ओलीलाई सोध्न भन्दै विद्या भण्डारीले पत्रकारलाई दिएका दुई प्रश्न
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी मंगलबार बिहान विराटनगर रोडशेषस्थित एक होटलको दोस्रो तलाको बैठक कक्षमा एमाले कार्यकर्ताहरूसँग भेटघाटमा व्यस्त थिइन्। मोरङ, सुनसरी, धनकुटा लगायतका जिल्लाबाट आएका एमाले नेता–कार्यकर्ताहरू पालो र हुल दुवै बाँधेर उनीसँग भेटिरहेका थिए। भेटघाटको सबै चाँजो मिलाउने काममा मोरङकै नेताहरू खटिएका थिए। ‘पूर्वराष्ट्रपति...