ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

सुनका धनी मन्त्रीहरू, कोसँग कति तोला?

३ मिनेट अघि   सेतोपाटी

प्रधानमन्त्री बालेन्द्र शाह र उनको मन्त्रिपरिषदका सदस्यहरूले आआफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। आइतबार सार्वजनिक गरिएको सम्पत्ति विवरण अनुसार सबैजसो मन्त्रीहरूसँग सम्पत्तिका रूपमा सुन पनि उल्लेख्य मात्रामा देखिएको छ।  आजको सुनको मूल्य अनुसार एक तोला सुनको मूल्य २ लाख ९७ हजार छ।...

विराजभक्तसँग १ करोड ४५ लाख मूल्यको सेयर, १५ तोला सुन, ५० लाख ऋण

८ मिनेट अघि   सेतोपाटी

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार मन्त्री श्रेष्ठको पैत्रिक नाममा काठमाडौंका दुईवटा घर छ। काठमाडौं महानगरपालिका वडा नम्बर २४ मा २ आना, काठमाडौं महानगरपालिका वडा...

मन्त्री सीता बादीसँग १८ तोला सुन, सगोलसमेत गरी तीन ठाउँमा घरघडेरी

२६ मिनेट अघि   सेतोपाटी

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता बादीले सम्पत्ति विवरणमा १८ तोला सुन र १५ तोला चाँदी देखाएकी छन्। उनले यी गरगहना विवाहमा आफूले पाएको पनि उल्लेख गरेकी छन्। आइतबार सार्वजनिक विवरणअनुसार उनको ससुराको नाममा काठमाडौंको बूढानीलकण्ठमा घरघडेरी छ। मन्त्री...

परराष्ट्रमन्त्री शिशिर खनालको कति छ सम्पत्ति?

४३ मिनेट अघि   सेतोपाटी

परराष्ट्र मन्त्री शिशिर खनालले आफ्नो सम्पत्ति विवरण सार्वजनि गरेका छन्। आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार  खनालको काठमाडौंको टोखामा ६ आनामा बनेको घर छ। त्यो उनको पैत्रिक सम्पत्ति हो। जग्गा बुवा सूर्यभक्त खनालको नाममा छ। खनालको तनहुँको...

गृहले भन्यो- गालीगलौज गर्ने क्रियाकलाप प्रचलित कानून विपरित

५४ मिनेट अघि   सेतोपाटी

गृह मन्त्रालयले अपशब्द प्रयोग गरी गालीगौज गर्ने क्रियाकलाप कानून विपरित भएको जनाएको छ। आइतबार गृहका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री बालेन शाहमाथि लक्षित गरी गालीगलौज गरेको आरोपमा पक्राउ गरेको विषयमा आएका समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ।...

अर्थमन्त्री वाग्लेको चार जिल्लामा घरघडेरी, चार जिल्लामा जग्गा, ४५ तोला सुन

१ घण्टा अघि   सेतोपाटी

अर्थमन्त्री स्वर्णिम वाग्लेको चार जिल्लामा घरघडेरी र चार जिल्लामा जग्गा रहेको छ। आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्ले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार स्वर्णिम वाग्लेको नाममा ललितपुरको सानेपामा अपार्टमेन्ट छ। १२८४ वर्गमिटरको उक्त अपार्टमेन्ट दुई करोड रुपैयाँ बराबरको हो। त्यस्तै ललितपुरको भैँसेपाटीमा ४...

गृहमन्त्री गुरूङको सम्पत्ति कति?

१ घण्टा अघि   सेतोपाटी

गृहमन्त्री सुधन गुरूङको सम्पत्ति विवरण सार्वजनिक भएको छ। आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले प्रधानमन्त्रीसहित मन्त्रीहरू सबै जनाको सम्पत्ति विवरण सार्वजनिक गरेका हुन्। गृहमन्त्री गुरूङले धनकुटामा १९ रोपनी १५ आना लगानीबाट प्राप्त जग्गा भनेर खुलाएका छन्। बुबा दिलबहादुर गुरूङ (पिता) को...

प्रधानमन्त्री शाहको बैंकमा १ करोड ४६ लाख, आयस्रोत फेसबुक र युट्युब

१ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो सम्पत्ती विवरण सार्वजनिक गरेका छन्।  शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेवसाइट मार्फत् सम्पत्ती विवरण सार्वजनिक गरेका हुन्।  सम्पत्ती विवरणमा शाहकी आमा ध्रुवदेवी शाहको नाममा काठमाडौं वडा नंम्बर ९ मा ५ आजना जना रहेको र धनुषामा १...

सरकारले नागरिक अधिकार मास्ने काम गरे कांग्रेस चुप लाग्दैनः सभापती थापा

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकको अधिकार मास्ने काम भए आफूहरू चुप नलाग्ने बताएका छन्।  लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रमलाई आइतबार दाङको भालुवाङमा सम्बोधन गर्दै उनले सरकारले अधिकार मास्ने काम गरे कांग्रेस चुप नलाग्ने बताएका हुन्। ‘संघमा हामी प्रतिपक्ष दल...

फेवातालको जग्गा 'दूषित दर्ता' भनेको के, किन पाइँदैन मुआब्जा? यसबारे जान्नुपर्ने ५ कुरा

१ घण्टा अघि   सेतोपाटी

फेवाताल जोगाउने सरकारी अभियानसँगै एउटा शब्द फेरि चर्चामा आएको छ — दूषित दर्ता। तालको जग्गा कसरी व्यक्तिका नाममा पुग्यो, केलाई दूषित दर्ता भनिन्छ र किन यस्तो जग्गामा मुआब्जा पाइँदैन भन्ने प्रश्न अहिले व्यापक रूपमा उठिरहेका छन्। प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह...

एमालेबाट निर्वाचित मेयर पार्टी छाडेर लागे आजपातिर

२ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेबाट निर्वाचित रौतहट देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानु आम जनता पार्टी प्रवेश गरेका छन्। आजपा अध्यक्ष प्रभु साहले उनलाई आइतबार पार्टी प्रवेश गराएका हुन्। उनीसँगै केही वडाध्यक्ष पनि आजपा प्रवेश गरेका छन्। कानु २०७९ सालमा देवाही गोनाहीको...

अदालततिर होइन, महाधिवेशनतिर लागौं- प्रदीप पौडेल

३ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मुद्दा मामिलातिर नभई सबै महाधिवेशनतिर लाग्नुपर्नेमा जोड दिएका छन्। तत्कालीन सभापति शेरबहादुर देउवा पक्ष विशेष महाधिवेशनविरूद्धमा सर्वोच्च अदालत गएको छ। त्यसतर्फ लक्ष्य गर्दै उनले सबै १५ औं महाधिवेशनको तयारीमा जुट्नुपर्ने बताएका हुन्। कांग्रेसले असोजमा महाधिवेशन...

३ लाख पर्यटक भित्रने अपेक्षासहित सुरू भयो फेवा सडक महोत्सव

३ घण्टा अघि   सेतोपाटी

नयाँ वर्ष २०८३ मनाउन पोखरामा ‘फेवा नव वर्ष महोत्सव २०८३’ सुरू भएको छ। लेकसाइडको हलनचोकदेखि ड्यामसाइडसम्म करिब तीन किलोमिटर सडकमा आवागमन रोकेर महोत्सव आयोजना गरिएको हो। महोत्सवमा ३ लाख पर्यटक भित्रने अपेक्षा गरिएको आयोजक होटल संघ (हान) पोखराका अध्यक्ष लक्ष्मण...

बिस्का जात्राको रमझम!

३ घण्टा अघि   सेतोपाटी

भक्तपुर र भक्तपुर इतर मल्लकालीन प्रदेशको रूपमा रहेका थिमी, नगदेश, बोडे, टोखा, साँगा, धुलिखेल, खड्पु लगायतका मल्लकालीन नेवार बस्तीमा मनाइने विश्व प्रसिद्ध बिस्का जात्राको मादकता बिस्तारै फैलँदो छ। भक्तपुरको तमारी चोकमा भैरवनाथको तीन तल्ले रथ र भद्रकाली अजिमाको दुई तल्ले...

विश्वभरका ट्याटुका बान्की (तस्बिरहरू)

३ घण्टा अघि   सेतोपाटी

‘टुगेदर फर आर्ट’ नाराका साथ ललितपुरस्थित हेरिटेज गार्डेनमा तीन दिने अन्तर्राष्ट्रिय नेपाल ट्याटु सम्मेलन जारी छ।  १३ औं संस्करणमा जारी यो सम्मेलन दक्षिण एसियाकै सबैभन्दा ठूलो तथा पुरानो ट्याटु महोत्सवको रूपमा चिनिन्छ। यो महोत्सवमा विश्वका २५ भन्दा बढी देशबाट २५०...

वर्क फ्रम होमको सरकारी आह्वान- सुविधा सँगै बढ्दै गएका साइबर सुरक्षा चुनौतीहरू

३ घण्टा अघि   सेतोपाटी

सरकारले इन्धन संकटलाई मध्यनजर गर्दै ‘विद्युतीय सवारीको प्रयोग बढाउन र वर्क फ्रम होमलाई प्रोत्साहन गर्न' आह्वान गरेको छ। यो आह्वान तत्कालीन परिस्थितिमा अत्यन्त व्यवहारिक मात्र होइन, दीर्घकालीन रूपमा पनि उपयोगी हुन सक्छ। यसले यातायातमा निर्भरता घटाउने, समय र खर्च बचत...

साउदीको सुरक्षाका लागि पाकिस्तानले पठायो १३ हजार सैनिक र लडाकू विमान

३ घण्टा अघि   सेतोपाटी

पाकिस्तानले साउदी अरेबको सुरक्षाका लागि करिब १३ हजार सेना र केही लडाकू विमान पठाएको छ। साउदी अरबको रक्षा मन्त्रालयले विज्ञप्ति निकालेर देशको पूर्वी क्षेत्रमा रहेको अब्दुलअजीज एयर बेसमा पाकिस्तानको वायुसेनाका लडाकू विमान र सहयोगी विमानहरू तैनाथ रहेको जनाएको छ। यस तैनाथीको...

गण्डक नहरका अधिकांश पुल जीर्ण, तिलावे नदीमा बेलीब्रिज जडानको काम सुस्त

३ घण्टा अघि   सेतोपाटी

गण्डक नरहमा पर्ने अधिकांश पुल जीर्ण छ। सर्वसाधरणले जोखिम मोलेर सवारी साधन सञ्चालन गरिरहेका छन्। ८१ किलोमिटर गण्डक नहरमा साना ठूला गरी तीन हजार ५७४ वटा पुल, पुलेसा, कल्भर्टहरू छन्। लामो समयदेखि मर्मत संभारको अभावमा जीर्ण बनेका हुन्। नारायणी सिंचाइ...

एरिकालाई कराते वान प्रिमियर लिगमा रजत पदक

४ घण्टा अघि   सेतोपाटी

नेपालकी कराते स्टार एरिका गुरुङले चीनमा भएको कराते वान प्रिमियर लिग २०२६ मा रजत पदक जितेकी छन्।  आइतबार भएको स्वर्ण पदकको भिडन्तमा एरिकाले कजाखस्तानकी सोफिया बेरुत्सेभासँग प्रतिस्पर्धा गरेकी थिइन्।  तर एरिका फाइनलमा २-१ अंकले पछि पर्दा स्वर्ण जित्ने अवसर गुमाइन्। ...

पौडी खेल्ने क्रममा बेपत्ता युवकको शव फेला

४ घण्टा अघि   सेतोपाटी

धनुषाको गणेशमान चारनाथ नगरपालिका–५ टोडकीटोलस्थित कमल खोलामा पौडी खेल्ने क्रममा बेपत्ता युवकको शव फेला परेको छ। जनकपुरधाम उपमहानगरपालिका–६ बस्ने १८ वर्षीय महमद आयन कमडको शव फेला परेको हो। चैत २८ गते पिकनिक गएका उनी कमल खोलामा पौडी खेल्ने क्रममा डुवेर बेपत्ता...

संसदीय दल नेता चयन गर्न मापदण्ड बनाऔं, युवा वा वरिष्ठ जसलाई बनाए पनि ढिला नगरौं- केसी

४ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले संसदीय दल नेता चयन गर्न मापदण्ड बनाउनुपर्ने बताएका छन्। कांग्रेसले वैशाख २ गते संसदीय दल निर्वाचनका लागि कार्यतालिका ल्याउने र वैशाख ४ गते चुनाव गर्ने बताएको छ। यसतर्फ लक्ष्य गर्दै प्रतिनिधि सभा सांसदसमेत रहेका पूर्वसहमहामन्त्री...

हजुरआमा र काकाको जिम्मामा छाडियो युटयुबर रोशनलाई

४ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री बालेन (बालेन्द्र) शाह लगायत अन्य नेतामाथि अपमानजनक शब्दहरू प्रयोग गरेर भिडिओ बनाएको आरोपमा पक्राउ परेका युट्युबर रोशन पोखरेल छुटेका छन्।  उनलाई हजुरआमा र काकाको जिम्मा जमानीमा आइतबार छाडिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका इन्स्पेक्टर रामचन्द्र शाहले जानकारी दिए।  उनी शुक्रबार (चैत...

सरकारको मुख ताक्ने कि आफैँबाट सुरु गर्ने?

४ घण्टा अघि   सेतोपाटी

नेपालमा राजनीतिक व्यवस्था फेरियो, सरकारहरू फेरिए र अनगिन्ती नियमहरू पनि बने। तर एउटा कुरा अझै फेरिन बाँकी छ— त्यो हो हाम्रो 'माइन्डसेट' अर्थात् सोच्ने शैली। हामी अक्सर चिया पसलदेखि सामाजिक सञ्जालसम्म सरकारको आलोचनामा ऊर्जा खर्चिन्छौँ। ‘देशमा केही भएन, सिस्टम नै...

राप्रपा महामन्त्री धवलशम्शेर पक्षको बेग्लै भेला, अध्यक्ष छाड्न लिङ्देनलाई आग्रह

४ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवल शम्शेर राणा पक्षले आज काठमाडौंमा भेला गरेका छन्। उक्त भेलाले निष्पक्ष व्यक्तिको संयोजकत्वमा महाधिवेशन आयोजक समिति गठन गर्न आग्रह गरेको छ। अहिले अध्यक्ष राजेन्द्र लिङ्देन छन्। उनी २०७८ मा भएको महाधिवेशनमा कमल थापालाई...