ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

प्रधानमन्त्री र १५ मन्त्री– कसको सम्पत्ति कति?

१ घण्टा अघि   सेतोपाटी

आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको वेबसाइट मार्फत् प्रधानमन्त्री बालेन शाहसहितका मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। हेर्नुहोस् कुन मन्त्रीको सम्पत्ति कति छ? प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्।  सम्पत्ति विवरणमा बालेनकी आमा ध्रुवदेवी शाहको...

स्वास्थ्य मन्त्री निशा मेहताको सम्पत्ति कति?

१ घण्टा अघि   सेतोपाटी

स्वास्थ्य, जनसंख्या तथा खानेपानी मन्त्री निशा मेहताले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार उनीसँग विभिन्न बैंकमा १७ लाख रूपैयाँ देखिएको छ। प्रधानमन्त्री बालेन शाह सहित सरकारका सबै मन्त्रीको सम्पत्ति विवरण आइतबार साँझ सार्वजनिक गरिएको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सार्वजनिक गरेको...

उद्योगमन्त्री गौरी यादवसँग काठमाडौं महानगरकै चार ठाउँमा जग्गा, १८० तोला सुन, ३ करोड बढीको सेयर

१ घण्टा अघि   सेतोपाटी

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार उनीसँग काठमाडौं महानगरपालिकामै चार ठाउँमा जग्गा रहेको देखिएको छ। प्रधानमन्त्री बालेन शाह सहित सरकारका सबै मन्त्रीको सम्पत्ति विवरण आइतबार साँझ सार्वजनिक गरिएको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सार्वजनिक गरेको...

यस्तो छ सञ्चार मन्त्री तिमिल्सिनाको सम्पत्ति विवरण

१ घण्टा अघि   सेतोपाटी

सरकारले सार्वजनिक गरेको मन्त्रीहरूको सम्पत्ति विवरण अनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिनाको  अधिकांश अचल सम्पत्ति श्रीमतीको नाममा छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सार्वजनिक गरेको मन्त्री तिमिल्सिनाको विवरणमा काठमाडौंको नागार्जुनमा घर र जग्गा हुनुका साथै ४८ लाख रूपैयाँ...

भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालको बैंकमा ९० लाख

२ घण्टा अघि   सेतोपाटी

भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री सुनिल लम्सालले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्दै बैंकमा ९० लाख रूपैयाँ रहेको जनाएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले आइतबार सार्वजनिक गरेको विवरण अनुसार लम्सालको रूपन्देहीमा एक कट्ठा १० धुर क्षेत्रफलमा घर छ। त्यस्तै, नवलपरासीको कावासोती नगरपालिकामा १० कट्ठा १५ धुर र स्याङ्जाको...

श्रम मन्त्री रामजी यादवको सुन ८० तोला, चाँदी १५० तोला

२ घण्टा अघि   सेतोपाटी

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवसँग ८० तोला सुन र १५० तोला चाँदी रहेको सम्पत्ति विवरण सार्वजनिक भएको छ। मन्त्री यादवले पैतृक सम्पत्तिका रूपमा ५० तोला र खरिद गरेको ३० तोला गरेर ८० तोला सुन रहेको विवरण पेस...

शिक्षामन्त्री सस्मितको सम्पत्ति र ऋण कति?

२ घण्टा अघि   सेतोपाटी

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले आफ्नो नाममा २५ तोला सुन रहेको सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरणमा मन्त्री पोखरेलले २५ तोला सुन रहेको विवरण सार्वजनिक गरेका हुन्। त्यस्तै उनले १००...

पर्यटनमन्त्री पौडेलको सम्पत्ति कति?

२ घण्टा अघि   सेतोपाटी

संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री खडकराज पौडेल 'गनेस'ले डिजिटल पुस्तकालय सञ्चालन गर्न २५ लाख रूपैयाँ लगानी गरेको बताएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले आइतबार साँझ सार्वजनिक गरेको सम्पत्ति विवरणमा मन्त्री पौडेलले उक्त लगानीबारे उल्लेख गरेका हुन्। बुक लिफ्टर प्रालि मार्फत...

कृषिमन्त्री चौधरीसँग दुइटा स्कुटर, अन्य सम्पत्ति र ऋण कति?

२ घण्टा अघि   सेतोपाटी

कृषि तथा पशुपन्छी विकास तथा वन–वातावरण मन्त्री गीता चौधरीले आफ्नो सार्वजनिक सम्पत्ति विवरणमार्फत विभिन्न चल–अचल सम्पत्तिको विवरण सार्वजनिक गरेकी छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले आइतबार सार्वजनिक गरेको विवरण अनुसार मन्त्री चौधरीसँग ५ तोला सुन र १०० तोला चाँदी छ। सम्पत्ति विवरणमा उल्लेख भए...

कानुनमन्त्री सोबिता गौतमलाई गाडीको ऋण धेरै, सम्पत्ति कति?

३ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री बालेन शाहसहित उनको नेतृत्वमा रहेको सरकारका मन्त्रीहरूको सम्पत्ति विवरण आइतबार साँझ सार्वजनिक गरिएको छ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले आफूसँग १० लाख ५० हजार ३३५ रूपैयाँ बैंकमा रहेको विवरण सार्वजनिक गरेकी छन्। उनीसँग सुन १५ तोला,...

प्रतिभा रावलसँग २० लाख नगद, २५ तोला सुन

३ घण्टा अघि   सेतोपाटी

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र संघीय मामिला तथा सामान्य प्रशासनसमन्त्री समेत रहेकी प्रतिभा रावलले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेकी छन्। आइतबार सार्वजनिक सम्पत्ति विवरणअनुसार उनकोको नाममा काठमाडौंको बूढानीलकण्ठमा ५ आना बनेको घर छ। जुन जग्गा ७० लाखमा खरिद...

सुनका धनी मन्त्रीहरू, कोसँग कति तोला?

३ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री बालेन्द्र शाह र उनको मन्त्रिपरिषदका सदस्यहरूले आआफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। आइतबार सार्वजनिक गरिएको सम्पत्ति विवरण अनुसार सबैजसो मन्त्रीहरूसँग सम्पत्तिका रूपमा सुन पनि उल्लेख्य मात्रामा देखिएको छ।  आजको सुनको मूल्य अनुसार एक तोला सुनको मूल्य २ लाख ९७ हजार छ।...

विराजभक्तसँग १ करोड ४५ लाख मूल्यको सेयर, १५ तोला सुन, ५० लाख ऋण

३ घण्टा अघि   सेतोपाटी

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार मन्त्री श्रेष्ठको पैत्रिक नाममा काठमाडौंका दुईवटा घर छ। काठमाडौं महानगरपालिका वडा नम्बर २४ मा २ आना, काठमाडौं महानगरपालिका वडा...

मन्त्री सीता बादीसँग १८ तोला सुन, सगोलसमेत गरी तीन ठाउँमा घरघडेरी

३ घण्टा अघि   सेतोपाटी

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता बादीले सम्पत्ति विवरणमा १८ तोला सुन र १५ तोला चाँदी देखाएकी छन्। उनले यी गरगहना विवाहमा आफूले पाएको पनि उल्लेख गरेकी छन्। आइतबार सार्वजनिक विवरणअनुसार उनको ससुराको नाममा काठमाडौंको बूढानीलकण्ठमा घरघडेरी छ। मन्त्री...

परराष्ट्रमन्त्री शिशिर खनालको कति छ सम्पत्ति?

४ घण्टा अघि   सेतोपाटी

परराष्ट्र मन्त्री शिशिर खनालले आफ्नो सम्पत्ति विवरण सार्वजनि गरेका छन्। आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार  खनालको काठमाडौंको टोखामा ६ आनामा बनेको घर छ। त्यो उनको पैत्रिक सम्पत्ति हो। जग्गा बुवा सूर्यभक्त खनालको नाममा छ। खनालको तनहुँको...

गृहले भन्यो- गालीगलौज गर्ने क्रियाकलाप प्रचलित कानून विपरित

४ घण्टा अघि   सेतोपाटी

गृह मन्त्रालयले अपशब्द प्रयोग गरी गालीगौज गर्ने क्रियाकलाप कानून विपरित भएको जनाएको छ। आइतबार गृहका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री बालेन शाहमाथि लक्षित गरी गालीगलौज गरेको आरोपमा पक्राउ गरेको विषयमा आएका समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ।...

अर्थमन्त्री वाग्लेको चार जिल्लामा घरघडेरी, चार जिल्लामा जग्गा, ४५ तोला सुन

४ घण्टा अघि   सेतोपाटी

अर्थमन्त्री स्वर्णिम वाग्लेको चार जिल्लामा घरघडेरी र चार जिल्लामा जग्गा रहेको छ। आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्ले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार स्वर्णिम वाग्लेको नाममा ललितपुरको सानेपामा अपार्टमेन्ट छ। १२८४ वर्गमिटरको उक्त अपार्टमेन्ट दुई करोड रुपैयाँ बराबरको हो। त्यस्तै ललितपुरको भैँसेपाटीमा ४...

गृहमन्त्री गुरूङको सम्पत्ति कति?

४ घण्टा अघि   सेतोपाटी

गृहमन्त्री सुधन गुरूङको सम्पत्ति विवरण सार्वजनिक भएको छ। आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले प्रधानमन्त्रीसहित मन्त्रीहरू सबै जनाको सम्पत्ति विवरण सार्वजनिक गरेका हुन्। गृहमन्त्री गुरूङले धनकुटामा १९ रोपनी १५ आना लगानीबाट प्राप्त जग्गा भनेर खुलाएका छन्। बुबा दिलबहादुर गुरूङ (पिता) को...

प्रधानमन्त्री शाहको बैंकमा १ करोड ४६ लाख, आयस्रोत फेसबुक र युट्युब

४ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो सम्पत्ती विवरण सार्वजनिक गरेका छन्।  शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेवसाइट मार्फत् सम्पत्ती विवरण सार्वजनिक गरेका हुन्।  सम्पत्ती विवरणमा शाहकी आमा ध्रुवदेवी शाहको नाममा काठमाडौं वडा नंम्बर ९ मा ५ आजना जना रहेको र धनुषामा १...

सरकारले नागरिक अधिकार मास्ने काम गरे कांग्रेस चुप लाग्दैनः सभापती थापा

५ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकको अधिकार मास्ने काम भए आफूहरू चुप नलाग्ने बताएका छन्।  लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रमलाई आइतबार दाङको भालुवाङमा सम्बोधन गर्दै उनले सरकारले अधिकार मास्ने काम गरे कांग्रेस चुप नलाग्ने बताएका हुन्। ‘संघमा हामी प्रतिपक्ष दल...

फेवातालको जग्गा 'दूषित दर्ता' भनेको के, किन पाइँदैन मुआब्जा? यसबारे जान्नुपर्ने ५ कुरा

५ घण्टा अघि   सेतोपाटी

फेवाताल जोगाउने सरकारी अभियानसँगै एउटा शब्द फेरि चर्चामा आएको छ — दूषित दर्ता। तालको जग्गा कसरी व्यक्तिका नाममा पुग्यो, केलाई दूषित दर्ता भनिन्छ र किन यस्तो जग्गामा मुआब्जा पाइँदैन भन्ने प्रश्न अहिले व्यापक रूपमा उठिरहेका छन्। प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह...

एमालेबाट निर्वाचित मेयर पार्टी छाडेर लागे आजपातिर

६ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेबाट निर्वाचित रौतहट देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानु आम जनता पार्टी प्रवेश गरेका छन्। आजपा अध्यक्ष प्रभु साहले उनलाई आइतबार पार्टी प्रवेश गराएका हुन्। उनीसँगै केही वडाध्यक्ष पनि आजपा प्रवेश गरेका छन्। कानु २०७९ सालमा देवाही गोनाहीको...

अदालततिर होइन, महाधिवेशनतिर लागौं- प्रदीप पौडेल

६ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मुद्दा मामिलातिर नभई सबै महाधिवेशनतिर लाग्नुपर्नेमा जोड दिएका छन्। तत्कालीन सभापति शेरबहादुर देउवा पक्ष विशेष महाधिवेशनविरूद्धमा सर्वोच्च अदालत गएको छ। त्यसतर्फ लक्ष्य गर्दै उनले सबै १५ औं महाधिवेशनको तयारीमा जुट्नुपर्ने बताएका हुन्। कांग्रेसले असोजमा महाधिवेशन...

३ लाख पर्यटक भित्रने अपेक्षासहित सुरू भयो फेवा सडक महोत्सव

६ घण्टा अघि   सेतोपाटी

नयाँ वर्ष २०८३ मनाउन पोखरामा ‘फेवा नव वर्ष महोत्सव २०८३’ सुरू भएको छ। लेकसाइडको हलनचोकदेखि ड्यामसाइडसम्म करिब तीन किलोमिटर सडकमा आवागमन रोकेर महोत्सव आयोजना गरिएको हो। महोत्सवमा ३ लाख पर्यटक भित्रने अपेक्षा गरिएको आयोजक होटल संघ (हान) पोखराका अध्यक्ष लक्ष्मण...