ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

काठमाडौंमा असिनापानी (तस्बिरहरू)

१५ मिनेट अघि   सेतोपाटी

आज अपराह्न काठमाडौंका विभिन्न क्षेत्रमा असिना सहितको वर्षा भएको छ। अचानक मौसम परिवर्तन भएसँगै केही समयका लागि सवारी आवागमन प्रभावित भएको थियो भने पैदल यात्रुहरूलाई पनि समस्या भएको देखिएको छ। मौसम एक्कासि बदलिएपछि आकाशमा बाक्लो कालो बादल मडारिँदा केही समयका लागि रात परेजस्तो...

हर्मुजबाट एक नेपाली इरानी सुरक्षा निकायको नियन्त्रणमा

१९ मिनेट अघि   सेतोपाटी

इरानी सुरक्षा निकायले एक जना नेपालीलाई नियन्त्रणमा लिएको खुलेको छ। स्ट्रेट अफ हर्मुजबाट सुरक्षा निकायले एक जना नेपाली नागरिकलाई नियन्त्रणमा लिएको परराष्ट्र मन्त्रालयका पश्चिम एसिया महाशाखाका प्रमुख रामकाजी खड्काले जानकारी दिए। उनले शुक्रबार पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएका हुन्।...

आजदेखि टाटाको स्प्रिङ एक्सचेन्ज क्याम्प: पुराना गाडीसँग नयाँ गाडी साट्न सकिने

२८ मिनेट अघि   सेतोपाटी

नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङको चैत ६ गतेदेखि चैत ८ गतेसम्म स्प्रिङ एक्सचेन्ज क्याम्प कार्यक्रम सुरू गरेको छ। यस अफर अन्तर्गत पुरानो गाडीलाई डाउनपेमेन्ट राखेर टाटा मोटर्सको नयाँ इभी र आइस रेञ्जका गाडीहरू लैजान सकिने कम्पनीले जनाएको छ।  यो...

'युद्ध लभ अफेयर जस्तै हो, सुरू गर्न सजिलो, बाहिर निस्कन गाह्रो!'

३१ मिनेट अघि   सेतोपाटी

युरोपियन युनियनकी (इयु) विदेश मामिला प्रमुख काया कालासले इरानसँगको युद्ध अन्त्य गर्न निकै कठिन हुने टिप्पणी गरेकी छन्। ब्रसेल्समा आयोजित युरोपेली परिषद्को शिखर सम्मेलनलाई सम्बोधन गर्दै उनले युरोपेली राष्ट्रहरूलाई अमेरिका र इसराइलले सुरू गरेको युद्धमा सहभागी नहुन पनि सचेत गराइन्। ...

बुटवलमा दिउँसै पर्‍यो रात! (तस्बिरहरू)

५२ मिनेट अघि   सेतोपाटी

रूपन्देहीको बुटवल क्षेत्रमा शुक्रबार दिउँसै एकाएक अँध्यारो छाएको छ। दिउँसो करिब २ बजेतिर मौसम एक्कासि बदलिएपछि आकाशमा बाक्लो कालो बादल मडारिँदा केही समयका लागि रात परेजस्तो दृश्य देखिएको थियो। कतिपय स्थानमा सामान्य वर्षा समेत भएको छ। स्थानीय व्यवसायीका अनुसार दिउँसोको समयमा...

गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सांसद बनाउने सरकारको सिफारिस राष्ट्रपतिले गरे 'होल्ड'

५८ मिनेट अघि   सेतोपाटी

गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारले गरेको सिफारिसलाई राष्ट्रपति रामचन्द्र पौडेलले 'होल्ड' गरेका छन्। सरकारको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने रिक्त एक पदमा गृहमन्त्री अर्यालको नाम सिफारिस गर्ने निर्णय गत चैत १ को मन्त्रिपरिषद बैठकले गरेको थियो। सरकार प्रवक्ताको...

अर्जुननरसिंह केसीलाई प्रश्न- अब तपाईं कांग्रेस संसदीय दल नेता हो?

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी समानुपातिक तर्फबाट प्रतिनिधि सभा सांसद बनेका छन्। ७८ वर्षीय केसी संसदमा ज्येष्ठ सदस्य हुन्।  केसीको नाम कतिपयले कांग्रेस संसदीय दल नेताका रूपमा चर्चा गरेका छन्। उनी आज केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमा सहभागी...

खमेनीको मृत्युमा समवेदना प्रकट गरेपछि खुल्यो भारतलाई हर्मुजबाट ग्यास ल्याउने बाटो

१ घण्टा अघि   सेतोपाटी

इरानका सर्वोच्च नेता आयातोल्लाह खलि खामेनीको मृत्युप्रति समवेदना प्रकट गरेपछि भारतलाई स्ट्रेट अफ हर्मुजबाट ग्यास ल्याउने बाटो खुलेको छ। अमेरिका र इसराइलको आक्रमणबाट इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खमेनी मारिएपछि भारतले पाँच दिनसम्म केही प्रतिक्रिया दिएको थिएन। संयुक्त आक्रमणको सुरूआतमै फेब्रुअरी २८ मा सर्वोच्च...

घन्टीमा भोट हाल्ने नेतालाई आँखा चिम्लेर कारबाही गर्छौं- प्रचण्ड

१ घण्टा अघि   सेतोपाटी

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले चुनावमा पार्टीका उम्मेदवारहरूलाई मतदान नगर्ने जिम्मेवार नेताहरूलाई कारबाही गर्ने भएको छ। बिहीबार केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टीनिकट अखिल नेपाल ट्रेड युनियन महासंघले आयोजना गरेको कार्यक्रममा बोल्दै संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले फागुन २१ गते सम्पन्न चुनावमा राष्ट्रिय स्वतन्त्र...

चैत १३ देखि प्रदर्शन हुने 'हामी तीन भाइ' को नयाँ गीत सार्वजनिक

१ घण्टा अघि   सेतोपाटी

यही चैत १३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म 'हामी तीन भाइ' को प्रचारप्रसार तीव्र पारिएको छ। निर्माण पक्षले पोस्टर, टिजरका साथै गीत सार्वजनिक गर्दै दर्शकमाझ उत्साह बढाइरहेको छ।  यसै क्रममा शुक्रबार फिल्ममा समावेश गीत 'झम्के फुली नाकको फुली, कानमा झुम्का...

अर्को बैठकले १५ औं महाधिवेशनको कार्यतालिका ल्याउँछ: महामन्त्री घिमिरे

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका महामन्त्री गुरूराज घिमिरेले अर्को केन्द्रीय समिति बैठकले १५ औं महाधिवेशनको कार्यतालिका ल्याउने बताएका छन्। आज केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुन सानेपा आइपुगेका महामन्त्री घिमिरेले पत्रकारहरूसँग कुराकानी गर्दै अर्को केन्द्रीय समिति बैठकबाट महाधिवेशन कार्यतालिका ल्याइने बताएका हुन्। ‘यो केन्द्रीय...

फुल टाइम गिटारिस्ट!

२ घण्टा अघि   सेतोपाटी

‘हल्लो गिरीश! मेरो अमेरिकाको भिसा भयो यार! आज हल्का जमघट गर्दैछु साँझ, घरको छतमा बार्बिक्यु गर्ने, भ्याउलास् नि हैन, सबै केटाहरू आउँछ, सात बजे तिर आउनु,’ गिरीशको मोबाइलमा अनुपमको आवाज आयो।  ‘अँ यार! बधाई छ तँलाई। खुसी लाग्यो यार, हुन्छ...

भविष्यमा नपालले तय गर्न सक्ने आर्थिक समृद्धिको यात्रा!

२ घण्टा अघि   सेतोपाटी

सन् १९९० को राजनीतिक परिवर्तनपछि नेपालले आर्थिक उदारीकरणको नीति अवलम्बन गर्‍यो। देश विकासमा निजी क्षेत्रको प्रवेश र १९९२ को आमनिर्वाचनपछि केही वर्षहरू मुलुकले तीव्र आर्थिक वृद्धि हासिल गर्‍यो। प्रजातन्त्र पुनः स्थापनापछि बनेको नेपाली कांग्रेसको एकमना सरकार आन्तरिक किचलोका कारण विघटन भई...

चर्चामा 'मायालाई के दिउँ मै बैना', भाइरल बन्यो डान्स स्टेप

२ घण्टा अघि   सेतोपाटी

षट्कोण आर्टस्को निर्माणमा बनेको फिल्म 'लालीबजार' को पहिलो गीत 'मायालाई के दिऊँ म बैना' यतिबेला चर्चामा छ। एक साताअघि सार्वजनिक गीतलाई युट्युबमा हालसम्म ३० लाखभन्दा बढीपटक हेरिएको छ।  दीपिका बयाम्बु मगर र खेम सेन्चुरीको स्वर रहेको गीत टिकटक तथा फेसबुक रिल्समा पनि...

बुद्धभूमि नेपाल हाइड्रोपावरले चैत २२ गतेदेखि शत प्रतिशत हकप्रद बिक्री गर्ने

२ घण्टा अघि   सेतोपाटी

बुद्धभूमि नेपाल हाइड्रोपावरले चैत २२ गतेदेखि हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ।  कम्पनीले हाल कायम चुक्ता पुँजीको १०० प्रतिशत अर्थात हाल कायम १ कित्ता सेयर बराबर नयाँ १ कित्ताको अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो। कम्पनीले...

गगन थापाको कुर्सी खाली राखेर सुरू भयो कांग्रेस केन्द्रीय समिति बैठक (तस्बिरहरू)

२ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ। केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो केन्द्रीय समिति बैठक बसेको हो। गगन थापाले सभापति पदबाट राजीनामा दिएकोले उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा बैठक बसेको छ। सभापति थापाको कुर्सी खाली राखेर बैठक सुरू गरिएको हो।...

मर्मतपछि यस्तो देखियो कांग्रेस केन्द्रीय कार्यालयको बैठक कक्ष (तस्बिरहरू)

३ घण्टा अघि   सेतोपाटी

सानेपामा रहेको नेपाली कांग्रेसको केन्द्रीय कार्यालय पनि जेनजी आन्दोलनका क्रममा आगजनीमा पर्‍यो। भदौ २४ गते कांग्रेस कार्यालय आगजनीमा परेको थियो। आगजनीबाट एउटा कोठाबाहेक सबै जलेको थियो। कांग्रेसले निवर्तमान कोषाध्यक्ष उमेश श्रेष्ठको संयोजकत्वमा केन्द्रीय कार्यालय पुनर्निर्माण समिति बनाएको थियो। अहिले केन्द्रीय...

गगन थापा केन्द्रीय समिति बैठकमा सहभागी नहुने

३ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसको सभापति पदबाट राजीनामा दिएका गगन थापा केन्द्रीय समिति बैठकमा सहभागी नहुने भएका छन्। चुनावी पराजयको जिम्मेवारी लिँदै गत बुधबार थापाले सभापति पदबाट राजीनामा दिएका थिए। सभापति थापाले उपसभापति विश्वप्रकाश शर्मासमक्ष राजीनामा दिएका हुन्। कांग्रेसले आज दिउँसो १ बजे...

मन्त्रालय संख्या १५ देखि १८ मा सीमित गरिने, मन्त्री को–को?

४ घण्टा अघि   सेतोपाटी

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा झन्डै दुई–तिहाइ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नयाँ सरकार गठनबारे छलफल सुरू गरेको छ। चुनावअघि पार्टीले जारी गरेको वाचा पत्रअनुसार मन्त्रालय संख्या घटाउने गृहकार्यमा रास्वपा जुटेको छ। साथै, क-कसलाई मन्त्री बनाउने भन्नेबारे...

संयोजक रक्षा बममाथि दुर्व्यवहार गरेको भन्दै नेपाल जेनजी फ्रन्टले गर्‍यो भर्त्सना

४ घण्टा अघि   सेतोपाटी

नेपाल जेनजी फ्रन्टले काठमाडौंको माइतीघरमा प्रदर्शनका लागि पुगेकी संयोजक रक्षा बममाथि दुर्व्यवहार गरेको घटनामा आपत्ति जनाएको छ। शुक्रबार विज्ञप्ति जारी गर्दै फ्रन्टले आफ्ना संयोजक बममाथि दुर्व्यवहार गरेको भन्दै आपत्ति जनाएको हो। ‘बिहीबार शान्तिपूर्ण प्रदर्शनको क्रममा यस फ्रन्टकी संयोजक रक्षा बममाथि...

बलिउडमा नयाँ कीर्तिमान: 'धुरन्धर २' ले बनायो सबभन्दा ठूलो ओपनिङ रेकर्ड

४ घण्टा अघि   सेतोपाटी

बलिउड अभिनेता रणवीर सिंह अभिनीत फिल्म 'धुरन्धर २' ले प्रदर्शनको पहिलो दिनमै ऐतिहासिक सफलता हासिल गरेको छ। फिल्मले रिलिजको पहिलो दिन १ सय करोड भारूभन्दा बढी कमाउँदै बलिउड इतिहासकै सबभन्दा ठूलो ओपनिङ कलेक्सन गर्ने फिल्मको रूपमा कीर्तिमान कायम गरेको भारतीय...

सम्पूर्ण एकताका साथ पार्टीको १५ औं महाधिवेशनमा जुटौं: महामन्त्री घिमिरे

४ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका महामन्त्री गुरूराज घिमिरेले सम्पूर्ण एकताका साथ पार्टीको १५ औं महाधिवेशन तयारीमा जुट्नुपर्ने बताएका छन्। केन्द्रीय कार्यसमिति बैठकअघि सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै उनले एकताका साथ महाधिवेशनमा जुट्न आह्वान गरेका हुन्। कांग्रेसले चुनावी समीक्षा गर्न आज दिउँसो १ बजे...

आगामी वर्ष प्रदेश र स्थानीय तहले डेढ खर्बको वित्तीय समानीकरण अनुदान पाउने

५ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८३/८४ का लागि स्थानीय र प्रदेश सरकारलाई कुल १ खर्ब ५१ अर्ब ७० करोड ७८ लाख रूपैयाँ बराबरको वित्तीय समानीकरण अनुदान उपलब्ध गराउन सिफारिस गरेको छ। आयोगले नेपाल सरकारलाई यस्तो सिफारिस गरेको...

तीन लाख मुनि झर्‍यो सुनको भाउ, एकैदिन ७८ सय रूपैयाँ घट्यो

५ घण्टा अघि   सेतोपाटी

नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीको भाउ घटेको छ।  बिहीबार प्रतितोला पाँच हजार चार सय रूपैयाँ घटेको सुनको भाउ आज प्रतितोला सात हजार आठ सय रूपैयाँ घटेको हो।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९४ हजार पाँच...