ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

ओम्निया क्लबका सञ्चालकलाई दुई दिन हिरासतमा राख्न अनुमति

२१ सेकेन्ड अघि   सेतोपाटी

काठमाडौंको ठमेलस्थित ओम्निया क्लबका सञ्चालक राजेन्द्र गुरूङलाई थप दुई दिन हिरासतमा राख्न म्याद थप भएको छ। सानुभाइ भनिने युवराज गुरूङको समूहसँग झडप गरेको आरोपमा शनिबार पक्राउ परेका उनलाई थप दुई दिन हिरासतमा राख्न प्रहरीले अनुमति लिएको हो। ठमेलको नगरकोट दोहोरी...

नेपालमा अंग्रेजी र गणित विषय पढाउने शिक्षक पाइनै छोडे : मन्त्री चौधरी

१३ मिनेट अघि   थाहाखबर

काठमाडौँ : युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपालमा अंग्रेजी र गणित विषय पढाउने शिक्षक अभाव हुन थालेको बताएका छन्। राष्ट्रिय युवा परिषद्‌द्वारा आइतवार मन्त्रालयमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्। हाल नेपाली पढाउने शिक्षक प्रशस्त रहे पनि अंग्रेजी र गणित...

आँबुखैरेनीनजिकै ऐना पहरामा यात्रुवहाक गाडी दुर्घटना

१९ मिनेट अघि   सेतोपाटी

तनहुँको आँबुखैरेनीनजिकै ऐना पहरामा यात्रुवहाक गाडी दुर्घटना भएको छ। आइतबार अपराह्न सवा ४ बजेतिर आँबुखैरेनी गाउँपालिकास्थित ऐनापहरानजिकै बस सडकबाट तल खसेको हो। जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजु अधिकारीका अनुसार बस गोरखाबाट नारायणगढ जाँदै थियो।  थप विवरण आउन बाँकी छ।

दरबार हत्याकाण्डपछि कुशका राजा स्थापना गरियो, ज्ञानेन्द्र असली राजा होइनन्: प्रधानमन्त्री ओली

२५ मिनेट अघि   सेतोपाटी

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाह असली राजा नभएको बताएका छन्।  आइतबार बालुवाटारमा आयोजित लोकतन्त्र र जनअभिमत नेपालको निर्वाचन इतिहास लोकार्पण समारोहमा उनले शाहलाई कुसको राजाको रूपमा स्थापना गरेको बताए। ‘दरबार हत्यकाण्ड भनेको सानो कुरा हो? त्यसपछि एउटा कुशको...

मैले भनेका कुरा गलत भए तत्काल भुक्तानी दिन्छु, गाली गर्नैछ भने त शब्दकोषबाट शब्द खोजेर गरे हुन्छः प्रधानमन्त्री

२६ मिनेट अघि   थाहाखबर

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले अभिव्यक्त गरेका कुराहरूको भुक्तानी कुनै पनि समयमा दिन आफू तयार रहेको बताएका छन्। आइतबार बालुवाटारमा आयोजित लोकतन्त्र र जनअभिमत नेपालको निर्वाचन इतिहास लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले आफूले भनेका...

फेरिदै त्रिवि दीक्षान्तको मोडालिटी : संकायअनुसार फरक-फरक समयमा हुने !

३० मिनेट अघि   थाहाखबर

काठमाडौँ : त्रिभुवन विश्वविद्यालय(त्रिवि)को दीक्षान्त समारोहको मोडालिटी फेरिने भएको छ। तामझामसाथ नगरी अबदेखि दीक्षान्त समारोह संस्थान,संकाय अनुसार फरक फरक स्थान र समयमा आयोजना हुनेछ। यसका लागि निर्णय गरी त्रिविको नीति तथा कार्यक्रममा समेटिएको त्रिविका शिक्षाध्यक्ष प्राडा खड्ग केसीले जानकारी दिए। ‘एकै दिन,...

निर्मला पन्तको घटना नयाँ शिराबाट अनुसन्धान गर्न सिआइबीलाई गृहमन्त्री लेखकको निर्देशन

३१ मिनेट अघि   सेतोपाटी

गृहमन्त्री रमेश लेखकले कञ्चनपुरकी निर्मला पन्त बलात्कारपछि हत्या प्रकरण नयाँ शिराबाट अनुसन्धान थाल्न केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लाई निर्देशन दिएका छन्। आइतबार सिआइबीको कार्यालय निरीक्षणका क्रममा उनले भीमदत्त नगरपालिकाकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा सुक्ष्म रुपमा अनुसन्धान गरेर दोषीलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन्।...

जनार्दन शर्माले स्थायी कमिटीमा भने- पार्टी निर्माणमा प्रश्न उठाएबापत के सजाय भोग्नुपर्छ, तयार छु

४२ मिनेट अघि   सेतोपाटी

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले पार्टी फुट्छ भनेर गरिएका प्रचारहरूको खारेज गर्ने बताएका छन्। आफूलाई माओवादीबाट जति धकेल्न खोजे पनि आफू माओवादीमै रहने उनले बताए। पार्टी फुट्छ भन्ने कुरा नेतृत्वबाटै आउने गरेकोमा उनले असन्तुष्टि जनाए। आफूले पार्टी निर्माणबारे प्रश्न उठाएबापत...

साउदी अरबमा एकै दिनमा आठ जनालाई मृत्युदण्ड

४५ मिनेट अघि   थाहाखबर

साउदी अरबमा लागूऔषधसम्बन्धी अभियोगमा मृत्युदण्डको सजायको प्रयोगमा वृद्धि भइरहेका बेला साउदी अरबले एकै दिन आठ जनालाई मृत्युदण्ड दिएको साउदी अरबका सरकारी सञ्चारमाध्यमले जनाएका छन्। साउदी समाचार संस्था (एसपीए) का अनुसार चार जना सोमालियाली र तीन इथियोपियालीलाई शनिबार दक्षिणी क्षेत्र नजरानमा...

ज्ञानेन्द्र शाह असली राजा होइनन्‚ कुशका राजा हुन् : ओली

४८ मिनेट अघि   थाहाखबर

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले ज्ञानेन्द्र शाह असली राजा नभएको आरोप लगाएका छन्। आइतवार बालुवाटारमा आयोजित लोकतन्त्र र जनअभिमत नेपालको निर्वाचन इतिहास लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले ज्ञानेन्द्र शाहलाई कुशको राजाको संज्ञा दिँदै दरबार हत्याकाण्ड...

नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट

४८ मिनेट अघि   थाहाखबर

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ। आज नेप्से परिसूचक ६३ दशमलव ७३ अङ्कले घटेर दुई हजार आठ सय ५८ दशमलव ९० बिन्दुमा कायम भएको हो। यो दुई दशमलव १८ प्रतिशतको गिरावट हो। आज ३१९...

प्रदेश अस्पताल पर्वतमा ल्याब सेवा विस्तार हुँदा बिरामी बाहिर जानु नपर्ने

५२ मिनेट अघि   थाहाखबर

पर्वत : जिल्लाको प्रमुख स्वास्थ्य संस्थामा रूपमा रहेको प्रदेश अस्पताल पर्वतको प्रयोगशालामा नयाँ परीक्षणहरू थप गरिएसँगै बिरामीहरू आधुनिक परीक्षणको खोजीमा जिल्ला बाहिर जानुपर्ने बाध्यताको अन्त्य भएको छ। अस्पतालको प्रयोगशालामा हालसम्म उपलब्ध हुँदै आएका परीक्षण सम्बन्धी सेवाहरूले मात्रै स्वास्थ्य परीक्षण पर्याप्त...

मधेशमा धान खेतीको विकल्प !

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : लामो समयको खडेरीपछि शुक्रवारदेखिको वर्षाले विशेषगरी किसानलाई राहत प्रदान गरेको छ। यसअघि मध्य वर्षामा पनि चाहिएको जति पानी नपर्दा सुक्खाग्रस्त घोषणा गरिएको मधेशमा धान रोपाइँ प्रभावित बनेको थियो। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जारी गरेको विवरण अनुसार देशभर साउन दोस्रो साता (साउन...

छोराछोरी अमेरिका छन् भनेर ढुक्क नहुनुहोस्!

१ घण्टा अघि   सेतोपाटी

आफ्नो छोराछोरी अमेरिका पुगे भन्ने खबर सुन्नासाथ आमाबाबुको मनमा जुन गर्वको तरंग उठ्छ, त्यो स्वाभाविक हो। आफ्ना सन्तानले विशाल सपना बोकेर उडेका छन् भनेर आत्मसन्तोषको अनुभूति हुनु कुनै गलत कुरा होइन। तर त्यो गर्वको घडी कतिसम्म यथार्थमा टिकाउ छ भन्ने...

लिङ्देनलाई धवल शम्शेरको पत्र- गल्ती सच्याउनुस्

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवल शम्शेर राणाले अध्यक्ष लिङ्देनलाई पत्र पठाउँदै पछिल्ला गतिविधिहरूमा भएका गल्ती सच्याउन आग्रह गरेका छन्। महामन्त्री राणाले आइतबार अध्यक्ष लिङ्देनलाई पठाएको पत्रमा विधान मिचेर स्वेच्छाचारी ढंगले अध्यक्ष अघि बढेको उल्लेख छ। ‘पार्टी एकता र पार्टी...

घरको कम्पाउण्डमा सुन लुकाएर प्रहरीमा चोरीको निवेदन, दुई जना पक्राउ

१ घण्टा अघि   सेतोपाटी

आफ्नै घर कम्पाउण्‍डमा सुन लुकाएर प्रहरी कार्यालयमा चोरी भएको भन्दै झुट्टा निवेदन दिएको आरोपमा दुई जना पक्राउ परेका छन्। स्याङ्जाको आँधिखोला गाउँपालिका-१ मा सुनका गहना लुकाएर चोरी भएको भन्दै निवेदन दिने दुई जनालाई प्रहरीले पक्राउ गरेको डिएसपी प्रसन्नराज चौधरीले जानकारी...

एसिया रग्बी सेभेन्सका लागि नेपाली यू-२० महिला टोली घोषणा

१ घण्टा अघि   सेतोपाटी

नेपाल रग्बी संघले एसिया रग्बी इमिरेट्स यू–२० सेभेन्स ट्रफीका लागि नेपाली यू–२० महिला रग्बी टोली घोषणा गरेको छ। भारतमा आगामी साउन २४ देखि २७ गतेसम्म एसिया रग्बी इमिरेट्स यू–२० सेभेन्स ट्रफी २०२५ आयोजना हुँदै छ । यसै ट्रफीका लागि रग्बी...

२८५८ विन्दुमा झर्‍यो नेप्से, कारोबार रकम १३ अर्बमा सीमित

१ घण्टा अघि   सेतोपाटी

आइतबार पनि नेप्से परिसूचक उच्च अंकले घटेको छ। नेप्से ६३.७३ अंकले घटेर २८५८.९० विन्दुमा बन्द भएको छ। यसदिन कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ। बिहीबार १५ अर्ब ९८ करोड रूपैयाँको कारोबार भएकोमा बिहीबार १३ अर्ब ०७ करोड रूपैयाँको...

मृत्युको छायामा एक हस्पिस डाक्टरको अनुभूति!

१ घण्टा अघि   सेतोपाटी

विगत १६ महिनादेखि म नेपालकै सबैभन्दा ठुलो क्यान्सर विशेषज्ञ अस्पतालको हस्पिस तथा प्यालेटिभ केयर विभागमा मेडिकल अफिसरको रूपमा कार्यरत छु। यो मेरो चिकित्सकीय यात्राको एउटा यस्तो अध्याय हो, जहाँ मैले जीवनको सबैभन्दा गहिरो, सबैभन्दा मौन र सबैभन्दा वास्तविक अनुहार— मृत्युसँग...

कुलिङ पिरियडमा हेरफेरसम्बन्धी छानबिन समितिका सत्तापक्षीय सांसदहरूले गरे कांग्रेस-एमालेसँग छलफल

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेस र नेकपा (एमाले) का प्रमुख सचेतकहरूसँग छलफल गरेपछि कुलिङ पिरियडमा भएको हेरफेरबारे छानबिन गर्न गठित समितिको बैठक पुन: सुरू भएको छ। कांग्रेस सांसद जीवन परियारको संयोजकत्वमा रहेको छानबिन समितिले छानबिनलाई अन्तिम रूप दिँदै प्रतिवेदन पेस गर्ने तयारी गरेको हो।...

केही वर्षमै अन्त्य हुँदैछ स्मार्टफोनको युग, त्यसपछि के आउँछ?

१ घण्टा अघि   सेतोपाटी

कुनै समय जुन मोबाइल फोन हात–हातमा देखिन्थ्यो, अचेल त्यसले 'टुकटुके' फोनको नाम पाएको छ। फोन गर्न र उठाउन मिल्ने, एसएमएस पढ्न र पठाउन मिल्ने र गेमका नाममा 'स्नेक' मात्र खेल्न मिल्ने भएकैले त्यसलाई टुकटुके फोन भनिएको हो। अचेल त मोबाइल भन्नेबित्तिकै हाम्रो दिमागमा...

श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ

१ घण्टा अघि   सेतोपाटी

पर्सामा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन्। शनिबार जिराभवानी गाउँपालिका-५ शंकरसरैया मुसहर टोलमा २४ वर्षीया अस्पतलिया देवीको हत्या भएको हो। उनको हत्या गरेको आरोपमा प्रहरीले २६ वर्षीय श्रीमान जितन माझीलाई पक्राउ गरेको हो। जितनले वादविवादको क्रममा कुटपिट गर्दा...

जलवायु परिवर्तनको असरबारे नेपालले अन्तर्राष्ट्रिय सम्मेलन गर्ने

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : सभामुख देवराज घिमिरेले जलवायु परिवर्तनले पारिरहेको असर सम्बन्धमा नेपालको संसदको तर्फबाट आगामी भदौ २ र ३ गते अन्तर्राष्ट्रिय सम्मेलन गर्ने बताएका छन्।  सभामुखहरूको छैटौँ विश्व सम्मेलनमा सहभागी भइ आइतवार स्वदेश फर्किएका सभामुख घिमिरेले यसबारे जानकारी गराएका हुन्। उनले...

नर्सहरूलाई परराष्ट्रमन्त्रीको आग्रह : विदेशको अनुभव बटुलेर फर्किनुस्, नेपाललाई तपाईंहरुको आवश्यकता छ

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले महाराजगञ्ज नर्सिङ क्याम्पसलाई गुणस्तर सुनिश्चितता एवं प्रत्यायन (क्युएए) को प्रमाणपत्र नदिएकोप्रति चिन्ता व्यक्त गरेकी छिन्।​ आइतवार क्याम्पसमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले क्युएएको महत्व आफूले राम्रोसँग बुझेको बताइन्। कुनै पनि साना कारण...