आँबुखैरेनीनजिकै ऐना पहरामा यात्रुवहाक गाडी दुर्घटना
तनहुँको आँबुखैरेनीनजिकै ऐना पहरामा यात्रुवहाक गाडी दुर्घटना भएको छ। आइतबार अपराह्न सवा ४ बजेतिर आँबुखैरेनी गाउँपालिकास्थित ऐनापहरानजिकै बस सडकबाट तल खसेको हो। जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजु अधिकारीका अनुसार बस गोरखाबाट नारायणगढ जाँदै थियो। थप विवरण आउन बाँकी छ।