ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

'जाने ठाउँ छैन' भन्दै महानगरको सम्पर्कमा आयो एक दृष्टिविहीन परिवार, रंगशाला लगिँदै

७ सेकेन्ड अघि   सेतोपाटी

थापाथली सुकुम्बासी बस्तीबाट दशरथ रंगशालास्थित 'होल्डिङ सेन्टर' जानेमा अर्को एउटा परिवार थपिएको छ। भोजपुरका डम्बरबहादुर तामाङको परिवार आफूहरूसँग बस्ती छाडेर अन्यत्र जाने विकल्प नभएको भन्दै महानगरको सम्पर्कमा आएका हुन्। दृष्टिविहीन डम्बरबहादुरको परिवारमा दुई जना केटाकेटी सहित चार जना सदस्य छन्। उनले आफ्नो घरको...

आइसिसी विश्वकप क्रिकेट लिग-२ : युएईविरूद्ध ब्याटिङमा नेपाल

११ सेकेन्ड अघि   सेतोपाटी

आजदेखि काठमाडौंमा सुरु भएको आइसिसी विश्वकप लिग-२ क्रिकेट प्रतियोगिताअन्तर्गत युएईविरुद्धको खेलमा नेपालले पहिला ‘ब्याटिङ’ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा भर्खरै भएको ‘टस’मा युएईका कप्तान मोहम्मद वासिमले टस जितेर पहिला ‘बलिङ’ रोजेपछि नेपालले पहिला ब्याटिङको निम्तो पाएको हो। १५ औं...

डोजर चल्दैछ, बाहिरै भात पकाउँदैछन् सुकुम्बासी

१७ मिनेट अघि   सेतोपाटी

प्रधानमन्त्री बालेन शाहको निर्देशनमा शनिबार बिहानै खाली गराइएको थापाथली सुकुम्बासी बस्तीका धेरै बसोबासी ठाउँ सरेर लाखापाखा लागिसके। कोही राति नै बसाइ सरे भने कसैले बिहानभरि सामान सारे। केही परिवार भने यस्ता पनि छन्, जसले यहाँबाट सर्न डेरा पाइसकेका छैनन्। उनीहरूले...

बिहान १० बजेसम्म झन्डै ७० प्रतिशत झुपडी र भौतिक संरचना भत्काइयो

३५ मिनेट अघि   सेतोपाटी

प्रधानमन्त्री बालेन शाहको निर्देशनमा आज शनिबार बिहान ६ बजेदेखि नै काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्ती खाली गराउन थालिएको छ। बिहान केही घन्टा सामान निकाल्न समय दिइएको थियो। त्यसैबीच यहाँका धेरै बसोबासीले आफ्नो सामान सारेका थिए। अन्यत्र बसोबासको विकल्प खोजेकाहरू रातारात बसाइ...

यसरी भत्काइँदैछ थापाथलीको सुकुम्बासी बस्ती, हेर्नुस् ड्रोनभ्यूमा

१ घण्टा अघि   सेतोपाटी

थापाथलीको सुकुम्बासी बस्तीमा डोजर चलाइएको छ।  बिहान केही घन्टा सामान निकाल्ने समय दिएर डोजर परिचालन गरी संरचना भत्काउन थालिएको हो।  वस्तीमा केही मानिसहरूले आफै पनि टहराहरू भत्काएर सामान निकालिरहेको छ। डोजर परिचालनसँगै ठूलो संख्या जनपद र सशस्त्र प्रहरी तथा महानगर बल...

सुकुम्बासी बस्तीमा अघि-अघि प्रहरी, पछि-पछि डोजर

१ घण्टा अघि   सेतोपाटी

थापाथलीको सुकुम्बासी बस्तीका संरचना भत्काउन थालिएको छ। शनिबार बिहान करिब ९ बजेदेखि सुकुम्बासी बस्तीका संरचना भत्काउन डोजर परिचालन गरिएको छ। सुरूमा दुइटा डोजर चलाइएको छ। एउटा डोजर बस्ती भित्रै प्रवेश गरेर संरचनाहरू भत्काइरहेको छ। अर्को डोजरले बाहिरी संरचना भत्काइरहेको छ। ...

रंगशालामा स्क्रिनिङ गरेपछि यी ठाउँमा राखिनेछन् सुकुम्बासीलाई

२ घण्टा अघि   सेतोपाटी

काठमाडौंको नदी किनारामा बसोबास गर्दै आएका भूमिहीन सुकुम्बासीलाई सरकारले होल्डिङ सेन्टरहरू तयार पारेको छ। पहिलो चरणमा काठमाडौंका तीन वटा स्थानमा सुकुम्बासी बस्ती हटाइँदैछ। थापाथली, गैरीगाउँ र मनोहरा क्षेत्रको सुकुम्बासी बस्ती हटाउन लागेको हो। यसरी बस्ती हटाएर त्यहाँका सुकुम्बासीहरूलाई सरकारले राख्नका लागि...

थापाथलीको सुकुम्बासी क्षेत्रमा डोजर परिचालन, भत्काउन थालियो संरचना

२ घण्टा अघि   सेतोपाटी

थापाथलीको सुकुम्बासी क्षेत्रमा डोजर परिचालन भएको छ। बिहान ८ बजे पुगेको डोजर साढे ८ बजेदेखि परिचालन भएको हो।  वस्ती खाली गर्न अहिले दुइटा डोजर परिचालन भएका छन्।  एउटाले सडक छेउका संरचना भत्काइरहेको छ।  अर्को डोजर बस्तीभित्रै प्रवेश गरेको छ। 

सुकुम्बासी बस्तीमा सामान सार्न मद्दत गर्दै प्रहरी (तस्बिरहरू)

२ घण्टा अघि   सेतोपाटी

काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्तीमा प्रहरीकै मद्दतमा सामान ओसार्ने काम भइरहेको छ।

सुकुम्बासी बस्ती हटाउन आइपुग्यो डोजर (तस्बिरहरू)

२ घण्टा अघि   सेतोपाटी

काठमाडौंको थापाथलीस्थित सुकुम्बासी वस्तीमा डोजर पुगेको छ। बिहान ८ बजेपछि दुईवटा डोजर पुगेको हो। त्यसअघि ३०/४० जनाको संख्यामा गाडीसहित महानगर प्रहरी पुगेको थियो। अहिले महानगर प्रहरीले बस्ती खाली गर्न माइकिङ गरिरहेको छ। प्रहरी आफै पनि बस्तीबाट सामान हटाउन जुटिरहेको छ।...

बिहान ८ बजेसम्म के छ थापाथली सुकुम्बासी क्षेत्रको अवस्था?

२ घण्टा अघि   सेतोपाटी

शनिबार सरकारले काठमाडौंका तीन ठाउँमा रहेको सुकुम्बासी बस्ती खाली गर्दैछ। थापाथली, सिनामंगलको गैरीगाउँ र मनोहराको सुकुम्बासी बस्ती शनिबार नै खाली गरिँदैछ। सुरूवातमा थापाथलीको सुकुम्बासी बस्ती हटाउने तयारी छ। तदनुसार थापाथली क्षेत्रमा बिहानैदखि प्रहरीको ठूलो उपस्थिति छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी...

थापाथलीका सुकुम्बासीलाई रंगशाला लगिने

२ घण्टा अघि   सेतोपाटी

काठमाडौंको थापाथलीस्थित बागमती नदी किनारामा रहेका सुकुम्बासीलाई सुरक्षाकर्मीले रंगशालामा लग्ने भएको छ। शनिबार बिहान थापाथली बस्तीमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ। महानगर प्रहरी, प्रहरी र सशस्त्र प्रहरी खटिएका छन्। सरकारले सुकुम्बासी बस्ती हटाउने भनेपछि त्यहाँ बसोबास गरिरहेका केही परिवारहरू बिहीबार राति...

महानगर प्रहरी पनि पुग्यो थापाथलीको सुकुम्बासी क्षेत्रमा (तस्बिरहरू)

३ घण्टा अघि   सेतोपाटी

काठमाडौं महानगरपालिकाको महानगर प्रहरी पनि थापाथलीको सुकुम्बासी बस्तीमा पुगेको छ।  शनिबार बिहानैदेखि बस्ती खाली गर्नका लागि महानगर प्रहरी गाडीसहित सुकुम्बासी बस्तीमा पुगेको हो। नेपाल प्रहरी र सशस्त्र प्रहरी रातिदेखि नै त्यस क्षेत्रमा परिचालित छ। बिहान थप संख्यामा प्रहरी तैनाथ गरिएको...

सुरूमा थापाथलीको सुकुम्बासी बस्ती हटाइने, त्यसपछि अन्यत्र

३ घण्टा अघि   सेतोपाटी

काठमाडौंको थापाथलीस्थित बागमती नदी किनारामा रहेको सुकुम्बासी बस्ती हटाउन प्रहरी परिचालन भइसकेको छ। काठमाडौं महानगर प्रहरी बल, नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति छ। सुरूमा थापाथलीको बस्ती हटाइने महानगर प्रहरीका प्रमुख विष्णुप्रसाद जोशीले जानकारी दिए। उनका अनुसार थापाथलीको बस्ती हटाउने...

पश्चिमी वायुको प्रभावले यी स्थानमा चट्याङसहित वर्षाको सम्भावना

३ घण्टा अघि   सेतोपाटी

पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका विभिन्न स्थानमा बदली भई केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भागमा सामान्यतया बदली रहेको छ भने अन्य...

थापाथलीको सुकुम्बासी क्षेत्रमा बाक्लो संख्यामा प्रहरी परिचालन (तस्बिरहरू)

४ घण्टा अघि   सेतोपाटी

थापाथलीको सुकुम्बासी बस्ती क्षेत्रमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएका छन्।  शनिबारदेखि बिहानैदेखि त्यस क्षेत्रमा बाक्लो संख्यामा प्रहरी परिचालन भएका छन्। आजदेखि थापाथलीसँगै सिनामंगलको गैरीगाउँ, मनोहरा क्षेत्रको सुकुम्बासी वस्ती हटाउने भनिएको छ। सरकारले सुकुम्बासी समस्या समाधानको विधि र प्रक्रिया ठाडै उल्लंघन गर्दै...

काठमाडौंका सुकुम्बासी बस्ती आजदेखि खाली गरिँदै

४ घण्टा अघि   सेतोपाटी

काठमाडौंका विभिन्न स्थानमा रहेका सुकुम्बासी वस्ती सरकारले आजदेखि खाली गर्दैछ। सरकारले सुकुम्बासी समस्या समाधानको विधि र प्रक्रिया ठाडै उल्लंघन गर्दै डोजर चलाएर  काठमाडौंको थापाथली, मनोहरा र सिनामंगल क्षेत्रका सुकुम्बासी वस्तीमा शनिबारदेखि खाली गर्न लागेको हो।  शनिबार ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गर्ने तयारी पनि...

कस्तो खालको पेट दुखाइमा तुरून्तै अस्पताल जाने? (भिडिओ)

४ घण्टा अघि   सेतोपाटी

पेट किन दुख्छ भन्ने जिज्ञासा सामान्यसँगै जटिल पनि छ। एउटा खालको पेट दुखाइमा तत्कालै इमर्जेन्सी चाहिने अवस्था रहन्छ। अर्को विभिन्न रोगको लक्षणका रूपमा समेत आउँछ। अर्थात् पेट दुख्ने विभिन्न कारणहरू छन्। मेडिकल भाषामा पेटलाई रहस्यको बाकस समेत भनिन्छ। किन यस्तो भनिन्छ...

थापाथलीको दृश्य– कोठा पाउनेहरू रातारात सर्दै छन्, नपाउनेहरू सामान पोको पारेर रूँग्दै छन्

१२ घण्टा अघि   सेतोपाटी

सरकारले विधि र प्रक्रिया मिचेर सुकुम्बासी बस्ती खाली गराउने तयारी सुरू गरेपछि त्यस्ता बस्तीमा बसोबास गर्ने भूमिहीन सुकुम्बासीहरू बिचल्लीमा परेका छन्। सरकारले सकभर शनिबार एकैदिनमा वा आइतबारभित्र काठमाडौंका सबै सुकुम्बासी बस्ती खाली गर्न सुरक्षा निकायलाई निर्देशन दिएको छ। हामीले काठमाडौंको...

सुकुम्बासी हटाउन सरकारले मिचेका विधि र प्रक्रिया

१४ घण्टा अघि   सेतोपाटी

सेतोपाटी ब्रिफिङ प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले सुकुम्बासी समस्या समाधानको विधि र प्रक्रिया उल्लंघन गर्दै बल प्रयोग गरेर सुकुम्बासी बस्ती खाली गराउन खोजेको भन्दै विरोध भइरहेको छ। बालेनले मन्त्रिपरिषद र पार्टीमा छलफलबिना एकल निर्णयबाट सकभर शनिबार वा आइतबारभित्र काठमाडौंका सुकुम्बासी...

किष्ट बैंक घोटाला प्रकरण- जुनियर असिस्टेन्ट पक्राउ

१४ घण्टा अघि   सेतोपाटी

बैंकिङ कसूर अन्तर्गत किष्ट बैंक घोटाला प्रकरणका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। तत्कालीन किष्ट बैंकका कर्मचारीले नक्कली कागजात, नक्कली छाप, नक्कली बैंक कर्मचारी तथा नक्कली सुरक्षा गार्डसमेत तयार गरी बैंकलाई झुक्याई हानि–नोक्सानी पुर्‍याएको मुद्दामा दोषी ठहर भएका एक व्यक्तिलाई...

थापाथलीका सुकुम्बासीले धमाधम सार्दैछन् सामान (तस्बिरहरू)

१५ घण्टा अघि   सेतोपाटी

काठमाडौं थापाथली क्षेत्रका सुकुम्बासीहरू यतिबेला अन्योल र तनावबीच धमाधम सामान सार्न थालेका छन्। सम्भावित स्थानान्तरणको तयारी र अनिश्चित अवस्थाका कारण बस्तीमा बसोबास गर्ने धेरै परिवारले आफ्नो सरसामान प्याक गर्न थालेका छन् भने कतिपय नयाँ बस्ने ठाउँको खोजीमा छन्। बस्तीभित्रको दृश्य पनि...

हवाई इन्धनको मूल्यवृद्धिसँगै आकासियो भाडा, आन्तरिक उडान ३० प्रतिशतले घट्यो

१५ घण्टा अघि   सेतोपाटी

हवाई क्षेत्रमा पछिल्लो समय उडान संख्या र यात्रुको चाप घटेको छ। हवाई इन्धनको मूल्यमा भएको वृद्धिसँगै हवाई भाडा आकासिएपछि आन्तरिक र अन्तर्राष्ट्रिय दुवै क्षेत्रमा उडानको संख्या खुम्चिएको हो। आन्तरिक उडानतर्फ दैनिक यात्रुको संख्यामा करिब ३० प्रतिशतले गिरावट आएको नेपाल नागरिक...

राप्रपाका नेता विक्रम पाण्डे पक्राउ

१५ घण्टा अघि   सेतोपाटी

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले राप्रपाका नेता विक्रम पाण्डेलाई पक्राउ गरेको छ। उनलाई शुक्रबार साँझ पक्राउ गरेको एआइजी मनोज कुमार केसीले जानकारी दिए। कालिका कन्स्ट्रक्सनका मालिक समेत रहेका पूर्वमन्त्री पाण्डेले ठेक्का पाउने बेलामा डकुमेन्ट परिवर्तन गरेको अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ। ...