ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

कुलिङ पिरियडमा हेरफेरसम्बन्धी छानबिन अन्तिम चरणमा: सत्तापक्षलाई कुर्दै प्रतिपक्षी सांसदहरू

५ मिनेट अघि   सेतोपाटी

संघीय निजामती सेवा विधेयमा समावेश कुलिङ पिरियडसम्बन्धी व्यवस्था हेरफेरमा छानबिन गर्न गठित समितिले काम अन्तिम चरणमा पुर्‍याएको छ। समितिलाई दिएको म्याद सोमबारसम्म छ। त्यसैले समितिका सांसदहरूले प्रतिवेदनलाई अन्तिम रूप दिन लागेका छन्। आइतबार बिहान पनि समितिका सांसदहरूबीच कुराकानी भएको थियो।...

इन्टरनेट सेवामा शीर्ष ५ कम्पनीको प्रभुत्व, कसका ग्राहक कति ?

६ मिनेट अघि   थाहाखबर

काठमाडौं :  इन्टरनेट बजारमा मुख्य पाँच कम्पनीहरूको प्रभुत्व देखिएको छ। नेपाल दूरसञ्चार प्राधिकरणकाअनुसार शीर्ष पाँच कम्पनीहरूले कुल बजारको ७२ प्रतिशत हिस्सा ओगटेका छन्। प्राधिकरणको तथ्यांकअनुसार गत असारसम्म हाल देशभर ३२ लाख ४८ हजार ६७४ जना फिक्स ब्रोडब्याण्ड इन्टरनेट ग्राहक रहेकामा...

२०३० सम्ममा वार्षिक १६ लाखको हाराहारीमा पर्यटक भित्रन सक्ने

८ मिनेट अघि   थाहाखबर

काठमाडौं : पछिल्लो समय पर्यटकहरूको आवागमनमा उल्लेख्य वृद्धि भएसँगै आगामी २०३० सम्ममा नेपाल घुम्न आउने पर्यटकको संख्या १६ लाखको हाराहारीमा पुग्ने सरकारी अधिकारीहरू प्रक्षेपण गरेका छन्।  उनीहरूकाअनुसार हवाई पूर्वाधारदेखि नेपाल एयरलाइन्ससम्मले गन्तव्य बढाउनसके पर्यटकको संख्यामा भारी रुपमा वृद्धि हुनेछ। नेपाल...

डि भिलियर्सले भने- नेपाल खतरनाक क्रिकेट टोली हो

२१ मिनेट अघि   सेतोपाटी

दक्षिण अफ्रिकन क्रिकेटर एबी डि भिलियर्सले नेपाली क्रिकेट टोली राम्रो भएको बताउँदै प्रशंसा गरेका छन्।  भारतीय शुभांकर मिश्रले उनीसँग गरेको कुराकानीको अंश युट्युबमा अपलोड गरेका छन्।  जहाँ मिश्रले नेपालमा डि भिलियर्सका धेरै  फ्यान रहेको बताउँदै नेपालबारे सोधेका थिए।  सन् २०२४...

नक्कली भुटानी शरणार्थी प्रकरण: न्यायाधीश भट्टको इजलासमा साक्षीको बकपत्र

३० मिनेट अघि   सेतोपाटी

नक्कली भुटानी शरणार्थी प्रकरणमा बकपत्र सुरू भएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश दिवाकर भट्टको इजलासमा साक्षीको बकपत्र भइरहेको हो। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लगायत युरोपेली देशमा पठाउन ठूलो रकम असुली गरेको आरोप लागेको थियो। यस घटनामा ठगी,...

बहुविवाह प्रोत्साहन गर्ने कानुन ल्याइँदैन: मन्त्री चौरसिया

३१ मिनेट अघि   सेतोपाटी

कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले बहुविवाहलाई प्रोत्साहन गर्ने गरी कानून नल्याइने बताएका छन्। नेपाली कांग्रेसनिकट नेपाल महिला संघले आइतबार ज्ञापन पत्र बुझाएपछि मन्त्री चौरसियाले बहुविवाह प्रोत्साहन गर्ने कानुन ल्याउने पक्षमा सरकार नरहेको बताए। सरकारले मुलुकी देवानी (संहिता) ऐन,...

बहुविवाहलाई प्रोत्साहन गर्नेगरी कानुन बन्दैन : मन्त्री चौरसिया

३३ मिनेट अघि   थाहाखबर

काठमाडौं : कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले बहुविवाहलाई प्रोत्साहन गर्ने गरी कानून नल्याइने बताएका छन्।  नेपाल महिला संघले आइतवार मन्त्रालयमा बुझाएको ज्ञापन पत्र बुझ्दै मन्त्री चौरसियाले यस्तो प्रतिवद्धता जनाएका हुन्। सरकारले गलत सम्बन्धबाट गर्भ रही जन्मिएको सन्तानको अधिकार...

प्रहरीले हवाई फायर गरी दुई जना समात्यो, लागुऔषध बरामद

४५ मिनेट अघि   थाहाखबर

राजविराज : सप्तरीको छिन्नमस्ता गाउँपालिका– १ बरहीविरपुरमा प्रहरीले हवाई फायर गरी आज लागुऔषध हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ ।गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले दुई राउण्ड हवाई फायर गर्दै दुई जनालाई लागुऔषध हेरोइनसहित पक्राउ गरेको हो...

ललितपुरमा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

५२ मिनेट अघि   सेतोपाटी

ललितपुरमा एक जना महिलाको हत्या भएको छ। गोदावरी नगरपालिका-१४ ठचोमा एक जना महिलाको हत्या भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीले जानकारी दिए। श्रीमती कमलामाया खड्गीको हत्या गरेको आरोपमा प्रहरीले उनका श्रीमान निरोजलाई पक्राउ गरेको छ। उनीहरूको घर चन्द्रागिरि नगरपालिका...

डियर प्रेम!

५३ मिनेट अघि   सेतोपाटी

आकाशमा जून हेरेर  आजकल ऊ टोलाउने गर्छ  सायद कसैलाई सम्झन्छ उसले जून जस्तै सुन्दर मान्छे गुमाएकोमा  वा  जून जस्तै ऊसँग टाढा भएकोमा टोलाएको हो थाहा छैन  एकान्तमा गीत गुनगुनाउँदै बस्छ  एकोहोरो टोलाउँदै बस्छ  यो बाटोमा को ओहोरदोहोर गर्छन् थाहा पाउँदैन ...

बहुविवाहलाई छुट दिने कानुन रोक्न महिला संघको माग

५७ मिनेट अघि   थाहाखबर

काठमाडौं : बहुविवाहलाई छुट दिने प्रस्तावित कानून गैरजिम्मेवारपूर्ण रहेको भन्दै नेपाल महिला संघले तत्काल रोक्न माग गरेको छ । आइतबार सिंहदरबारस्थित कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा महिला संघले बहुविवाहलाई छुट दिने प्रस्तावित कानून गैरजिम्मेवार रहेकाले यसको प्रक्रिया अघि नबढाउन माग...

माओवादीलाई १७ हजारका नामले अझै बद्नाम गरिँदैछ : प्रचण्ड

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १७ हजारका नामले माओवादीलाई अझै पनि बद्नाम गर्ने कसरत भइरहेको बताएका छन्। ​ आइतवार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। अझै पनि माओवादीको बद्नाम...

चौथो पटक थपियो नारायणगढ-बुटवल सडक आयोजनाको म्याद

१ घण्टा अघि   सेतोपाटी

नारायणगढ-बुटवल सडक आयोजनाको म्याद एक वर्ष थप गरिएको छ। तेस्रो पटक थप गरिएको म्याद सकिँदासम्म जम्मा ७० प्रतिशत मात्र भौतिक प्रगति भएको सडक निर्माणका लागि एक वर्ष थप गरी २०८३ साउन ७ गतेसम्म म्याद दिइएको हो। नारायणगण-बुटवल सडक आयोजनाले अहिले थप...

साक्षी बनेर बयान दिनेले नै घुस दिएको भेटिएपछि अख्तियारले हाल्यो मुद्दा

१ घण्टा अघि   सेतोपाटी

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सरकारी साक्षी भएर विशेष अदालतमा बयान दिने व्यक्तिविरूद्ध नै मुद्दा दर्ता गरेको छ। साक्षी भनिएका बाँके कोहलपुर नगरपालिका बस्ने डम्बरबहादुर बुढाथोकीविरूद्ध अख्तियारले आइतबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो। अख्तियारका प्रवक्ता राजेन्द्र पौडेलका अनुसार सरकार प्रतिवादी रतनबहादुर...

मोटरसाइकलको ठक्करबाट घाइते महिलाको उपचारका क्रममा मृत्यु

१ घण्टा अघि   सेतोपाटी

मोटरसाइकलको ठक्करबाट घाइते एक जना महिलाको उपचारका क्रममा मृत्यु भएको छ। दाङको तुलसीपुर उपमहानगरपालिका ७ की ६५ वर्षीया गौमती रोकाको उपचारका क्रममा आइतबार बाँकेमा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सूर्य राना मगरले बताए। शनिबार दिउँसो साढे २...

मौनता र प्रेम!

१ घण्टा अघि   सेतोपाटी

जब शब्दहरूको सामर्थ्य शून्य हुन्छ मौनताले जरा उमार्दछ अनुभूतिको सगरमाथा यो केवल शब्दको अभाव मात्र नभई जीवनको संगीत बन्दछ र  सुनिन्छ हृदयका स्पष्ट धड्कनहरू- भिड, कोलाहल, अपेक्षा र असफलताहरूको विश्राम स्थल बनेर। चेतनाको चरम जागरणमा ऋषिहरू  मौनतामै चरम सत्य बोल्दछन्-...

'सैयारा' को दबदबाबीच 'धडक २' ले दुई दिनमा कति कमायो?

१ घण्टा अघि   सेतोपाटी

शुक्रबारदेखि प्रदर्शनमा आएको भारतीय फिल्म 'धडक २' ले बक्स अफिसमा औसत सुरूआत गरेको छ। सिनेमा हलमा 'सैयारा' को दबदबा कायमै रहेको अवस्थामा प्रदर्शनमा आएको फिल्मले सुखद् सुरूआत गर्ने अपेक्षा गरिएको थियो। तर सिद्धान्त चतुर्वेदी र तृप्ती डिमरी अभिनीत यो लभस्टोरी फिल्मले अपेक्षाभन्दा...

क्रिकेटर सोमपाल कामीलाई रोट्र्याक्ट वर्ष खेलाडी सम्मान

१ घण्टा अघि   सेतोपाटी

नेपाली राष्ट्रिय क्रिकेट खेलाडी सोमपाल कामी रोट्र्याक्ट वर्ष खेलाडीको रूपमा सम्मानित भएका छन्। बुटवलमा स्थापित रोट्र्याक्ट क्लब अफ तिनाउ सिटीले शनिबार साँझ सम्पन्न आफ्नो दसौँ पदस्थापन कार्यक्रममा सोमपाललाई नगद एक लाख रुपैयाँ र सम्मान पत्रसहित सम्मान गरेको हो। आफ्नो स्थापना कालदेखि...

यती एअरलाइन्स प्रायोजित 'वुमन विथ द विङ्गस' प्रतियोगिता पोखरामा सम्पन्न

१ घण्टा अघि   सेतोपाटी

यती एअरलाइन्सद्वारा प्रायोजित विशेष सबटाइटल 'वुमन विथ द विङ्गस' को प्रतियोगिता पोखरामा भव्य रूपमा सम्पन्न भएको छ। आत्मविश्वास, प्रस्तुतिको शैली, विचारशीलता र प्रेरणादायक व्यक्तित्वका आधारमा सम्पन्न प्रतियोगितामा २६ जना प्रतिस्पर्धीहरूले आ–आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए। 'वुमन विथ द विङ्गस' सबटाइटल आत्मविश्वासी,...

रूपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा बाबुको मृत्यु, छोरा घाइते

१ घण्टा अघि   सेतोपाटी

रूपन्देहीको सियारीमा भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। एक जना गम्भीर घाइते भएका छन्। प्रहरीका अनुसार मृतक र घाइते बाबु छोरा हुन्। सियारी गाउँपालिका वडा नं. ७ भर्थापुरमा आइतबार बिहान मोटरसाइकल दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी गणेश...

भारत, चीनले मान्यता दिने गरी गुणस्तर प्रयोगशाला बनाउन अर्थ र उद्योग मन्त्रालयको छलफल

२ घण्टा अघि   सेतोपाटी

अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनसम्बन्धी मन्त्रालयगत छलफल सुरू गरेको छ । यसै क्रममा अर्थ मन्त्रालयले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग छलफल गरेको छ । भारत, चीन लगायत अन्तर्राष्ट्रिय समुदायले मान्यता दिने गरी नेपालमा अन्तर्राष्ट्रिय स्तरको गुणस्तर प्रयोगशाला स्थापना...

पूर्व चिफ वार्डेनको सम्मानमा छावाको नाम राखियो 'रामप्रित गज'

२ घण्टा अघि   सेतोपाटी

चितवनको हात्ती प्रजनन् केन्द्र खोरसोरमा जन्मिएको ६९ औं छावाको नाम रामप्रित गज राखिएको छ। चितवन राष्ट्रिय निकुञ्जका पूर्व प्रमुख संरक्षण अधिकृत रामप्रित यादवको सम्मानमा छावाको नामाकरण गरिएको हो। निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा.गणेश पन्तले यादवले संरक्षणमा पुर्याएको योगदानको कदरस्वरुप छावाको...

सप्तरीमा दुई राउण्ड हवाइफायर, लागुऔषधसहित दुई जना पक्राउ

२ घण्टा अघि   सेतोपाटी

सप्तरीमा प्रहरीले गोली चलाएर दुई जना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ। आइतबार बिहान दुई सय ग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको लागुऔषध नियन्त्रण ब्युरोका एसएसपी कृष्ण कोइरालाले जानकारी दिए। पक्राउ पर्नेमा २७ वर्षीय विशाल राय र मनोज राय छन्। उनीहरूलाई...

१७ हजारका नामले माओवादीलाई अझै पनि बदनाम गर्दैछन्: प्रचण्ड

२ घण्टा अघि   सेतोपाटी

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले १७ हजारका नामले माओवादीलाई अझै पनि बदनाम गर्ने कसरत भइरहेको बताएका छन्। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आइतबार भएको कार्यक्रममा बोल्दै उनले अझै पनि माओवादीको बदनाम गर्नका लागि १७ हजार भन्ने गरिएकोमा असन्तुष्टि जनाए। ‘हामीलाई अहिले...