ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

अक्षय कुमारको फिल्मले कमायो ११५ करोडभन्दा बढी

५ मिनेट अघि   सेतोपाटी

बलिउड अभिनेता अक्षय कुमार अभिनीत फिल्म 'भूत बंगला' ले भारतीय बक्स अफिसमा ११५ करोड भारूको आँकडा पार गरेको छ। यो हरर-कमेडी फिल्मले रिलिजको ११ औं दिनमा उक्त आँकडा पार गरेको हो।  फिल्मले दोस्रो सातामा पनि राम्रो प्रदर्शन जारी राखेको छ।...

स्ववियु खारेजी विरोधमा त्रिविमा संयुक्त विद्यार्थी संगठनको मार्च पास (तस्बिरहरू)

२० मिनेट अघि   सेतोपाटी

संयुक्त विद्यार्थी संगठनले काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा मार्स पास गरेको छ। सरकारले विद्यालय र विश्वविद्यालय हाताबाट स्ववियु र विद्यार्थी संगठन खारेजी निर्णय गरेकोलगायत विरोधमा संयुक्त विद्यार्थी संगठनहरूले आज मार्च पास गरेका हुन्। उनीहरूले बढ्दो महंगी नियन्त्रण गर्न पनि माग गरेका छन्। साथै...

२४ घण्टाभित्र शेखर गोल्छालाई सर्वोच्चमा उपस्थित गराउन आदेश

३९ मिनेट अघि   सेतोपाटी

सर्वोच्च अदालतले व्यवसायी शेखर गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन आदेश दिएको छ। मंगलबार न्यायाधीश नृपध्वज निरौलाको इजलासले बन्दीप्रत्यक्षीकरणको रिटमा गोल्छालाई उपस्थित गराउन आदेश दिएको हो। गोल्छाकी श्रीमती सीमा गोल्छाले आफ्ना श्रीमानलाई प्रहरीले गैरकानुनी थुनामा राखेको भन्दै आइतबार बन्दीप्रत्यक्षीकरणको रिट दायर...

पूर्णबहादुरले राखेको भेलामा शशांक र सुजाता पनि सहभागी, गएनन् शेखर (तस्बिरहरू)

३९ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज काठमाडौंको धुम्बाराहीमा भेला राखेका छन्। उक्त भेलामा १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश सभापति र जिल्ला सभापतिहरूलाई बोलाइएको थियो। भेलामा निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका अधिकांश नेताहरू सहभागी छन्।  नेता...

विश्वकप २०२६ मा पहेँलो कार्डको नियम फेर्दै फिफा

४५ मिनेट अघि   सेतोपाटी

अर्को महिना हुने फिफा विश्वकपमा एकटा नियम परिवर्तन हुँदैछ। विशेषगरी पहेँलो एककार्डका कारण महत्वपूर्ण खेलहरू गुमाउनुपर्ने डरलाई कम गर्न फिफाले नयाँ योजना बनाएको छ। अहिलेको नियम अनुसार एउटा पहेँलो कार्ड समूह चरणमा र अर्को क्वार्टरफाइनलमा पाएमा खेलाडीले सेमिफाइनल गुमाउनुपर्ने हुन्थ्यो।...

छुट्टाछुट्टै भेलामा जुटे पूर्णबहादुर र शेखर

४६ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसको संस्थापनइतर समूहका नेताहरू बेग्लाबेग्लै छलफलमा जुटेका छन्। नेता पूर्णबहादुर खड्काले आज काठमाडौंको धुम्बाराहीमा आफूनिकट नेताहरूको भेला गरेका छन्। उक्त भेलामा पूर्वउपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्रीहरू शशांक कोइराला, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, नेताहरू सुजाता कोइराला, महालक्ष्मी उपाध्याय डिना, प्रकाशशरण महत, उमाकान्त...

प्रतिव्यक्ति आम्दानी १५ सय १३ अमेरिकी डलर पुग्ने

५५ मिनेट अघि   सेतोपाटी

नेपालीको औसत प्रतिव्यक्ति आम्दानी यो वर्ष १५ सय १३ अमेरिकी डलर बराबर पुग्ने अनुमान छ। राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार चालु आर्थिक वर्षमा नेपालीको औसत प्रतिव्यक्ति आम्दानी १५ सय १६ अमेरिकी डलर पुगेको संशोधित अनुमान छ। अहिलेको विनिमयदर अनुसार नेपालीको आ‍ैसत...

यो वर्ष आर्थिक वृद्धिदर ३.८५ प्रतिशत, अर्थतन्त्रको आकार ६६ खर्ब

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को आर्थिक वृद्धिदरको अनुमान सार्वजनिक गरेको छ। कार्यालयका अनुसार यो वर्ष नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने अनुमान गरिएको छ। गत आर्थिक वर्ष २०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.४३ प्रतिशत वृद्धिदर रहेको संशोधित...

६ वाणिज्य बैंकको घट्यो नाफा (मुख्य ७ सूचकमा हेरौं बैंकहरूको अवस्था)

१ घण्टा अघि   सेतोपाटी

आर्थिक वर्ष २०८२-८३ को तेस्रो त्रैमास (साउनदेखि चैतसम्म) मा वाणिज्य बैंकहरूको नाफा १२.२९ प्रतिशतले बढेको छ।  बैंकहरूले निष्क्रिय कर्जाको लागि राख्नुपर्ने प्रावधान रकम घटेपछि, ब्याज आम्दानी र अन्य आम्दानी सामान्य बढेपछि नाफा बढेको हो। सञ्चालनमा रहेका २० वाणिज्य बैंकले प्रकाशित...

नेकपाले तोक्यो महाधिवेशन मिति, यस्तो छ कार्यतालिका

१ घण्टा अघि   सेतोपाटी

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले महाधिवेशनको मिति तोकेको छ। तत्कालीन माओवादी केन्द्रले विशेष महाधिवेशन गर्ने गरी आयोजक कमिटीमा रूपान्तरण गरे पनि एकीकृत समाजवादीसँग एकता गरेपछि महाधिवेशन धकेलिएको थियो। आगामी मंसिर ११ देखि १५ गतेसम्म महाधिवेशन गर्नेृ गरी कार्यतालिका बनाइएको प्रवक्ता...

पूर्वपदाधिकारीको विदेशमा उपचार खर्च सरकारले व्यहोर्ने व्यवस्था सर्वोच्चले गर्‍यो खारेज

१ घण्टा अघि   सेतोपाटी

सर्वोच्च अदालतले पूर्वपदाधिकारीको विदेशमा उपचार खर्च सरकारले व्यहोर्ने व्यवस्था खारेज गरेको छ।  सोमबार संवैधानिक इजलासले पूर्वपदाधिकारीहरूलाई विदेशमा उपचार गराउFदा लागेको खर्च सरकारले व्यहोर्ने व्यवस्थालाई खारेज गरेको सर्वोच्च अदालतका प्रवक्ता एवं सहरजिस्ट्रार अर्जुनप्रसाद कोइरालाले जानकारी दिए। २०८० वैशाख २० गते अधिवक्ता...

'सरकार मेरी छोरीको भविष्य अन्धकार नपारिदिनू, मेरो दुःखको जिम्मा मै लिउँला!'

१ घण्टा अघि   सेतोपाटी

४१ महिनाअघिको एक गोधूली साँझमा उनको जीवनको दियो झ्याप्प निभ्यो! २०७९ असोज १२ गतेको साँझ पाँच बजेको त्यो त्रासदी दोलखा कालिञ्चोककी देवकी थापा सम्झन पनि चाहन्नन्। उनको जीवन त्यही घटनाले थमाएको ऐँठनमा चलिरहेको छ। त्यस दिन देवकी र उनका श्रीमान् रामकुमार थापा घरायसी...

मण्डला नाटकघरमा 'ग्राण्ड रिहर्सल'(तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

काठमाडौंको मण्डला थिएटरमा अहिले दर्शकलाई हसाउने एक फरक खालको नाटक मञ्चन भइरहेको छ— 'ग्राण्ड रिहर्सल'। यो नाटक परम्परागत कथाभन्दा अलि अलग छ। यहाँ कथाभन्दा बढी ‘अभ्यास’ नै कथा बनेको छ। अभ्यासकै क्रममा साना–साना गल्तीहरू कसरी ठूला अव्यवस्थामा बदलिन्छन् भन्ने दृश्यहरूले...

'मालती मंगले' वैशाख २५ देखि, ट्रेलर सार्वजनिक

१ घण्टा अघि   सेतोपाटी

विजय बराल र वर्षा राउत अभिनीत फिल्म 'मालती मंगले'को ट्रेलर सार्वजनिक गरिएको छ। ललितपुरस्थित लबिम मलको क्यूएफएक्स सिनेमाजमा आयोजित समारोहमा निर्माण पक्षले ट्रेलर सार्वजनिक गरेको हो। सार्वजनिक ट्रेलरले फिल्मलाई पूर्ण पारिवारिक तथा सामाजिक कथामा आधारित रहेको संकेत गरेको छ। परम्परागत...

भारतसँगको सीमा नाकाबाट १०० रुपैयाँभन्दा बढीको सामानमा भन्सार लिने व्यवस्था बदर गर्न माग गर्दै सर्वोच्चमा रिट

१ घण्टा अघि   सेतोपाटी

भारतसँगको सीमा नाकामा १०० रुपैयाँ भन्दा बढीको सामानमा भन्सार लिने व्यवस्था बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। मंगलबार न्यायाधीश नृपध्वज निरौलाको इजलासमा उक्त रिटमाथि सुनुवाइ भइरहेको छ। अधिवक्ता आमितेश पंडित, अधिवक्ता आकाश महतो, सुयोग्य सिंह र...

'पार्टीप्रति मोहभंग भयो' लेखेपछि उपसभापतिमाथि कांग्रेस गोरखाको स्पष्टीकरण

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेस गोरखाले उपसभापति इमानसिंह बस्नेतलाई स्पष्टीकरण सोधेको छ। सामाजिक सञ्जाल फेसबुकमा वैशाख ११ गते बस्नेतले 'पार्टीप्रति मोहभंग भयो' लेखेका थिए। सोही आधारमा बस्नेतमाथि वैशाख १४ गते स्पष्टीकरण सोधिएको छ। जिल्ला अनुशासन समिति संयोजक किशोरजंग थापाले उपसभापति बस्नेतमाथि स्पष्टीकरण सोधेका हुन्।...

नेकपाले तोक्यो प्रदेश इन्चार्ज र पदाधिकारी

२ घण्टा अघि   सेतोपाटी

नेपाली कम्युनिस्ट पार्टीले प्रदेश इन्चार्ज, सहइन्चार्ज र पदाधिकारीहरू चयन गरेको छ। पार्टी केन्द्रीय संयोजन समितिको सोमबार बसेको बैठकले कोशी प्रदेशको इन्चार्ज राजेन्द्र राई, सहइन्चार्ज परशुराम बस्नेत तोकेको छ। कोशी प्रदेशको संयोजक हर्कबहादुर नेम्वाङ, सहसंयोजक सरिता खड्का थापा चयन भएका छन्। मधेस...

नेकपाले बनायो संविधान संशोधन मस्यौदा कार्यदल

२ घण्टा अघि   सेतोपाटी

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले संविधान मस्यौदा कार्यदल बनाएको छ। पार्टी केन्द्रीय संयोजन समितिको सोमबार बसेको बैठकले देवप्रसाद गुरूङ, प्रकाश ज्वाला, प्रेमबहादुर सिंह, रणध्वज कन्दङ्वा रेखा शर्मा रहेको कार्यदल बनाएको हो। त्यस्तै गणेश विक, मुक्ति प्रधान, खिमलाल देवकोटा, डम्बर विक्रम...

भाटभटेनीमा सामान किनेका दुई जनाले जिते टाटा पन्च इभी

२ घण्टा अघि   सेतोपाटी

भाटभाटेनी सुपर मार्केटमा किनमेल गर्दा दुई जनाले विद्युतीय सवारी-टाटा पन्च इभी जितेका छन्। स्टोरमा २५ सय रूपैयाँ बराबरको किनमेल गर्दा दुई जनाले टाटा पन्च इभी जितेका हुन्। दसैं, तिहार र छठको अवसर पारेर सपिङ गर्दा टाटाको 'पन्च इभी' जित्न सकिने...

घरभित्र पसेको भन्दै रोल्पामा बालकमाथि कुटपिट, तीन जना पक्राउ

२ घण्टा अघि   सेतोपाटी

रोल्पामा घरभित्र पसेको भन्दै एक बालकलाई कुटपिट भएको घटनामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। गंगादेव गाउँपालिका वडा नम्बर ५ कुइनेटा बस्ने पूर्णबहादुर विकका ११ वर्षीय छोरालाई कुटपिट गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो। अहिले तीन जना पक्राउ गरिएको...

नेप्सेमा कस्तो छ एभरेस्ट र नेपाल बैंकको अवस्था?

२ घण्टा अघि   सेतोपाटी

कम्पनीहरूको वित्तीय विवरण प्रकाशनको क्रम चलिरहँदा नेप्से पनि सुधारको प्रयासमा देखिन थालेको छ। सोमबार नेप्से परिसूचक ७.७३ अंकले सुधार भएर २७९६ विन्दुमा पुग्यो। वाणिज्य बैंकहरूको समूहगत परिसूचक पनि १० अंकले बढेर १४५६ मा पुगेको छ। सेयर बजारको सबैभन्दा ठूलो क्षेत्र...

डोजर चलाएर सुकुम्बासी हटाएपछि अहिले यस्तो देखिएको छ मनोहरा बस्ती, हेर्नुहोस् तस्बिरहरू

२ घण्टा अघि   सेतोपाटी

सरकारले काठमाडौंको कागेश्वरी मनोहरा किनारका सुकुम्बासी बस्ती हटाएको छ। गत आइतबार बिहानैदेखि झन्डै एक दर्जन डोजरसहित ठूलो संख्यामा पुगेको सुरक्षा टोलीले उक्त सुकुम्बस्तीका घरटहरा भत्काएको हो। सयौं संख्यामा रहेको घरटहरा भत्काउन सुरक्षा टोलीलाई झन्डै दुई दिन लागेको थियो। लामो समयदेखि...

एकैदिन तोलामा तीन हजार रूपैयाँ घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?

२ घण्टा अघि   सेतोपाटी

नेपाली बजारमा आज (मंगलबार) सुन-चाँदीको भाउ घटेको छ।  सोमबार तोलामा एक हजार तीन सय रूपैयाँ बढेको सुनको भाउ यसदिन भने प्रतितोला तीन हजार रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९७ हजार पाँच सय...

इरानद्वारा अमेरिका अपमानित भइरहेको जर्मन चान्सलर मर्जको टिप्पणी

४ घण्टा अघि   सेतोपाटी

जर्मनीका चान्सलर फ्रेडरिक मर्जले इरानद्वारा अमेरिका अपमानित भइरहेको बताएका छन्।  मध्यपूर्वको द्वन्द्व छिट्टै अन्त्य हुने कुनै निकास रणनीति आफूले नदेखेको चेतावनी दिँदै उनले यस्तो धारणा राखेको फाइनान्सियल टाइम्सले जनाएको छ। इरान विरुद्ध अमेरिका र इसराइलले शुरू गरेको युद्धले आर्थिक वृद्धिलाई...