ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

जसपा नेपाल र लोसपाको समर्थनमा रूपन्देही–३ मा स्वतन्त्र उम्मेदवार उठाउँदै रेशम चौधरी

४६ सेकेन्ड अघि   सेतोपाटी

नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीले रूपन्देही–३ को उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार उठाउने भएका छन्। आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि नागरिक उन्मुक्ति पार्टी निर्वाचन आयोगमा दर्ता हुन सकेको थिएन। त्यसपछि संरक्षक चौधरीले संयुक्त लोकतान्त्रिक मोर्चाको साथ लिएर...

उपसभामुख हटाउने कुरा गलत छ, हामी विरोध गर्छौंः अध्यक्ष दाहाल

२ मिनेट अघि   थाहाखबर

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले उपसभामुख इन्दिरा रानालाई हटाउने कुरा गलत रहेको बताएका छन्। सचिवालय बैठकपछि पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले पहिलादेखि नै सत्तारुढ दल नेपाली कांग्रेस र...

जलवायु परिवर्तनको समस्या राजनीतिक सीमामा सीमित हुँदैन : सभामुख घिमिरे

२ मिनेट अघि   थाहाखबर

काठमाडौँ : सभामुख देवराज घिमिरेले जलवायु परिवर्तनको समस्या राजनीतिक सीमामा सीमित नरहने बताएका छन्। हिन्दुकुश हिमालय संसदीय सम्मेलनको समापन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले कुनै एक देशले मात्रै जलवायु परिवर्तनको समस्या समाधान गर्न नसक्ने बताए। उनले जलवायु...

माओवादी केन्द्रको आरोपः सरकारले राज्यका सबै संयन्त्र कब्जा गरेर राज्य आतंक मच्चाउन खोज्यो

६ मिनेट अघि   थाहाखबर

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का सांसद सुरेशकुमार आलेमगरले सरकारले राज्यका सबै संयन्त्रहरू कब्जा गरेर राज्य आतंक मच्चाउने प्रयास गरेको आरोप लगाएका छन्। राष्ट्रिय सभाको मंगलवारको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन्। सरकारले संवैधानिक निकायदेखि न्यायालयसम्म नियन्त्रण गर्ने प्रयास गरेको...

कांग्रेस-एमालेसँगको छलफलमा उपसभामुखबारे के भने साना दलहरूले?

१९ मिनेट अघि   सेतोपाटी

सत्तारूढ नेपाली कांग्रेस र नेकपा (एमाले) ले सरकारमा सामेल र सरकारलाई समर्थन दिए हालै फिर्ता लिएका दलहरूसँग उपसभामुखबारे छलफल गरेका छन्। सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा मंगलबार भएको छलफलमा सत्तारूढ कांग्रेस र एमालेका साथै लोसपा, जनता समाजवादी पार्टी र सरकारलाई...

भदौ ११ बाट बन्दीपुर केबलकारको आइपिओ

२५ मिनेट अघि   सेतोपाटी

बन्दीपुर केबलकार एण्ड टुरिज्म लिमिटेडले भदौ ११ गतेबाट सर्वसाधारणको लागि आइपिओ जारी गर्ने भएको छ।  कम्पनीले ४३ लाख ४१ हजार ८० कित्ता सेयर सर्वसाधारणमा जारी गर्ने भएको हो। न्यूनतम १० देखि अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सकिनेछ।  सेयर निष्कासन...

बालबालिकाको प्रतिरोधी क्षमता बढाउन स्वर्ण भस्म, घ्यू र महमा मिसाएर बनाइएको थोपा खुवाउँदै सरकार

३० मिनेट अघि   थाहाखबर

काठमाडौँ : बालबालिकाको रोगप्रतिरोधात्मक क्षमता बढाउन सरकारले घरेलु औषधिलाई राष्ट्रिय रूपमा अभियानकै रुपमा सञ्चालन गर्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयुर्वेद तथा वैकल्पिक सेवा विभागको नेतृत्वमा आयुर्वेदिक पद्धतिबाट तयार गरिएको स्वर्णविन्दु प्राशन थोपा खुवाउन लागेको हो। जस अनुसार पहिलो...

नन्दनको उत्कृष्ट बलिङमा होबर्टमाथि नेपालको जित

३५ मिनेट अघि   सेतोपाटी

अस्ट्रेलियाको नर्दन टेरेटोरीमा जारी टप एन्ड टी-२० सिरिजमा नेपालले पहिलो जित निकालेको छ।  यसअघिका तीन खेलमा लगातार पराजय भोगेको नेपालले मंगलबार होबर्ट हरिकेन्स एकेडेमीलाई ६६रनले पराजित गर्‍यो।  नेपालले दिएको १८१ रनको लक्ष्य पछ्याएको होबर्ट १६.१ ओभरमा ११४ रनमै अलआउट भयो।  होबर्टलाई सस्तैमा अलआउट...

फिल्म 'कोशेढुंगा' को ट्रेलर सार्वजनिक, भदौ १२ देखि प्रदर्शनमा

४६ मिनेट अघि   सेतोपाटी

सुपरहिट फिल्म 'पूर्णबहादुरको सारंगी' का निर्देशक सरोज पौडेलको लेखन तथा निर्देशनमा तयार भएको नयाँ फिल्म 'कोशेढुंगा' को ट्रेलर सार्वजनिक गरिएको छ।  मंगलबार सार्वजनिक ट्रेलरमा ग्रामीण परिवेश, पारिवारिक सम्बन्ध, प्रेम, धोका, संघर्ष र सामाजिक द्वन्द्वका विविध पक्षलाई प्रस्तुत गरिएको छ। पहाडी गाउँको...

कोरियाले ५ हजार माग्दा एक लाख बढीले दिए आवेदन

४७ मिनेट अघि   सेतोपाटी

रोजगार अनुमति प्रणाली (इपिएसा) अन्तर्गत दक्षिण कोरिया जानका लागि एक लाख तीन हजार जनाले आवेदन दिएका छन्। इपिएस शाखाले नेपालीहरू युवाहरूका लागि सन् २०२५ को इपिएस परीक्षा आवेदन गएको साउन २६ गतेदेखि ३१ गतेसम्म खुला गरेको थियो। शाखाका अनुसार कोरियाले...

उपसभामुख हटाउनबारे जनमतले भन्यो : हामी सत्ता गठबन्धनसँगै छौँ

५३ मिनेट अघि   थाहाखबर

काठमाडौँ : जनमत पार्टीले उपसभामुख हटाउने विषयमा आफूहरू सत्ता गठबन्धनसँगै रहेको स्पष्ट पारेको छ। मधेश प्रदेशको सरकारको नेतृत्व लिएर केन्द्रको सरकारलाई समर्थन गरेको उसले उपसभामुख हटाउने कांग्रेस–एमालेको चाहनालाई समर्थन गर्ने स्पष्ट पारेको हो।  सिंहदरबारमा जारी सत्तारुढ दलहरूको बैठकमा सांसद अनीता देवीलाई पठाएको...

भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर

५३ मिनेट अघि   सेतोपाटी

इन्टरनेट सेवा प्रदायक भायानेट दोस्रो कर्पोरेट क्रिकेट लिग २०८२ को टाइटल स्पोन्सर बनेको छ।  भेट्रान्स फोर्टी क्लबको आयोजनामा हुने यो प्रतियोगिता आगामी भदौ १३ देखि १६ गतेसम्म बूढानीलकण्ठस्थित रोयल स्पोर्ट्स पार्क, चुनिखेलमा हुनेछ। भायानेटले कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सरसीपलाई कर्पोरेट...

उपसभामुखले गल्ती गरेको केही छैन, खाली कपोलकल्पित कुराले हटाउन खोजिँदैछः प्रचण्ड

५८ मिनेट अघि   सेतोपाटी

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कपोलकल्पित आरोप लगाएर नेपाली कांग्रेस र नेकपा (एमाले) ले ईन्दिरा रानामगरलाई उपसभामुखबाट हटाउन खोजेको आरोप लगाएका छन्। कांग्रेस–एमालेले उपसभामुख रानामगरलाई आचरणको कारण देखाएर हटाउने तयारी गरेका छन्। त्यसका लागि संसदीय दलको कार्यालयमा सांसदहरूलाई...

चितवनमा चिनियाँ लगानीमा बोन म्यारो ट्रान्सप्लान्टको भवन बन्दै, तयार पारिँदै जनशक्ति

१ घण्टा अघि   सेतोपाटी

भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘बोन म्यारो ट्रान्सप्लान्ट’ का लागि काम अघि बढेको छ।  अस्पतालको प्रशासनिक भवन नजिकैको जमिनमा भवन बनाउने प्रक्रिया सुरू भएको अस्पतालका कार्यकारी निर्देशक डाक्टर शिवजी पौडेलले जानकारी दिए। भवन निर्माणअघि माटोको परीक्षण र नक्सा निर्माणको काम...

निखिल उप्रेतीको फिल्म 'आचार्य' को छायांकन भारतमा सुरू हुँदै

१ घण्टा अघि   सेतोपाटी

अभिनेता तथा निर्देशक निखिल उप्रेती फिल्म 'आचार्य' को छायांकनका लागि भारत प्रस्थान गरेका छन्। मंगलबार उनीसहितको निर्माण टोली काठमाडौंबाट पश्चिम बंगालका लागि प्रस्थान गरेको हो।  'भैरव' बाट निर्देशनमा डेब्यु गरेको करिब एक दशकपछि निखिलले निर्देशनमा पुनरागमन गर्न लागेको यो फिल्मलाई उनको 'ड्रिम...

रवि लामिछानेको शरीरमा देखियो भिटामिन 'डी' को कमी

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको शरीरमा भिटामिन डीको मात्रामा कमी देखिएको छ। शरीरमा केही परिवर्तन देखिएको भन्दै सोमबार उनको स्वास्थ्य परीक्षण गरिएको थियो। ट्रमा चिकित्सकको टोली उनलाई राखिएको नख्खु कारागार गएर स्वास्थ्य परीक्षण गर्नुका साथै रगतको नमूनासमेत जाँचका...

कांग्रेस–एमाले सांसदले भने : उपसभामुख हटाउने प्रक्रिया सुरु भयो

१ घण्टा अघि   थाहाखबर

काठमाडाैं : नेपाली कांग्रेसका सांसद दुर्लभ थापाले उपसभामुख इन्दिरा रानामगरलाई हटाउन आवश्यक परेकोले प्रतिक्रिया अघि बढाइएकाे बताएका छन्। ​सिंहदरवारमा पत्रकारहरूसँग कुरा गर्दै उनले त्यसैका लागि हस्ताक्षर गरिरहेकाे पनि स्पष्ट पारे।  ‘अहिले आवश्यकता पर्यो। अहिले हटाउन सुरु गर्याैं', पत्रकारहरूसँग सा‌सद थापाले भने, 'हस्ताक्षर गर्न दलले निर्देशन दियो।...

उपसभामुख हटाउन कांग्रेस-एमालेले खोजे सत्तापक्षका अरू दलको साथ, तत्काल प्रस्ताव दर्ता नगर्ने

१ घण्टा अघि   सेतोपाटी

सत्तारूढ नेपाली कांग्रेस र नेकपा (एमाले) ले आचरणसम्बन्धी प्रश्न उठाउँदै उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउने तयारी गरेका छन्। मंगलबार सिंहदरबारस्थित कांग्रेस र एमाले संसदीय दलमा उनीहरूले आ-आफ्ना सांसदहरूको हस्ताक्षरसमेत लिएका छन्। तर तत्काल प्रस्ताव दर्ता गर्ने कि नगर्ने भन्नेमा...

नाडा अटो शोको विशेष आकर्षण उड्ने ट्याक्सी, हेर्नुस् तस्बिरमा

१ घण्टा अघि   सेतोपाटी

आजदेखि भृकुटीमण्डपमा नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन (नाडा)  शो सुरू भएको छ। भदौ ८ गतेसम्म चल्ने नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन (नाडा) को प्रदर्शनीमा अन्य विभिन्न मोडलका सवारी साधन सँगसँगै उड्ने ट्याक्सी विशेष आकर्षण रहेको छ। अत्याधुनिक प्रविधियुक्त यो ट्याक्सी 'एमएडब्लू वृद्धि अटोकर्प' कम्पनीले...

सबैले स्वच्छ हावामा श्वास फेर्न पाउने वातावरण बनाऔँ : विमला घिमिरे

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : राष्ट्रियसभाकी उपाध्यक्ष विमला घिमिरेले हिन्दुकुश हिमालय क्षेत्रका देशहरूले साझा एजेण्ड बनाई जलवायु परिवर्तनका असरबारे काम गर्नुपर्ने बताएकी छन्। हिन्दुकुश हिमालय संसदीय सम्मेलनका क्रममा मंगलवार काठमाडौंमा सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्। उनले हिन्दुकुश हिमालय क्षेत्रका मुलकको पारिस्थतिकीय प्रणाली...

भृकुटीमण्डमा उड्ने ट्याक्सी, रोबोट्सदेखि गाडीको प्रदर्शनी सुरु

१ घण्टा अघि   सेतोपाटी

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गरेको ‘नाडा अटो–शो २०२५’ भृकुटीमण्डपमा सुरु भएको छ।  स्मार्ट फोनको सहयोगमा दीप प्रज्वलन गरी प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदर्शनीको उद्घाटन गरेका हुन्।उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले नेपालमा अब गाडी उत्पादन गर्ने बाटो खुलेको बताए। ...

आयुष्मान र रश्मिकाको 'थामा' मा नवाजुद्दीनको ट्विस्ट, टिजर सार्वजनिक (भिडिओ)

१ घण्टा अघि   सेतोपाटी

'स्त्री २' को सफलतापछि म्याडडक फिल्म्स प्रोडक्सनले आफ्नो हरर-कमेडी दुनियाँको नयाँ फिल्म 'थामा' दर्शकमाझ ल्याउँदैछ। मंगलबार मात्रै यो फिल्मको १ मिनेट ४९ सेकेन्ड अवधिको टिजर युट्युबमा सार्वजनिक भएको छ। आयुष्मान खुराना र रश्मिका मन्दनाको मुख्य भूमिका रहेको यो फिल्मलाई म्याडडक हरर–कमेडी युनिभर्सको...

उपसभामुखलाई हटाउने तयारीबीच सिंहदरबारमा सत्ता गठबन्धनको बैठक

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : उपसभामुख इन्दिरा रानामगरलाई हटाउने तयारीबीच सिंहदरबारमा सत्ता गठबन्धनकाे बैठक बाेलाइएकाे छ। उपसभामुखलाई पदमुक्त गर्न खाली पानामा हस्ताक्षर संकलन गरिरहेका सत्तारुढ दल कांग्रेस र एमालेसहित सरकारलाई समर्थन गर्ने दलहरूको बैठक बोलाइएको हाे।  कांग्रेस संसदीय दलको कार्यालयमा सत्ता गठबन्धनको बैठक बस्ने सूचनापछि नेताहरू...

एएफसी महिला च्याम्पियन्स लिगको नयाँ यात्रा सुरू गर्दै एपिएफ

१ घण्टा अघि   सेतोपाटी

नेपाली घरेलु फुटबलको पावरहाउस तथा लिग च्याम्पियन सशस्त्र प्रहरी बलको एपिएफ क्लबले एएफसी वुमेन्स च्याम्पियन्स लिग २०२५/२६ को प्रारम्भिक चरणमा कठिन प्रतिद्वन्द्वीको सामना गर्दैछ। उज्वेकिस्तानमा आयोजना हुने समूह 'बी' को खेलमा एपिएफले साउदी अरेबियाको चर्चित क्लब अल नासर, आयोजक उज्वेकिस्तानको...