सरकारबाट बाहिरिने नागरिक उन्मुक्ति पार्टीको निर्णय
काठमाडौँ : नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सरकारबाट बाहिरिने निर्णय गरेको छ। शनिवार बसेको पार्टीको संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको अध्यक्ष रन्जिता श्रेष्ठले जानकारी दिइन्। उनका अनुसार सरकारमा सहभागी पर्यटन राज्यमन्त्री अरुण चौधरीले भोलि नै राजीनामा दिने छन्।