नयाँ वर्षमा फिल्म घोषणाको ओइरो
नयाँ वर्ष २०८३ को अवसर पारेर फिल्म घोषणाको ओइरो देखिएको छ। मंगलबार नयाँ वर्षको पहिलो दिन थुप्रै निर्माता तथा निर्देशकले फिल्म घोषणा तथा प्रदर्शन मिति सार्वजनिक गरेका छन्। वर्ष २०८२ को व्यवसायिक हिसाबले सबभन्दा सफल फिल्म 'परान' का निर्देशक दीपक आचार्यले...
