ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

कोप-३० को तयारी सुरु, जलवायु वित्तका विषयमा केन्द्रित हुने

२४ मिनेट अघि   थाहाखबर

काठमाडौं : जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको ३०औँ सम्मेलन (कोप-३०) का लागि नेपालले तयारी प्रारम्भ गरेको छ। कोप–३० आगामी नोभेम्बर १० देखि २१ तारिख (आगामी कात्तिक २४ देखि मङ्सिर ५ गतेसम्म) सम्म ब्राजिलको बेलेममा आयोजना हुँदैछ। यो सम्मेलन...

एमाले केन्द्रीय परिषद् सदस्य कुँवर माओवादी केन्द्रमा प्रवेश

४५ मिनेट अघि   थाहाखबर

काठमाडौं : बैतडी कुवाकोट निवासी एमाले केन्द्रीय परिषद् सदस्य दिपेन्द्र कुँवर नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन्। जनयुद्ध कालदेखि नै माओवादी आन्दोलनमा सक्रिय रहेका उनी तत्कालीन नेकपा विभाजनपश्चात एमालेमा सक्रिय थिए। कुवरलाई माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’...

पुटिनले भने- सन् २०२२ मा ट्रम्प सत्तामा हुन्थे भने युक्रेनमा आक्रमण गर्दैनथ्यौं

५० मिनेट अघि   सेतोपाटी

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले ट्रम्पले बारम्बार गर्दै आएको दाबीमा सहमति जनाएका छन्।   अलास्कामा ट्रम्पसँग तीन घन्टा वार्ता गरेपछि पुटिनले सन् २०२२ मा अमेरिकी सत्ता ट्रम्पको नेतृत्वमा हुन्थ्यो भने युक्रेनसँग युद्ध नै नहुने बताएका हुन्। 'राष्ट्रपति ट्रम्पको भनाइलाई समर्थन छ।...

ड्रागन फ्रुट खेतीतर्फ आकर्षित हुँदै मकवानपुरका किसान

५५ मिनेट अघि   थाहाखबर

मकवानपुर : मकवानपुरका किसान पछिल्लो समय ड्रागन फ्रुटको व्यवसायिक खेतीतर्फ आकर्षित हुँदै गएका छन् । उत्पादन क्षमता, राम्रो आम्दानी र बजारमा बढ्दो मागले गर्दा कृषकहरू यस खेतीतर्फ उन्मुख भएका हुन् । पदमपोखरीका कृषक फेन्चु लामाले १ बिघा क्षेत्रफलमा ड्रागन फ्रुट...

कराेडाैं खर्चेर निर्माण गरिएकाे शीतभण्डार प्रयोगविहीन

१ घण्टा अघि   थाहाखबर

नवलपरासी :  सुस्ता गाउँपालिका–४ मा रु पाँच करोड खर्चेर निर्माण गरिएको  शीतभण्डार प्रयोग विहीन छ। लुम्बिनी सरकारले उक्त रकम खर्चेर आलु, प्याजलगायत कृषि उपज लामो समयसम्म जोगाएर राख्न शीतभणडर निर्माण गरेको हो। ​ सुस्ता गाउँपालिका–४ का वडाध्यक्ष नीलबहादुर गुरुङले भण्डारणका सामग्री नभएकाले...

२४ घण्टामा पाकिस्तानभर वर्षाजन्य विपद्बाट १९४ जनाको मृत्यु

१ घण्टा अघि   थाहाखबर

राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए) ले शुक्रवार गत २४ घण्टामा पाकिस्तानभर १ सय ९४ जनाको मृत्यु भएको बताएको छ। राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए) ले शुक्रबार यसबारे जानकारी दिएको हो। उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्त सबैभन्दा बढी प्रभावित भएको छ। जसमा...

'लेखेर राख्नुस्– ४० कटेपछि तपाईं पनि धर्मकर्ममा लाग्नुहुनेछ!'

१ घण्टा अघि   सेतोपाटी

दक्षिणकालीको जंगल। पाउरोटी, जाम, अण्डा– ब्रेकफस्ट, मासु, पुलाउ, लन्च, बीचबीचमा दारू। त्यसपछिको अल्छे गफगाफ। कुरा धर्मकर्मको। म सोसियोलोजी पढाउने टिचर, उहाँ फिजिक्स पढाउने टिचर। अन्दाजी पाँच फिट, पुटुक्क पेट निस्केको, तालु चिल्लो, नास्तिकताबारे मेरो लेक्चरबाट उहाँ हल्का चिढिनुभएको छ। छेउमा...

दर्ता भएर सञ्चालनमा नरहेका विद्यालयको अनुमति खारेज गरिने

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : काठमाडौं महानगरपालिकाले आफ्नो मातहतमा दर्ता भएका तर सञ्चालनमा नरहेका संस्थागत विद्यालयहरूको अनुमति खारेजीको तयारी थालेको छ । कामपा शिक्षा विभागले यस्ता विद्यालयहरूको स्थलगत अनुगमन गरी खारेजीको लागि थप प्रक्रियामा जाने तयारी गरेको कामपाले जानकारी दिएको छ । वैकल्पिक विद्यालयहरू महिला ज्योति,...

विपी राजमार्गमा थप १५ दिन रातिको समयमा सवारी चलाउन नपाइने

१ घण्टा अघि   सेतोपाटी

बिपी राजमार्गमा भदौ १ गतेदेखि थप १५ दिन सवारी सञ्चालनमा रोक लगाइएको छ। जोखिमका कारण गत असार ७ गतेदेखि राति सवारी सञ्चालनमा रोक लगाउँदै आइएकोमा भदौ १५ गतेसम्म १२ घण्टा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ। जिल्ला सुरक्षा...

भाइरल गराउने नाममा फेक न्युज रोक्न पर्छ: सभामुख घिमिरे

२ घण्टा अघि   सेतोपाटी

सभामुख देवराज घिमिरेले भाइरल गराउने नाममा फेक न्युजलाई रोक्नुपर्ने सुझाव दिएका छन्। शुक्रबार स्वास्थ्य पत्रकार मञ्च नेपालको दसौं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले जनस्वास्थ्यसॅंग सम्बन्धित समाचार लेख्दा अझै गम्भिर हुनपर्ने बताए। ‘तत्थ्यमा आधारित जनस्वास्थ्यसॅंग जोडिएका विषयहरुलाई आम...

बीपी राजमार्गमा थप १५ दिन राति सवारी सञ्चालनमा रोक

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : बीपी राजमार्गमा भदौ १ गतेदेखि थप १५ दिन सवारी सञ्चालनमा रोक लगाइएको छ। जोखिमका कारण गत असार ७ गतेदेखि राति सवारी सञ्चालनमा रोक लगाउँदै आइएकोमा भदौ १५ गतेसम्म १२ घण्टा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ।  जिल्ला...

टप एन्ड टी-२० सिरिजको दोस्रो खेलमा बंगलादेश ‘ए’ सँग भिड्दै नेपाल

२ घण्टा अघि   सेतोपाटी

अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजमा नेपालले दोस्रो खेल खेल्दैछ। दोस्रो खेलमा नेपालले आज बंगलादेश ‘ए’ सँग भिड्दैछ। डार्विनको मरारा क्रिकेट ग्राउण्ड २ मा हुने खेल दिउँसो नेपाली समयअनुसार सवा २ बजे सुरु हुनेछ। दुवै टोली आ-आफ्नो पहिलो...

निर्माणको अन्तिम चरणमा नागढुङ्गा सुरुङमार्ग : तस्विर

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाल सुरुङमार्गको चरणमा प्रवेश गर्दै छ। निर्माणको अन्तिम चरणमा रहेको काठमाडौँको नागढुङ्गा र धादिङको सिस्नेखोला सुरुङमार्ग नेपालको सडक निर्माण तथा विकासको इतिहासमा पहिलो सुरुङ मार्गको रूपमा रहनेछ। हालसम्म ९३ प्रतिशत भौतिक प्रगति भएको यो सुरुङमार्ग आगामी पुस-माघसम्ममा सञ्चालन ल्याउने...

नारायणघाटमा निकालिँदैछ रोपाइँ जात्रा

२ घण्टा अघि   सेतोपाटी

चितवनको नारायणी कला मन्दिरले कृष्ण जन्माष्टमीको अवसरमा रोपाइँ जात्रा निकाल्दैछ। कृषि पेशामा आधारित नेपाली जनजीवनलाई प्रस्तुत गरिने यो जात्रा नारायणघाटमा हरेक वर्ष मनाइन्छ। नारायणी कला मन्दिरका अध्यक्ष रोहितकुमार श्रेष्ठले यस वर्ष २९ वटा संस्थाहरुको सहकार्यमा जात्रा निकाल्न लागिएको जानकारी दिए।...

सुनसरी कारागारबाट भागेका कैदी झापामा पक्राउ

२ घण्टा अघि   सेतोपाटी

सुनसरी कारागारको पर्खाल नाघेर भागेका एक जना फरार कैदी आज बिहान झापाको बिर्तामोडबाट पक्राउ परेका छन्। जबर्जस्ती करणी अभियोगमा सजाय भोगिरहेका खोटाङ दिप्रुङचुचुमा गाउँपालिका–२ का २८ वर्षीय रूपक पौडेललाई बिर्तामोड नगरपालिका–१० स्थित विराटपोखरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता...

भित्ताबाट हराउँदैछन् अष्टिम्की चित्रकला

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : कृष्ण जन्माष्टमी नजिकिँदै गर्दा पश्चिम नेपालका थारू बस्तीमा अष्टिम्कीको तयारी शुरू हुन्थ्यो। चित्र कोर्नका लागि प्राकृतिक रङको जोहो गरिन्थ्यो। हरियो रङका लागि सिमी, कत्थक रङका लागि विशेष काठ, रातो रङका लागि पवईं साग। कालो रङका लागि त सुकेको लौका...

सर्लाहीमा गोली चल्यो, एक जनाको मृत्यु

३ घण्टा अघि   सेतोपाटी

सर्लाहीको हरिपुर्वा नगरपालिकामा गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ। हरिपुर्वा नगरपालिका–६, का ४५ वर्षीय रामपुकार राय यादवको अज्ञात व्यक्तिले गोली प्रहार गर्दा मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए। यादवलाई शुक्रबार साँझ आफ्नै घरको...

ट्रम्प र पुटिनबीचको वार्ता निष्कर्षविहीन

३ घण्टा अघि   थाहाखबर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच अमेरिकाको अलास्कामा भएको उच्चस्तरीय वार्ता निष्कर्षविहीन बनेको छ। एंकोरेज सहरमा तीन घण्टासम्म चलेको वार्ता युक्रेन युद्ध विराममा केन्द्रित भए पनि कुनै सहमति नजुटेको अधिकारीहरूले जनाएका छन् ।  वार्तापछि ट्रम्पले आफूहरु सम्झौतासम्म नपुगेको...

शंकर पोखरेलको सही प्रश्न

३ घण्टा अघि   सेतोपाटी

कर्मकल्चर नेकपा एमालेका महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमा साझा गरेको विचार मैले दोहोर्‍याएर पढेँ। बुझ्न नसकेर फेरि पढ्नु परेको होइन। त्यस्तो सन्देश सत्ता गठबन्धनको नेतृत्व गरिरहेको पार्टीबाट कसरी सम्भव भयो भन्ने नपत्याएर! त्यो संस्थागत धारणा हो भने पार्टी सही नीतितर्फ अग्रसर...

युक्रेन युद्धबारे पुटिनसँगको वार्तापछि ट्रम्पले भने- बल अब जेलेन्स्कीको कोर्टमा छ

३ घण्टा अघि   सेतोपाटी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा युद्धविरामका लागि निर्णयको जिम्मा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको हातमा रहेको बताएका छन्। शनिबार अलास्कामा पुटिनसँग तीन घन्टा लामो वार्ता सकिएपछि फक्स न्यूजसँग कुरा गर्दै ट्रम्पले बल अब जेलेन्स्कीको कोर्टमा पुगेको बताएका हुन्। 'धेरै बुँदामा सहमत छौं।...

साँफे-मार्तडी राजमार्ग अवरुद्ध

३ घण्टा अघि   थाहाखबर

बाजुरा : शुक्रबार रातिदेखि आएको अविरल वर्षाका कारण जिल्ला सदरमुकाम जोड्ने साँफे-मार्तडी राजमार्ग अवरुद्ध भएको छ ।  अविरल वर्षाका कारण बडीमालिका नगरपालिका–४ रिला खोलामा बाढी आएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवबहादुर चौधरीले...

नेपाली मूर्ति विश्व बजारमा माग, उत्पादन भने कम

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपालमा निर्मित काठ, प्रस्तर, तामा, चाँदी, तामामा सुनको जलप लगाएर तयार गरिएका हस्तकलाका मूर्ति विश्व बजारमा पुगिरहेका छन्। कलाकौशलले भरिपूर्ण कलात्मक मूर्ति र सजावटका हस्तकला सामग्रीको माग चीन, भारतसहित युरोप, अमेरिकालगायत देशमा हुने गरे पनि ठूलो परिमाणमा उत्पादन भने...

फिल्म 'बलिदान' को टिजर सार्वजनिक (भिडिओ)

३ घण्टा अघि   सेतोपाटी

फिल्म 'बलिदान' को एक्सन र ड्रामाले भरिएको अफिसियल टिजर सार्वजनिक गरिएको छ। शनिबार बिहान सार्वजनिक झन्डै दुई मिनेट अवधिको टिजरमा फिल्मको कथावस्तुको सानो झल्को दिइएको छ।  न्यारेसनसँगै सुरू हुने टिजरमा एक आदिम बस्तीमाथि भइरहेको आक्रमण र त्यसबाट बचेर भाग्न खोजिरहेका पात्रहरूलाई...

सुनसरी कारागारबाट भागेका कैदी झापामा पक्राउ

४ घण्टा अघि   थाहाखबर

काठमाडौँ : सुनसरी कारागारको पर्खाल नाघेर भागेका एक कैदी शनिबार बिहान झापाको बिर्तामोडबाट पक्राउ परेका छन्।  जबर्जस्ती करणी अभियोगमा सजाय भोगिरहेका खोटाङ दिप्रुङचुचुमा गाउँपालिका-२ का २८ वर्षीय रूपक पौडेललाई बिर्तामोड नगरपालिका-१० स्थित विराटपोखरबाट पक्राउ परेकोको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता...