भने बाँकी छ। मन्त्री बन्ने पक्का ‍भएपछि उनले आफूले कुनै पनि...