सिंहदरबारलाई ढाकेको हरियो पर्दा उडायो हावाले (तस्बिरहरू)
देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारलाई ढाकिएको हरियो पर्दा हावाले तितरवितर तुल्याएको छ। गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा आगलागीबाट ध्वस्त भएको पश्चिम मोहोडातर्फको सिंहदरबारको मुख्य भवन लामो समयदेखि हरियो पर्दाले ढाकिएको थियो। समयक्रमसँगै हावा–हुरीका कारण उक्त पर्दा बिस्तारै झर्दै गएको छ।...
