संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेका छन्। मन्त्रिपरिषदको वैशाख ८ गतेको निर्णयअनुसार राष्ट्रपति पौडेलले प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेका हुन्। वैशाख १७ गते दिउँसो २ बजेका लागि बैठक आह्वान भएको छ।
