ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

शुक्रबार सुनको भाउ स्थिर, चाँदी भने बढ्यो

६ मिनेट अघि   सेतोपाटी

नेपाली बजारमा आज (शुक्रबार) सुनको भाउ स्थिर छ भने चाँदी बढेको छ।  बिहीबार प्रतितोला तीन हजार ६ सय रूपैयाँ घटेको सुनको भाउ आज स्थिर रहेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९४ हजार रूपैयाँमा किनबेच...

२०२६ विश्वकप फुटबल : फाइनलको एउटा टिकटलाई झण्डै १५ लाख रुपैयाँ!

२५ मिनेट अघि   सेतोपाटी

सन् २०२६ मा अमेरिका, क्यानडा र मेक्सिकोमा हुने विश्वकप फुटबलको टिकट बिक्री अन्तिम चरणमा पुगेको छ। यसपटक टिकटको मूल्य र बिक्री गर्ने तरिकाले गर्दा फुटबल फ्यानहरू निकै आक्रोशित र अचम्ममा परेका छन्। विश्वकप फाइनल खेलको एउटा साधारण टिकटको मूल्य १०...

ट्रम्पले महान्यायाधिवक्ता बोन्डीलाई पदबाट हटाए, सेना प्रमुखलाई पनि भने– राजीनामा देऊ

२९ मिनेट अघि   सेतोपाटी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महान्यायाधिवक्ता पाम बोन्डीलाई पदबाट हटाएका छन्। सँगसँगै, अमेरिकी रक्षामन्त्री पिट हेगसेथले सेना प्रमुख र्‍यान्डी जर्जलाई पदबाट राजीनामा दिन आग्रह गरेका छन्। बालिकाहरूलाई वेश्यावृत्तिमा लगाएको भन्दै जेल सजाय भोगेका जेफ्री एपस्टिनसँग सम्बन्धित फाइल सार्वजनिक गर्ने विषयमा उनको...

आपले राघव चड्डाबाट खोस्यो राज्य सभा उपनेताको जिम्मेवारी

४५ मिनेट अघि   सेतोपाटी

आम आदमी पार्टीले राज्य सभा उपनेता राघव चड्डाको जिम्मेवारी खोसेको छ। आपले राज्य सभा उपनेताको जिम्मेवारी चड्डाबाट खोसेर अशोक मित्तललाई दिएको भारतीय अखबार इन्डियन एक्सप्रेसले जनाएको छ। राज्यसभा सचिवालयलाई आपले मित्तललाई नयाँ उपनेता नियुक्त गर्न पत्राचार गरेको छ। पत्रपश्चात सचिवालयले...

मन्त्रालयकै सोफामा सुते गृहमन्त्री सुधन गुरूङ!

५४ मिनेट अघि   सेतोपाटी

बिहीबार अबेरसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल निरीक्षणमा गएका गृहमन्त्री सुधन गुरूङ राति मन्त्रालयमै सुतेका छन्। उनले कार्यालयको सोफामा सिरक ओढेर सुतेको फोटो आफै सेयर गरेका थिए। फोटोसँगै सुधनले लेखेका छन्, 'निर्माताभन्दा ठूलो निर्माण हुँदैन, जनताभन्दा माथि सरकार हुँदैन।' गृहमन्त्री गुरूङको सचिवालयले...

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

१ घण्टा अघि   सेतोपाटी

नेपाल निर्माण व्यवसायी महासंघ (एफ्क्यान)को १३औं महाधिवेशनले निकोलस पाण्डेको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको छ। निर्वाचन समितिबाट सार्वजनिक परिणामअनुसार नवनिर्वाचित अध्यक्ष पाण्डेले ५१४ मत ल्याएर विजयी हुँदा निकटतम प्रत्याशी वरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामाले ४१३ मत पाए। यस्तै, वरिष्ठ उपाध्यक्षमा...

अब पालो कर्मचारीको — मुख्य सचिवदेखि सहयोगीसम्मको व्यवहारमा सुधार!

२ घण्टा अघि   सेतोपाटी

सुरूमै भन्छु — लेखमा खाँदिएका विषयवस्तु विशुद्ध अनुभवजनित निजी विचार हुन्। यी विषयवस्तु कसैको वास्तविक जीवनसँग मिल्न गएमा संयोग मात्र हुनेछ। धेरैको जीवनसँग मिल्न गएमा वास्तविकता हुनेछ! कसैलाई फुर्क्याउन, घुर्क्याउन, फकाउन वा यस्तै प्रयोजनको लागि ऊर्जा सापट लिएर कोरिएका शब्द होइनन्। थुप्रै लेख...

बादलको अभिव्यक्तिमा नेता सुरेन्द्र पाण्डेको पनि आपत्ति

२ घण्टा अघि   सेतोपाटी

बिहीबार प्रतिनिधि सभा बैठकमा संसदीय दल नेता राम बहादुर थापा बादलको अभिव्यक्तिलाई लिएर नेता सुरेन्द्र पाण्डेले पनि आपत्ति जनाएका छन्। शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै नेता पाण्डेले पाण्डेले आफ्नो कमजोरी लुकाएर कार्यकर्तालाई भ्रममा राखी अतिवादतिर धकेल्ने काम नगर्न आग्रह...

संसदमा दल नेता बादलको अभिव्यक्तिबारे छलफल गर्न एमाले सचिवालय बैठक बस्दै

२ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक बस्दैछ। बैठक दिउँसो १ बजे च्यासलस्थित केन्द्रिय कार्यालयमा बस्नेछ। बैठकमा बिहीवारको प्रतिनिधि सभा बैठकमा संसदीय दलका नेता एवं पार्टी उपाध्यक्ष रामबहादुर थापाले दिनुभएको अभिव्यक्तिबारे छलफल हुने बताइएको छ। बिहीबारको प्रतिनिधि सभा बैठकमा संसदीय दल नेता...

डुम्रे–बेँसीसहर सडक दैनिक ८ घण्टा बन्द हुने

३ घण्टा अघि   सेतोपाटी

डुम्रे-बेँसीसहर सडकअन्तर्गत तनहुँको भानु नगरपालिकाको कुकुदी– तुरतुरे खण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ। भानु नगरपालिका–३ कुकुर्दीदेखि तुरतुरेसम्मको सडक विस्तारका निम्ति यही चैत २१ देखि ३० गतेसम्म दैनिक आठ घण्टा सडक अवरुद्ध गरी काम गर्न लागिएको हो। जिल्ला प्रशासन...

हर्मुज खुलाउन अरू राष्ट्रले पनि बल प्रयोग गर्ने विषयमा हुँदैछ मतदान

३ घण्टा अघि   सेतोपाटी

हर्मुज जलमार्गमा इरानी अवरोध हटाउन अरू देशहरूले पनि त्यहाँ बल प्रयोग गर्ने विषयमा शुक्रबार मतदान हुँदैछ। संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा शुक्रबार यसबारेमा मतदान हुन लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएको छ। अमेरिका र इसराइलले हवाई आक्रमण गरी आफ्नो सर्वोच्च नेता आयातोल्लाह अली...

कर्णाली राजमार्गका १० वटा अलपत्र ठेक्का तोडिए

४ घण्टा अघि   सेतोपाटी

कर्णाली राजमार्ग सडकखण्डका वर्षौँदेखि अलपत्र अवस्थामा रहेको १० वटा रूग्ण ठेक्का एकैपटक सडक डिभिजन कार्यालयले तोड्ने प्रक्रिया सुरू गरेको छ। कार्यालयले सार्वजनिक सूचना प्रकाशित गर्दै सडक कार्यालयले ठेक्का सम्झौता गरेर पनि समयमा काम सम्पन्न नगर्ने ६ वटा निर्माण कम्पनीको ठेक्का...

यी स्थानमा वर्षा र हिमपातको सम्भावना, तराईमा हावाहुरीको चेतावनी

४ घण्टा अघि   सेतोपाटी

हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव कायम छ। यसका कारण गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगमा साधारणतया बादल लागेको छ भने अन्य भागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार शुक्रबार दिउँसो सबै प्रदेशका...

सभामुखका लागि आज उम्मेदवारी दर्ता

४ घण्टा अघि   सेतोपाटी

सभामुखका लागि शुक्रबार उम्मेदवारी दर्ता हुँदैछ। आगामी चैत २२ गते सभामुखको निर्वाचन गर्ने कार्यतालिका निकालिएको छ। जसअनुसार आज उम्मेदवारी दर्ता हुन लागेको हो। ‘प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ७ बमोजिम प्रतिनिधि सभाको सभामुख पदको निर्वाचन चैत २२ गते आइतवार...

घट्यो अमेरिकी डलरको मूल्य

५ घण्टा अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको मूल्य घटेको छ। निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४९ रुपैयाँ २७ पैसा तोकिएको छ। बिहीबार अमेरिकी डलर एकको...

एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य, अब पेट्रोल प्रतिलिटर २०२ रुपैयाँ

५ घण्टा अघि   सेतोपाटी

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। पछिल्लो पटक मूल्य वृद्धि गरेको एक सातामै निगमले आज मध्यरातदेखि लागू हुने गरी डिजेल/मट्टितेल र पेट्रोलको मूल्यमा प्रतिलिटर १५ रुपैयाँले वृद्धि गरेको हो। यसअघि निगमले यही चैत ११ गते पेट्रोलियम पदार्थको...

'नयाँ सरकारले छोरालाई रिहा गराएर घर ल्याउँछ भन्ने आश छ'

५ घण्टा अघि   सेतोपाटी

गएको मार्च २१ तारिख परेको इद उल फितरको दिन नेपाली मिडियामा छ्यापछ्याप्ती एक खबरले धेरैलाई झसंग बनायो — इरानदेखि दक्षिणतिरको स्ट्रेट अफ हर्मुज क्षेत्रबाट इरानले कब्जामा लिएको पानीजहाजका चालक एक नेपाली युवा पनि! सात जना चालक दलसहित खाडीको अति व्यस्त...

त्रिभुवन विमानस्थल पुगेर गृहमन्त्रीले दिए यस्तो निर्देशन

१३ घण्टा अघि   सेतोपाटी

गृहमन्त्री सुधन गुरूङ अनुगमनका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन्। पटक पटक सर्वसाधारणबाट गुनासो आएपछि उनी बिहीबार साँझको समयमा आफ्नो टोलीसहित विमानस्थल पुगेका हुन्। सर्वसाधारणले विमानस्थलमा बारम्बार सास्ती खेप्नुपरेको र त्यसको समाधान गर्नुपर्ने माग उठेपछि गृहमन्त्री सुधन स्थलगत अनुगमनमा निस्किएका...

दलका नेताको अनुपस्थितिमै बस्यो रास्वपाको संसदीय दलको बैठक

१४ घण्टा अघि   सेतोपाटी

दलको नेताको अनुपस्थितिमा नै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक बसेको छ। रास्वपाका संसदीय दलका नेता प्रधानमन्त्री बालेन (बालेन्द्र) शाह हुन्। तर बालेनको अनुपस्थितिमा नै रास्वपाका सांसद एवं सभापति रवि लामिछानेले सिंहदरबारस्थित दलको कार्यालयमा बैठक राखेका हुन्। बैठकले प्रतिनिधिसभाको...

सरकारी सूचनाको विज्ञापन सरकारी मिडियालाई मात्र दिन परिपत्र

१४ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सरकारी सूचनाहरूको विज्ञापन सरकारी सञ्चार माध्यममा मात्र प्रकाशन/प्रसारण गर्न परिपत्र गरेको छ। मन्त्रिपरिषद कार्यालयले बिहीबार सबै प्रदेश मुख्यमन्त्रीको कार्यालय र स्थानीय तहहरूलाई सम्बोधन गर्दै यस्तो परिपत्र पठाएको हो। सरकारी खर्च कम गर्न, सरकारी विज्ञापन र सूचनामा...

बेपत्ता पारिएका व्यक्तिको सम्पत्ति परिवारले लिन पाउने कानुन बनाउन सर्वोच्चको परमादेश

१४ घण्टा अघि   सेतोपाटी

सर्वोच्च अदालतले सशस्त्र द्वन्द्व क्रममा बेपत्ता पारिएका व्यक्तिको चल/अचल सम्पत्ति परिवारका नाममा हस्तान्तरण हुने गरी कानुनी प्रबन्ध गर्न सरकारलाई परमादेश दिएको छ। तत्कालीन सुरक्षाकर्मीद्वारा बेपत्ता पारिएका बर्दियाका चैतेलाल चौधरीका भाइ भागीरामले दिएको रिटमा न्यायाधीश सपना मल्ल प्रधान र हरि फुयालको इजलासले उक्त विषय सम्बोधन...

बादलले सदनमा बोलेका कुराप्रति विष्णु पौडेलले जनाए आपत्ति

१५ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले दल नेताको हैसियतले उपाध्यक्ष रामबहादुर थापाले बिहीबार सदनमा राखेका धारणा पार्टीका स्थापित नीति र मान्यताविपरीत रहेको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत् टिप्पणी गर्दै उपाध्यक्ष पौडेलले यसबारे शुक्रबार आयोजना गरिएको एमालेको केन्द्रीय सचिवालयको बैठकमा गम्भीरतापूर्वक छलफल हुने...

सरकारी विज्ञापन निजी सञ्चार माध्यमलाई रोक्ने निर्णय सच्चाउन प्रेस युनियनको माग

१५ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी सूचना तथा विज्ञापन केवल सरकारी तथा सरकारी स्वामित्वका सञ्चार माध्यममार्फत मात्रै प्रकाशन र प्रसारण गर्न निर्देशन दिएपछि नेपाल प्रेस युनियनले आपत्ति जनाएको छ। युनियनले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा लोकतान्त्रिक शासन प्रणालीको आधार नै स्वतन्त्र,...

ट्राफिक नियम मिच्नेको लाइसेन्स खारेज गर्छौं, व्यवहार नसुधार्ने प्रहरीलाई कारबाही हुन्छ- प्रमुख अधिकारी

१५ घण्टा अघि   सेतोपाटी

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारीले सडक अनुशासन उल्लंघन गर्ने र लापरबाहीपूर्ण तरिकाले सवारी चलाउने चालकहरूको सवारी चालक अनुमति पत्र (लाइसेन्स) खारेज गर्ने प्रक्रिया सुरू गरिएको बताएका छन्। यातायात व्यवसायी र मजदुर संगठनका प्रतिनिधिहरूसँगको...