आइटी र कृषि क्षेत्र केन्द्रित देखिन थाल्यो वैदेशिक लगानी
साना उद्योग केन्द्रित वैदेशिक लगानीको स्वीकृतिमा सुधार देखिएको छ। मध्यम र ठूला उद्योगमा भने यो वर्ष वैदेशिक लगानीको प्रतिबद्धता तथा स्वीकृति अति न्यून देखिएको छ। उद्योग विभागको तथ्यांकले विदेशी लगानीको ढाँचा बदलिएको संकेत गरेको छ। २०८२ साउनदेखि २०८३ वैशाखसम्म (१० महिनामा)...
