ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

ट्रम्पले नेतन्याहूलाई थर्काएपछि हिजबुल्लाह र इसराइलबीच आंशिक युद्धविराम!

जेठ १९, २०८३   सेतोपाटी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई थर्काएपछि हिजबुल्लाह र इसराइलबीच आंशिक युद्धविरामको घोषणा भएको छ। इसराइलले हिजबुल्लाहलाई लक्ष्य गरिएको भन्दै लेबननमा आक्रमण तीव्र पारेपछि ट्रम्पले नेतन्याहूलाई फोन गरेर थर्काएका थिए। त्यसपछि लेबननले हिजबुल्लाह र इसराइलबीच आंशिक युद्धविरामको घोषणा...

त्रिभुवन विमानस्थलबाट ५४ लाखभन्दा बढी रकमसहित नेपाल एयरलाइन्सका कर्मचारी पक्राउ

जेठ १९, २०८३   सेतोपाटी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ५४ लाख ७१ हजार रुपैयाँ बराबरको स्वदेशी तथा विदेशी मुद्रासहित नेपाल एयरलाइन्सका एक कर्मचारी पक्राउ परेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार सुनसरीको गढी गाउँपालिका–१ स्थायी घर भई हाल काठमाडौंको बनस्थली बस्दै आएका ५० वर्षीय...

सभामुखज्यू साख जोगाउनुस्, भोलि काम लाग्छ!

जेठ १९, २०८३   सेतोपाटी

सम्पादकीय आधारभूत कुराबाट सुरू गरौं। संसदको नेता प्रधानमन्त्री हो। किनभने, संसदको बहुमतले उनलाई कार्यकारी भूमिकाका लागि चुनेको हुन्छ। त्यसो भए, सभामुख को हो? सभामुख संसदको 'रेफ्री' हो। संसदमा सरकार र सांसदबीच बहस तथा वादविवाद चलिरहन्छ। कहिलेकाहीँ संसदमा घम्साघम्सी पनि चल्छ।...

सिइओ र सञ्चालकको अयोग्यताबारे सर्वोच्च अदालतको आदेशपछि बैंकरहरू तनावमा

जेठ १९, २०८३   सेतोपाटी

बैंक तथा वित्तीय संस्थाको कार्यकारी अधिकृत (सिइओ) र सञ्चालक बन्न अयोग्य हुने सम्बन्धी व्यवस्थाबारे सर्वोच्च अदालतले गरेको एक फैसलापछि बैंकरहरू तनावमा देखिएका छन्। अधिवक्ता तथा हालका सांसद मधुकुमार चौलागाईंले विभिन्न बैंकका सिइओ र सञ्चालकहरूलाई नेपाल राष्ट्र बैंकले समय–समयमा गरेको कारबाहीका...

यस्तो छ 'ककटेल २' को ट्रेलर

जेठ १९, २०८३   सेतोपाटी

शाहिद कपुर, रश्मिका मन्दना र कृति सेनन अभिनीत रोमान्टिक कमेडी फिल्म 'ककटेल २' को ट्रेलर सार्वजनिक भएको छ।  होमी अदजानिया निर्देशित फिल्मको ट्रेलर मंगलबार युट्युबमा सार्वजनिक गरिएको हो।  सार्वजनिक ट्रेलरले तीन मुख्य पात्रबीचको प्रेम, मित्रता र जटिल सम्बन्धको झलक प्रस्तुत...

सिद्धार्थ बैंकद्वारा भूकम्प प्रभावित जनप्रिय आधारभूत विद्यालयको भवन पुनर्निर्माण

जेठ १९, २०८३   सेतोपाटी

सिद्धार्थ बैंकको आर्थिक सहयोगमा नवनिर्मित रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नं. १, भण्डारवनस्थित जनप्रिय आधारभूत विद्यालयको भवन समुद्घाटन गरी विद्यालयलाई हस्तान्तरण गरिएको छ। २०८० साल कात्ति १७ गते गएको विनाशकारी भूकम्पले क्षतिग्रस्त उक्त विद्यालयको भवनको पुनर्निर्माण कार्य सम्पन्न गरी बैंकका प्रमुख...

एनआइसी एसिया बैंकको सञ्चालक समितिको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त

जेठ १९, २०८३   सेतोपाटी

एनआइसी एसिया बैंकको सञ्चालक समितिको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त भएका छन्। सोमबार सम्पन्न २८औं वार्षिक साधारण सभाले संस्थापक सेयरधनीहरूको तर्फबाट सञ्चालक समितिमा निर्विरोध निर्वाचित गरेसँगै सञ्चालक समितिले उनलाई आगामी चार वर्षको लागि अध्यक्ष पदमा नियुक्त गरेको हो। नवनियुक्त अध्यक्ष अग्रवालले सोही...

पहिलो पटक सांसद र मन्त्री बनेकाहरूको हुने छैन सम्पत्ति छानबिन

जेठ १९, २०८३   सेतोपाटी

२०६२/६३ पछि राज्यको उच्च तहमा काम गरेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न सरकारले बनाएको आयोगले वर्तमान मन्त्रिपरिषद र संसदमा पहिलो पटक सदस्य रहेकाहरूको छानबिन नगर्ने भएको छ। सरकारले २०६२/६३ पछि गत चैत ३० सम्म उच्च पदमा पुगेकाहरूको सम्पत्ति छानबिन गर्न भनी...

रास्वपाले भन्यो- प्रधानमन्त्रीको अभिव्यक्तिले नेपाललाई अझ बलियो बनाएको छ

जेठ १९, २०८३   सेतोपाटी

सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको पनि भारतको धेरै ठाउँ मिचेको छ भनी दिएको अभिव्यक्तिले नेपाललाई अझ बलियो बनाएको टिप्पणी गरेको छ। मंगलबार संघीय संसद परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जबाफ दिने क्रममा उक्त पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले यस्तो प्रतिक्रिया दिएका...

काठमाडौंमा ५ हजार जना चाहेको बेला उभ्याउन सक्ने आधार तत्काल तयार गर्न महासचिव पोखरेलको निर्देशन

जेठ १९, २०८३   सेतोपाटी

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले काठमाडौंमा आवश्यक पर्दा कम्तीमा ५ हजार  जनालाई चाहेको बेला उभ्याउन सक्ने आधार तत्काल तयार गर्न जनसंगठनका इन्चार्ज र अध्यक्षहरूलाई निर्देशन दिएका छन्।  पार्टी केन्द्रीय कार्यालय च्यासलमा सोमबार बसेको जनसंगठन समन्वय संयन्त्रको बैठकलाई सम्बोधन गर्दै...

मधेसका निलम्बित सांसद सरोजकुमार सिंहलाई ४ वर्ष कैद र ३८ लाख जरिवाना

जेठ १९, २०८३   सेतोपाटी

मधेस प्रदेशका निलम्बित सांसद सरोजकुमार सिंहलाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै कैद र जरिवाना तोकेको छ। विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले सांसद सिंहलाई भ्रष्टाचार मुद्दामा चार वर्ष एक महिना कैद र...

विश्वप्रकाशको प्रश्न- प्रधानमन्त्रीको अभिव्यक्तिको आसय हिसाब बराबर भन्ने हो?

जेठ १९, २०८३   सेतोपाटी

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रधानमन्त्री बालेन शाहले संसदको रोस्ट्रमबाट दिएको अभिव्यक्तिको आसय हिसाब बराबर भन्ने हो भन्ने प्रश्न गरेका छन्। पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले लुम्बिनी प्रदेशमा गरेको कार्यक्रममा बोल्दै उपसभापति शर्माले भने, ‘प्रधानमन्त्रीको अभिव्यक्तिको आसय के हिसाब...

आर्थिक विधेयक फेरि सच्याएर विद्युतीय गाडीको अर्को अन्योल अन्त्य

जेठ १९, २०८३   सेतोपाटी

सरकारले आर्थिक विधेयक फेरि संशोधन गर्दै बजेटअघि आयात भएका तर दर्ता हुन बाँकी विद्युतीय सवारी साधनमा स्वच्छ पूर्वाधार लगानी शुल्क नलाग्ने स्पष्ट पारेको छ। योसँगै बजेटपछि विद्युतीय सवारीमा देखिएको अर्को अन्योल पनि अन्त्य भएको छ। जेठ १५ गते प्रस्तुत आर्थिक...

कपिलवस्तु नगरपालिकामा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सञ्चालन

जेठ १९, २०८३   सेतोपाटी

दूर दराजका नागरिकका लागि अझै पनि सामान्य स्वास्थ्य सेवा लिन घण्टौँ हिँड्नुपर्ने र अस्पतालमा पनि लामो लाइनमा बस्नुपर्ने बाध्यता हटेको छैन। त्यसैमाथि गाउँघरमा गम्भीर अवस्थाको बिरामी नहुँदासम्म अस्पताल गएर स्वास्थ्य परीक्षण गर्ने नागरिकहरूको सङ्ख्या नगण्य नै छ। नागरिकका यस्तै समस्यालाई...

काठमाडौंमा सुरू भयो चिनियाँ चलचित्रको विशेष प्रदर्शन

जेठ १९, २०८३   सेतोपाटी

बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उत्कृष्ट घोषित ६ चिनियाँ फिल्महरूको प्रदर्शन कार्यक्रम मंगलबारदेखि काठमाडौंमा सुरू भएको छ।  बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको प्रवद्र्धन कार्यक्रम 'टियानतान अवार्ड प्यानोरामा' अन्तर्गत आयोजित कार्यक्रम सागर झान निर्देशित चलचित्र 'ट्रयाप्ड' प्रदर्शनसँगै सुरू भएको हो।  चीन चलचित्र प्रशासन र बेइजिङ...

सीमा विवादबारे प्रधानमन्त्री बालेनका दुवै अभिव्यक्तिमा भारतले दियो यस्तो जबाफ

जेठ १९, २०८३   सेतोपाटी

प्रधानमन्त्री बालेन शाहले भारतसँगको सीमाबारे आइतबार प्रतिनिधिसभा बैठकमा दिएका दुवै अभिव्यक्तिमाथि भारतको विदेश मन्त्रालयले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले मंगलबार आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा प्रधानमन्त्री बालेनका अभिव्यक्तिबारे सोधिएका प्रश्नको जबाफ दिँदै आफ्नो धारणा सार्वजनिक...

रवि र भारतीय विदेशमन्त्री जयशंकरबीच भेट

जेठ १९, २०८३   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ। भारत भ्रमणमा रहेका सभापति लामिछानेले मंगलबार जयशंकरलाई भेटेका हुन्। जयशंकरले यसबारे आफ्नो सामाजिक सञ्जालमा राख्दै विकास साझेदारी बारेमा छलफल भएको उल्लेख गरेका छन्। ‘आज...

कांग्रेसले संसदीय समितिहरूकाे बैठक बहिष्कार गर्ने

जेठ १९, २०८३   सेतोपाटी

नेपाली कांग्रेसले संसद अवरोध जारी राख्दै संसदीय समितिहरूका बैठक समेत बहिष्कार गर्ने भएको छ। प्रधानमन्त्री बालेन शाहले संसदमा आएर माफी नमागुञ्जेल कांग्रेसले यही २५ जेठसम्म सबै संसदीय समितिका बैठकमा सहभागी नहुने दलका नेता भीष्मराज आङ्देम्बेले बताए। आइतबार प्रतिनिधि सभाको प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री...

वाणिज्य बैंकका सिइओलाई गभर्नर बन्न रोक

जेठ १९, २०८३   सेतोपाटी

वाणिज्य बैंकहरूका प्रमुख कार्यकारी अधिकृत (सिइओ) लाई राष्ट्र बैंकको गभर्नर बन्न रोक लगाउने गरि राष्ट्र बैंक ऐन संशोधन हुन लागेको छ। नेपाल राष्ट्र बैंक ऐन २०५८ मा हुन लागेको तेस्रो संशोधनले यस्तो व्यवस्था गर्न लागेको हो। ऐन संशोधनको लागि गत...

नियतवश बोलेको भए प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ- एमाले

जेठ १९, २०८३   सेतोपाटी

विपक्ष दल नेकपा (एमाले) ले प्रधानमन्त्री बालेन्द्र साहको राजीनामा माग गरेको छ । मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै एमाले सांसद गणेशसिंह ठगुन्नाले प्रधानमन्त्रीले संसदमा दिएको अभिव्यक्ति नियतबश भए राजीनामा दिनुपर्ने बताएका हुन्। प्रधानमन्त्रीको अभिव्यक्ति नियतबश हो कि भूलबश हो भन्न्...

वीरगञ्जका मेयरलाई सवा ४ लाख धरौटीमा छाड्न आदेश

जेठ १९, २०८३   सेतोपाटी

पर्सा जिल्ला अदालतले वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई धरौटीमा छाड्न आदेश दिएको छ। सोमबार न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले मेयर सिंहलाई दुई वटै कसुरमा धरौटीमा छाड्न आदेश दिएको सूचना अधिकारी जयनारायण यादवले जानकारी दिए।  उनका अनुसार झुटा विवरण पेस गरी नागरिकता बनाएको...

नेपाल समूहको अन्तिम खेलअघि नै एसियन गेम्समा छनोट

जेठ १९, २०८३   सेतोपाटी

नेपालको पुरुष टोली एसियन गेम्स २०२६ का लागि छनोट भएको छ।  समूह ‘ए’ मा चीन दुवै खेलमा पराजित भएर बाहिरिएसँगै नेपाल र मलेसिया सेमिफाइनलमा पुगे।  सिंगापुरमा जारी छनोटमा सेमिफाइनलमा पुग्ने चार टोली एसियन गेम्समा छनोट हुने प्रावधान छ। एसियन गेम्स...

प्रधानमन्त्रीको अभिव्यक्तिमा रास्वपाको पनि धारणा आउनुपर्छ- नेकपा प्रमुख सचेतक दुलाल

जेठ १९, २०८३   सेतोपाटी

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको अभिव्यक्तिमा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो धारणा राख्न माग गरेको छ। मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै नेकपा प्रमुख सचेतक युवराज दुलालले रास्वपाको धारणा मागेका हुन्।  'देशको जिम्मा लिएको भएकाले राष्ट्रिय स्वतन्त्र...

कांग्रेसले बोलायो केन्द्रीय अनुशासन समिति बैठक

जेठ १९, २०८३   सेतोपाटी

नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक आह्वान गरेको छ। जेठ २१ गते बिहीबार दिउँसो १ बजे बस्ने गरी बैठक आह्वान भएको सचिव दिनेश थापा मगरले जानकारी दिए। बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्नेछ।