ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

गीता पाण्डे मृत्यु प्रकरण- मेडिकल काउन्सिलका सदस्यको संयोजकत्वमा छानबिन समिति गठन

१२ मिनेट अघि   सेतोपाटी

गर्भपतन गराउने क्रममा मृत्यु भएकी गीता पाण्डेको घटनाको छानबिन गर्न नेपाल मेडिकल काउन्सिलका सदस्य डा. सम्राट पराजुलीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ। काउन्सिलले उक्त घटनालाई गम्भीरतापूर्वक लिँदै र मृतकका आफन्तको चाहना अनुसार घटनाको निष्पक्ष छानबिनका लागि ६ सदस्यीय समिति...

विमानस्थलको प्रतीक्षालयमा पर्यटकीय गन्तव्यको प्रचार गरिने

१४ मिनेट अघि   सेतोपाटी

नेपालका सबै विमानस्थलका यात्री प्रतीक्षालयहरूमा अब नेपालका प्रमुख पर्यटकीय स्थलहरूको प्रवर्द्धनात्मक सामग्रीहरू प्रदर्शन गरिने भएको छ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार हवाइ यात्रीहरूलाई नेपालका सुन्दर गन्तव्यहरूबारे जानकारी दिन यस्तो व्यवस्था मिलाउन लागिएको हो। विमानस्थलहरूमा नेपाल नागरिक उड्डयन प्राधिकरणका...

दीपक भट्ट र सुलभ अग्रवाललाई ७ दिन म्याद थप

१४ मिनेट अघि   सेतोपाटी

सम्पत्ति शुद्धीकरण अनुसन्धानमा रहेका व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई ७ दिन हिरासतमा राख्न म्याद थप भएको छ। बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश तिलकबहादुर कार्कीको इजलासले उनीहरूलाई सात दिन हिरासतमा राख्न म्याद थपेको हो। उनीहरुलाई विभागले ३० दिन हिरासतमा राख्न...

मध्यक्रमको ब्याटिङ नचल्दा ओमानसँग हार्‍यो नेपालको ‘ए’ राष्ट्रिय क्रिकेट टोली

१७ मिनेट अघि   सेतोपाटी

ओमानसँगको पहिलो खेलमा नेपालको ‘ए’ राष्ट्रिय क्रिकेट टोली पराजित भएको छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा बुधबार भएको खेलमा नेपालको ए टोलीमाथि ७० रनको जित निकालेको हो।  ओमानले दिएको २८१ रनको लक्ष्य पछ्याएको नेपाल ४४.४ ओभरमा २१० रनमा अलआउट भयो।  नेपालका...

चुनावमा धक्का खायौं, अब आचरण सुधारेर जनतामा जान्छौं– विष्णु पौडेल

१८ मिनेट अघि   सेतोपाटी

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पार्टीले चुनावमा गम्भीर धक्का खाएको भन्दै अब विचार, संगठन, आचरण, कार्यशैली सबै हिसाबले रुपान्तरित भएर जनतामा जाने बताएका छन्। नेकपा स्थापनाको ७७ औं वर्षगाँठका सन्दर्भमा पार्टी कार्यालयमा आयोजना गरिएको कार्यक्रममा उनले निर्मम भएर चुनावको समीक्षा...

यति बेला भर्खरै कापी जाँच्न सुरू गरिन्थ्यो एसइईको!

३४ मिनेट अघि   सेतोपाटी

जिल्ला शिक्षा विकास तथा समन्वय इकाईहरूले एसइई परीक्षाको मार्कस्लिप र उत्तरपुस्तिका बुझाइसकेका छन्। बुधबार दिउँसोसम्म देशभरका सम्पूर्ण जिल्ला शिक्षा इकाईहरूले मार्कस्लिप र उत्तरपुस्तिका बुझाइसकेका छन्।  बाजुरा लगायत टाढा–टाढाका जिल्लाबाट मार्कस्लिप र उत्तरपुस्तिका आउन बाँकी थियो। ती पनि आज आइपुगेको राष्ट्रिय...

एमाले विशेष महाधिवेशन पक्षले अघि सार्‍यो १५ नीतिगत सुधारहरू (दस्तावेज सहित)

३४ मिनेट अघि   सेतोपाटी

नेकपा एमाले विशेष महाधिवेशन पक्षधर युवाले बहसका लागि दस्तावेज नै अघि सारेका छन्। नेकपा स्थापनाको ७७ औं वर्षगाँठका सन्दर्भ पारेर उनीहरूले १५ वटा नीतिगत सुधारको प्रस्तावसहित दस्तावेज अघि बढाएका हुन्। ‘जसको उद्देश्य पार्टीलाई थप लोकतान्त्रिक, उत्तरदायी, जनमुखी र प्रभावकारी बनाउनु...

दीपक भट्टले गरेको एउटा मुख्य 'घोटाला'

३९ मिनेट अघि   सेतोपाटी

सम्पत्ति शुद्धीकरण अनुसन्धान सिलसिलामा हिरासतमा रहेका विवादित व्यवसायी दीपक भट्टले गरेको एउटा मुख्य आर्थिक घोटालाको विवरण धितोपत्र बोर्डले सार्वजनिक गरेको छ। भट्ट र उनीसँग सम्बद्ध व्यवसायीहरूले मिलेमतोमा सेयर किन्ने र कृत्रिम रूपले मूल्य बढाउने गरेको बोर्डको अध्ययनले देखाएको छ। भट्टमाथि...

भविष्यमा नेपालले तय गर्न सक्ने आर्थिक समृद्धिको यात्रा- २

५२ मिनेट अघि   सेतोपाटी

सन् १९९० को राजनीतिक परिवर्तन पश्चात् बितेको साढे तीन दशकमा मुलुकले हासिल गरेको आर्थिक समृद्धिको यात्रा र भविष्यका बारेमा गत आलेखमा केही चर्चा गरेको थिएँ। उक्त आलेखको निष्कर्ष अनुसार, यदि प्रतिव्यक्ति राष्ट्रिय आय सन् १९९६ देखि २०२४ को औसत दरमा...

लुम्बिनी प्रदेशमा जीवनाशक विषादी व्यवस्थापन विधेयक सर्वसम्मत पारित

५४ मिनेट अघि   सेतोपाटी

लुम्बिनी प्रदेश सभाले प्रदेश जीवनाशक विषादी व्यवस्थापन तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदन सहितको विधेयक सर्वसम्मत पारित गरेको छ।  प्रदेश सभाको सातौँ अधिवेशनको १५ औं बैठकले उक्त विधेयक पारित गरेको हो। कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले विधेयकमाथि...

असोजभित्र महाधिवेशन, युवालाई प्राथमिकता- प्रचण्ड

५८ मिनेट अघि   सेतोपाटी

नेपाली कम्युनिस्ट पार्टी  (नेकपा)का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले आगामी असोजसम्म पार्टीको महाधिवेशन गर्ने बताएका छन्। नेकपा स्थापना दिवसका अवसरमा बुधबार पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले पार्टी एकताको ६ महिनाभित्र महाधिवेशन गर्ने भनिएको र आगामी असोजसम्म त्यो सम्पन्न हुने...

श्री एयरलाइन्सले पायो तीन अन्तर्राष्ट्रिय गन्तव्यमा नियमित उडानको अनुमति

१ घण्टा अघि   सेतोपाटी

वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले छिमेकी मुलुकका तीनवटा सहरमा नियमित उडान गर्ने अनुमति पाएको छ।  नेपाल नागरिक उड्डयन प्राधिकरणले एयरलाइन्सको 'एयर अपरेटर सर्टिफिकेट' संशोधन गर्दै यो नयाँ बाटो खोलेको हो। प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार श्री एयरलाइन्सले अब काठमाडौंबाट भारतको...

कुर्सीमा बस्दा हामीभित्र फोहोर जम्मा हुँदै गएको थियो, जनताले सबक सिकाए- प्रचण्ड

१ घण्टा अघि   सेतोपाटी

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आफूहरू सत्तामा रहँदा गरेको कमजोरी र विकृतिको सजाय जनताले निर्वाचनमार्फत दिएको बताएका छन्।  नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रममा उनले जनताले सुध्रिने अवसर दिएको बताए।  उनले सत्तामा रहँदा पार्टीभित्र फोहोर थुप्रिँदै गएको स्वीकार...

प्रधानमन्त्री बालेनको काँधमा अब दुइटा मन्त्रालय

१ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री बालेन शाहको काँधमा अहिले दोस्रो मन्त्रालयको जिम्मेवारी थपिएको छ। गृहमन्त्री सुधन गुरूङको राजीनामापछि उनले सम्हाल्दै आएको गृह मन्त्रालय पनि तत्काललाई प्रधानमन्त्री शाहकै मातहत राखिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री शाहले यसअघि नै रक्षाको जिम्मेवारी आफैले सम्हालिरहेका छन्। सुरूमा उनले...

सरकारको लक्षण राम्रो देखिएन, जनता सन्तुष्ट छैनन्- माधव नेपाल

१ घण्टा अघि   सेतोपाटी

नेपाल कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन्।  सरकार गठनको केही समय भइसक्दा पनि जनताका चाहना र आकांक्षाहरू पूरा हुने संकेत नदेखिएको उनको दाबी छ। बुधबार नेपाली कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले...

आइसिसी महिला च्यालेन्ज ट्रफीमा नेपालको लगातार दोस्रो जित

१ घण्टा अघि   सेतोपाटी

रवाण्डामा भइरहेको पहिलो संस्करणको आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीमा नेपालले लगातार दोस्रो खेलमा जित निकालेको छ।  बुधबार किगालीमा भएको खेलमा नेपालले घरेलु टोली रवाण्डालाई  वि२ केटले हराएको हो।  रवाण्डाले दिएको ८९ रनको लक्ष्य नेपालले २ बल खेल्न बाँकी छदा ८...

पेरिसडाँडामा नेकपा स्थापना दिवस (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले नेकपा स्थापना दिवस मनाएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा कार्यक्रम गरेर नेकपाले ७७ औं नेकपा स्थापना दिवस मनाएको हो।  स्थापना दिवसको कार्यक्रममा संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड', सह-संयोजक माधवकुमार नेपाल‍, वरिष्ठ नेताहरू झलनाथ खनाल, वामदेव गौतमसहित अरू...

यातायात व्यवस्था विभागले भन्यो- विद्यार्थीलाई गाडी भाडामा दिइने ४५ प्रतिशत छुट कार्यान्वयन गर्नू

१ घण्टा अघि   सेतोपाटी

सार्वजनिक यातायातमा विद्यार्थीलाई दिइने ४५ प्रतिशत छुट कार्यान्वयन गर्न यातायात व्यवस्था विभागले निर्देशन दिएको छ। विभागले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, सार्वजनिक यातायात केन्द्रीय महासंघ र साझा यातायात सहकारी संस्थालाई पत्राचार गर्दै छुट कार्यान्वयन गर्न निर्देशन दिइएको हो। २०६५ फागुन...

धेरै रक्सी पिएको लेखेपछि एफबिआई निर्देशक कास पटेलले एटलान्टिक पत्रिकाविरूद्ध हाले मानहानी मुद्दा

१ घण्टा अघि   सेतोपाटी

एफबीआई निर्देशक कास पटेलले 'द एटलान्टिक' पत्रिका र संवाददाता सारा फिट्जप्याट्रिक विरुद्ध मानहानीको मुद्दा दर्ता गरेका छन्। निर्देशक पटेललाई मद्यपानको समस्या रहेको आरोप लगाउँदै लेख प्रकाशित गरेपछि उनले यो कदम चालेका हुन्। सोमबार 'डिस्ट्रिक्ट अफ कोलम्बिया' को अमेरिकी जिल्ला अदालतमा...

सिंहदरबार भित्रबाट पक्राउ परेका नेविसंघ नेताहरूलाई रिहा गर्न कांग्रेसको माग

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसले सिंहदरबारभित्रबाट पक्राउ परेका नेविसंघका नेताहरूलाई रिहा गर्न माग गरेको छ। गृहमन्त्री सुधन गुरूङको राजीनामा र मूल्यवृद्धिको विरोधमा नेविसंघका केही नेताहरूले मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयनजिकै प्रदर्शन गरेका थिए। उनीहरूलाई प्रहरीले पक्राउ गरेको थियो। नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य...

ओलीको अनुपस्थितिमै च्यासलमा नेकपा स्थापना दिवस (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

नेकपा स्थापना दिवसका अवसरमा नेकपा (एमाले)ले च्यासलमा कार्यक्रम गरेको छ। कार्यक्रममा अध्यक्ष केपी शर्मा भने उपस्थित छैनन्। मञ्चमा ओली बाहेकका नेताहरू छन्। स्वास्थ्य अवस्थाका कारण ओली उपस्थित हुन नसकेको उनीनिकट एक नेताले बताएका छन्।  पत्थरीको शल्यक्रियापछि ओली अझै तंग्रिएका छैनन्।  ओली आराम...

रवि र बालेनले बिहानै मागेका थिए गृहमन्त्रीको राजीनामा

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेतासमेत रहेका प्रधानमन्त्री बालेन शाहले आज बिहानै गृहमन्त्री सुधन गुरूङलाई पदबाट राजीनामा दिन भनेको पाइएको छ। रास्वपाका एक पदाधिकारीले सेतोपाटीलाई दिएको जानकारीअनुसार गृहमन्त्री गुरूङलाई आज बिहान राजीनामा दिन सभापति र...

गृहमन्त्री भएको दुई सातामा मर्यादाक्रम घट्यो, एक महिनामा राजीनामा

१ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारबाट बुधबार राजीनामा दिएका गृहमन्त्री सुधन गुरूङ २७ दिनअघि मन्त्री नियुक्त हुँदा तेस्रो वरीयतामा थिए। त्यति बेला पार्टीभित्र कचकचबीच प्रधानमन्त्री बालेनले नै उनलाई गृहमन्त्री बनाएका थिए। सँगसँगै, उनलाई मन्त्रिपरिषदको मर्यादाक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेपछि तेस्रो स्थानमा...

२८०४ विन्दुमा नेप्से, ७ अर्ब ८१ करोडको सेयर किनबेच

२ घण्टा अघि   सेतोपाटी

बुधबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ। नेप्से २.९५ अंकले घटेर २८०४.१७ विन्दुमा बन्द भएको छ। नेप्से घटे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ। मंगलबार ५ अर्ब ७७ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन ७ अर्ब ८१ करोड...