शैक्षिक स्तर सुधार्न विद्यार्थी, शिक्षक, अभिभावकको प्रयास आवश्यक : मुख्यमन्त्री सिंह
जनकपुरधाम : मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले खस्किँदो शैक्षिक स्तर सुधार्न विद्यार्थी, शिक्षक, अभिभावक र सरोकारवालाको संयुक्त प्रयास आवश्यक रहेको बताएका छन्। जनकपुरधाममा मंगलबार मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्रालयको आयोजना एवं भारतीय महावाणिज्य दूतावास वीरगञ्जको समन्वयमा एस.ई.ई.परीक्षा -२०८१ मा प्रत्येक स्थानीय...